महिला अधिकार शसक्तीकरणको क्षेत्रमा परिचित नाम हो इरादा गौतम हाल उहाँ महिला सुरक्षा दबाब समुहको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, त्यस्तै आवाज संस्थाको सस्थापक अध्यक्ष पनि हुनुहुन्छ । हामीले यस अङ्कबाट पाँच प्रश्न भन्ने वार्ता सुरु गरेका छौं। समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्ने जो कोही व्यक्तीत्वहरुलाई यस पाँच प्रश्नमा निम्तो गर्दै जानेछौं ।यस पटकको पाँच प्रश्न अन्तर्गतको कुराकानी प्रस्तुत छ ।
आफुलाई चिनाउनुपर्दा र आफ्नो बारेमा बिस्तृतमा भन्नुपर्दा ईरादा गौतम को हो ?
म गोरखाको जौंबारी गाउँमा जन्मिएकी हुँ । मेरो बुवाले स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्थ्यो ,बुवाको कार्यक्षेत्र गोरखाहुँदा मेरी आमा पनि गोरखामा रहेको मामाघरमा बस्नुहुन्थ्यो । मेरो पढाई गोरखाबाटै सुरु भएको र एस.एल.सी.सम्मको अध्ययन गोरखावाट भएको थियो । म कक्षा ७ मा पढ्दै थिएँ,जति बेला मेरो बुवाको दुर्घटनामा परि मृत्यु भएको खबर सुन्नु पर्यो । मेरो जीवनको प्रेरणा र हौसला दुवै आमानै हुनु भयो । आमाले सन्तानको शिक्षाका लागि दिएको प्रेरणा र गरेको संघर्षले मलाई धेरै पाठ सिकाई सकेको थियो । गोरखामा एस.एल.सी.सम्मको पढाई सकिएपछि काठमाडौंमा प्रमाणपत्र तहको नर्सिङ पढाई सकिएर सन् १९८६ मा सेभ द चिल्ड्रेनले स्वास्थ्य क्षेत्रको कर्मचारीको लागि आवेदन मागेको थियो।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न पाउने अवसर आएपछि मैले आवेदन दिई छनोट भएर काम सुरु गरको थिएँ । त्यति बेला मेरो उमेर भर्खर १९ बर्षको मात्र थियो। मैले जागिरको शिलशिलामा बाग्लुङमा तीन बर्ष सम्म काम गरी सकेको थिएँ । जीवनमा साथ दिन सक्ने राम्रो साथी भेटेपछि २० बर्षको उमेरमै विवाह भएको थियो । विवाह पछिका केही बर्ष संघर्षमय बने र परिवार, जागिर सम्हाल्दै पढाईलाई मास्टर डिग्री सम्म निरन्तरता दिनुपरेको थियो । परिवारबाट आफ्नो लक्ष्य र उद्देश्यमा कुनै बाधा नआएकाले मैले सबै कुरामा समय दिन सकेजस्तो लाग्छ । मैले पुन community health nursing मा bachelor डिग्री सके र पुन सेभ द चिल्ड्रेन सुर्खेतमा १० वर्ष जति काम गरेपछि फरक बाटो मोडियो ।
तपाईं अधिकारको क्षेत्रमा कसरी आउनुभयो ?
मेरो दुर्गम क्षेत्रमा कामको अनुभब र मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको शिक्षाले गर्दा नै म अधिकारको क्षेत्रमा आएँ । मैले १९९७ मा वेलायत र वलेसको स्वानसी युनिवेर्सिटीबाट लैंगिक समानता , सहभागीता र विकासको क्षेत्रमा पढ्ने अवसर पाएँ र यो क्षेत्रको बारेमा धेरै बुझ्ने अबसर मिल्यो । साथै १९९८ मार्चमा न्युयोर्कमा commission of the status of women को ४२ औं सेसनमा भाग लिने अवसर जुरयो। त्यहाँ संसार भरको महिलाहरु जम्मा भएका थिए । अनि आफ्नों देशको महिला र बालिकाको मुद्दाहरु सबैले उठाएका थिए र बेजिंङ्गमा भएको सम्मेलनको कार्यन्वयनको अबस्था कस्तो छ भनेर छलफल भएको थियो । मलाई त्यतीेखेर देखि नै लाग्यो ओहो ! अन्तर्राष्ट्रिय स्तरमा यती धेरै कुराहरु भाको छ तर अफ्नो देशको दुरदराजमा महिला र बालबालिकाको अधिकार शुन्य नै थियो जस्तो लाग्यो ।त्यसपछि मेरो सोच बन्यो की अब जीबनको महत्वपूर्ण समय अधिकारको क्षेत्रमा बिताउँछु र महिला र बालबालीकाको अबस्था सुधार गर्न लाग्छु भन्ने लाग्यो ।
आफनो मनमा लाग्थ्यो महिला बालबालिकाले हिंसा भोग्दा खेरी कहिँ जाने, सेवा लिने ठाउँ कहिँ छैन, तेही बिषयमा काम गर्नु पर्यो भन्ने लागेरै आवाज भन्ने संस्थाको बि. स. २०५६ सालमा सुरुवात गरियो कर्णाली प्रदेसमा जहाँ महिला बालबालिकाले हिंसा भोग्दा खेरी आवाज सुन्ने र आवाज उठाउन सकियोस् भन्ने मनसायले सुरुवात गरियो। अहिले पनि कर्णाली प्रदेसको दुरदराजमा महिलाअधिकारको कुरा गर्नु तेती सहज पनि छैन ।
तीन दशकअघि देशको पश्चिमी छेउका मध्य र सुदूरपश्चिम क्षेत्रमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा दुरव्यवहारको अवस्था भयावह थियो । उसो त अहिले पनि रोकिएको भने होईन । अहिले हिंसाका कैयन् घटनाहरु बाहिर आईहाल्छन् न्यायका लागि सरोकारवाला र कानुन गुहारिन्छ। समाधानको पहल हुन्छ,परिवारदेखि सामाजिक सञ्जाल सम्ममा यस्ता घटनाहरुले स्थान लिन्छन् । त्यतिबेला यो क्षेत्रमा महिलामाथि हुने हिंसाका कुरा बाहिर आउदैनथे । पीडितहरुले आफ्नो व्यक्तिगत समस्या हो भनेर चुपचाप सहने गर्थे ।
यो क्षेत्रमा आईसकेपछि कस्तो किसिमको चुनौतीहरु देख्नुभयो ?
सामाजिक क्षेत्रमा कामहरु नीति अनुरुप कार्यन्वयन गर्न सकेको छैन सरकारी तहमा । सामाजिक संघसंस्थाले मात्र कार्यन्वयन गर्नु प्रयाप्त छैन । अर्को चुनौती भनेको लैंगिक हिंसाहरु डिजिटल हिंसाको रुपमा जुन बढिराखेको छ। त्यो डरलाग्दो छ। हामी सबै सचेत हुन जरुरी छ र समाधानको उपायहरु खोज्नुपर्ने हुन्छ ।
तपाईंले गरेको राम्रो प्रयास के के हुन् ?
म व्यक्तिगत रुपमा अध्ययन-अनुसन्धान पनि गर्छु,जुन कार्यले मलाई सामाजिक क्षेत्रमा सधै काम गर्ने प्रेरणाको दिइरहेको हुन्छ । जीवनको सबैभन्दा महत्वपूर्ण कर्म र धर्म भनेको बिगत २५ वर्ष देखि कर्णाली प्रदेशको दुर्गम जिल्लाहरु – सुर्खेत,दैलेख ,कालिकोट,जुम्ला,हुम्ला ,मुगु,डोल्पा,जाजरकोट,सल्यान रुकुमपश्चिम र लुम्बिनी प्रदेशको बर्दिेया आदि जिल्लाहरुमा आवाज संस्थाको विस्तार भइ संस्थागत रुपमा जे जति सामाजिक काम भैरहेकोछ,ती अती नै सराहनीय काम हुन् जहाँ आवाजले बालविवाह बिरुद्धको लडाई, महिला तथा बालबालिका बिरुद्ध हुने दुरव्यवहार , भेदभाव र हिंसाको परिणामबारे समाजलाई सचेत गराई आत्म सुरक्षाको उपायहरु अपनाउन सक्षम बनाई उनिहरुको अधिकारको लागि वकालत गर्ने, लैंङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकाहरुलाई आपतकालिन संरक्षण,स्वास्थ्य सेवा मनोबिमर्श ,कानुन परामर्श, कानुनी प्रक्रियामा सहयोग र सुरक्षित आवास सुबिधा दिलाई समाजमा पूनस्थापना गराउने ,सिमान्तकृत, ,बिपन्नवर्ग र हिंसा प्रभावित महिला तथा बालबालिकाको परिवारलाई आर्थिक तथा सामजिक रुपमा सशक्त बनाउने र लैङ्गिक हिंसा बिरुद्ध स्थानिय, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको संजालहरुसंग समन्वय,शिफारिस ,सहकार्य तथा सम्पर्क बिस्तार गर्ने । हाल आवाज छ वटा भन्दा बढी राष्ट्रिय संञ्जालसंग आबद्ध भएर सहकार्य गरिराखेकोे छ । महिला सुरक्षा दबाव समूह जस्तो ऐतिहासिक संञ्जाल जहाँ ६० भन्दा बढि महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था छन् र यो संञ्जालको हाल अध्यक्षको रुपमा नेतृ्त्व मैले नै गरिराखेको छु ।
हरेक नागरिकले समाजलाई समुन्नत बाटोतर्फ अग्रसर गर्न के गर्नुपर्छ ?
पहिले हरेक नागरिकले शिक्षा औपचारिक र अनौपचारिक रुपले पाउनु पर्छ र सचेत हुनु पर्छ । लैङ्गिक हिंसाहरु डिजिटल हिंसाको रुपमा जुन बढिरहेको छ , हामी सबै सचेत हुन जरुरी छ र समाधानको उपायहरु खेज्नु पर्ने हुन्छ र हामी सबै जिम्मेवारी हुनै पर्छ । हामी जे काम गर्छाैं त्यस कामले हरेक व्यक्तिहरुको बिचारलाई अनुभुति गर्न सकियोस् ।