न्युयोर्क । प्रवासमा पनि नेपाली कला ,सस्कृति र भाषालाइ प्रवर्द्धन र बिकास गर्ने मुख्य उदेश्य लिइ न्युयोर्कवासीलाइ ढिलै भएपनि दशै र तिहारको कोसेली स्वरुप फिल्म मेकर्सको ब्यानरमा निर्मित सामाजिक कुप्रथामा आधारित नेपाली कथानक चलचित्र “मोहर” चाँदनी कृयशनको प्रस्तुतिमा आगामी मिति अक्टोवर 25 मा न्युयोर्कको वुडसाइड् स्थित गुल्शन टेरेसमा भव्य प्रदर्शन हुन गैरहेको जानकारी प्रेस कन्फेरेन्स मार्फत सार्वजनिक गर्नु भएको छ ।
पल शाहसहित चर्चित कलाकारहरुको जीवन्त अनि बेजोड अभिनय रहेको र यस फिल्म सन्देशमुलक मात्र नभएर एउटा फिल्म भित्र आवश्यक रसहरु हास्यरस,शृङ्गार रस, करुणरस र द्वन्दको समिश्रण रहेकाले दर्शकहरुले अत्यधिक मन पराउने बिश्वास यस इभेन्टका स्टेक होल्डर्स मध्ये एक यम मोक्तानले ब्यक्त गर्नु भयो। साथै मोहरले नेपालमा ५१ औ दिन मनाइसकेको अमेरिकामा पनि टेक्सासको अस्टिनमा हाउसफुल भएको र न्यु ह्याम्पसायरमा प्रदर्शन भैसकेको अनि अमेरिकाको विभिन्न शहर र क्यानडामा समेत प्रदर्शनको तीब्र तयारी भैरहेको बताउनुभयो ।
बाँकी छुटेको र समन्वय हुन नसककेको शहरहरु पनि प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो ।
न्यूयोर्कका ब्यबसायी वर्गलाइ यस चलचित्रको प्रायोजन गरी बिज्ञापन मार्फत आफ्नो ब्यबसायको प्रचार एवम प्रबर्द्धन गरी आफ्नो व्यापार गुणात्मक रुपमा बृद्धि गर्न हुन सम्पुर्ण ब्यबसायीलाइ इभेन्ट प्रमुख चाँदनी लामाले आग्रह गर्नुभयो।
यस शोबाट प्राप्त लाभांश नेपालमा बिभिन्न असहाय ,अशक्त तथा अपाङ्गता भएको बालबालिकालाइ हस्तान्तरण गर्ने कुरा अर्का स्टेक होल्डर टेक गुरुङले जानकारी दिनुभयो। तेसैगरी यस फिल्मको प्रचार प्रसार गर्नको निम्ती खसोखासको प्रधानसम्पादक किशोर पन्थी र सम्पादक दिपक परियार,हेल्लो अमेरिकाको सम्पादक सम्राट कार्की , इनेप्लिजका रिपोर्टर केशबराम राइलाइ समाचार सम्पेषण गर्नको निम्ति प्रेस मिटमा आउनु भएकोमा अर्का स्टेक होल्डर कृष्ण पौडेलले धन्यवाद ब्यक्त गर्नु भयो।
न्युयोर्कमा चलचित्र “मोहर” को प्रदर्शनीको तयारी
