व्यक्तीत्व- 

भविन्द्र तुम्खेवा छथर गाउँ बिकास समितिको पुरानो शिक्षक । तर उहाँको रुचि सामाजिक सेवातर्फ छ । उहाँ आफ्नो क्षमताले सकेसम्म सहयोग गर्न तर्फ अग्रसर भैरहनुहुन्छ । साच्चै भन्नुपर्दा उहाँ नेपाली नागरिकले चाहे जस्तै भुईमान्छे र भुईको नेता जो सधैं आफू भन्दा कमजोर छरछिमेक र नागरिकको दुख सुख गाह्रो साह्रोमा सहयोग गर्न तत्पर एक व्यक्तित्व ।

बुबा गञ्ज बहादुर तुम्खेवा आमा छली माया लिम्बूको पाँच दाजुभाइ तीन दिदी बहिनी माइलो सन्तानको रूपमा विस, २०२३ असोज ६ गते जन्मीनु भएको भविन्द्र तुम्खेवाले जीवनको लामो समय सामाजिक सेवा र शिक्षण पेशामा बिताउनु भयो । अत्यन्तै मिलानसार स्वाभावका व्यक्तित्व तुम्खेवाले छथर गाउँपालिका ५ ओख्रे स्थीत श्री भगवती उच्च मावि बाट २०४७ सालमा एस एल सी पास भए यता उहाँ निरन्तर शिक्षण पेशासँग आवद्व उहाँले २५ बर्ष पढाउनु भयो । यो बीचमा त्यस भेगका नागरिकलाई शिक्षा सम्बन्धि जागरण फैलाउने देखि सामाजिक कार्य तथा सहकार्य सम्बन्धि जनचेतना फैलाउने कार्यमा उहाँले पुर्याउनु भएको योगदान सम्मानजनक छ । घर नै लाहुरेमय बुबा पनि बिट्रिश लाहुरे छोराहरु दुवै भाइ लाहुरे तर उहाँलाई कहिले त्यता मनै गएन त्यसो त अझै पनि बेलायत जाने बाटो खुल्लै छ तर खै किन हो उहाँलाई रहर नै लागेन । यतिखेर राजधानीको भक्तपुरमा घर बनाउनु भएको छ । तर पनि उहाँ हरेक छ महिनामा गाउँ नै पुग्नुहुन्छ । उहाँको मन गाँउ र समाजसेवातर्फ नै सधैं आर्कषित रह्यो ।

स्थायी नियुक्ति मिति २०५०,५१ भए यता उहाँले पढाउनु भएको यतिको लामो समयमा उहाँका बिध्यर्थीहरु कहाँ कहाँ पुगीसके तर पनि उहाँलाई आज पनि त्यहीका बाटोघाटो प्रीय छ । यस बीचमा विभिन्न किसिमको परिवर्तनहरु भए बिशेषगरि २०५० साल यता भएको माओवादी जनयुद्वपछि गाउँ पहिलाझै रहेन अझ बैदेशिक रोजगारीको कारण गाउँमा आएको आर्थिक परिवर्तनसगै सबै क्षेत्रमा अचानक भएको परिवर्तन उहाँको आँखैले देखेर आयो । उहाँले शिक्षण पेशा सुरु गर्दा बिध्यार्थीको स्कुलमा अत्यधिक चाप थियो एउटै कक्षामा १२५ भन्दा बढी हुने सङ्ख्या अहिले घटेर मुस्किलले ४० को हाराहारीमा छ कीन यस्तो भयो त ? भन्दा उहाँको अनुमानमा बैदेशिक रोजगारी , बसाइँ सराई, परिवर नियोजन , स्वास्थ्य चौकी बन्नु तर दक्ष चिकित्सकहरुको अभाव , गर्ववती महिलाको ज्यान जो गाउँमा बस्छन् जोखिममा रहनु , स्थानीय तहमै रोजगारको अभाव , खानेपानीको अभाव , कृषि कर्ममा कठिनाई र उत्पादन भएको बस्तुको बजार नहुनु , यातायातको असहजता जस्तो बिषयहरु नै बसाइँसराइको प्रमुख कारण रहेको उहाँको बुझाई छ । जसले गर्दा गाँउ पहिलाझैँ रहेन ।

उहाँलाई सधैं एउटा कुराले मन दुखाईरहन्छ त्यो के हो भने माओवादी जनयुद्ध २०५१ साल मङ्सिर १ गतेबाट सुरु भयो त्यसबेला नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० ले “जनताको सरकार स्थापनाका लागि सशस्त्र संघर्ष” घोषणा गरेपछि देश दशकभर हिंसात्मक द्वन्द्वमा प्रवेश भयो यो बीचमा हजारौं नागरिकहरु घरबार बिहिन भए जो मरे आफ्नै नेपाली मरे । दश वर्ष लामो यो युद्धले नेपाली समाजमा गहिरो मानवीय क्षति पुर्‍यायो। करिब १७,००० जना नागरिक, प्रहरी, सैनिक र माओवादी कार्यकर्ताहरूको मृत्यु भयो । ४,००० भन्दा बढी व्यक्ति बेपत्ता भए । हजारौं मानिस घाइते र अशक्त बने। युद्धका क्रममा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्तिको विनाश भयो। विद्यालय, प्रहरी चौकी, सरकारी भवन, पुल, सडक, टेलिफोन टावर जस्ता पूर्वाधारहरू ध्वस्त पारिए। धेरै गाउँहरू उजाडिए, बजारहरू सुनसान बने । ५० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष आर्थिक क्षति भएको अनुमान छ, जुन अहिलेको मूल्यमा १०० अर्ब रुपैयाँभन्दा बढी बराबर पर्छ तर आज पनि अवस्थामा केही सुधार भएन देशको उत्पादकता घट्यो, लगानी र पर्यटनमा गिरावट आयो, बेरोजगारी बढ्यो साच्चिकै भन्नुपर्दा म जहाँ जन्मे त्यो गाउँ माओवादी जनयुद्व हुनुअधि त्यस्तो थिएन जो अहिले भैरहेछ गाउँ सुनसान छ हरेकपल्ट म जादा केही नपुगेझैँ केही नभएझैँ लाग्छ।

यसले पारेको सामाजिक प्रभावको कारण लाखौं मानिस आन्तरिक रूपमा विस्थापित भए। सयौं बालबालिका अनाथ बने र शिक्षा–अधिकारबाट वञ्चित भए। परिवार विखण्डन, मानसिक आघात, र सामाजिक अविश्वास गहिरियो। आखीरीमा देशलाई घाटामै लानु थियो भने किन हामीलाई त्यो किसीमको हिंसा चाहिएको थियो र ? उहाँ प्रतिप्रश्न गर्नुहुन्छ । हुन पनि माओवादी जनयुद्धले नेपालको राजनीतिक संरचना परिवर्तन त गर्‍यो , तर समाज अझै गतिशिन हुन सकेको छैन । त्यो बेलामा माओवादी जनयुद्वकै कारण राम्रो सम्भावना बोकेका बिध्यार्थीहरु बिस्थापित भएको क्षणले उहालाई नमिठोगरि दुखाउछ । आखीरीमा गरिब सोझासाझा नागरिकले के पाए त ? आज पनि देशमा गरिखाने माहोल नभएर बिदेशीनु नागरिकको रहर भन्दा वाध्यता भएको छ । राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना त भयो तर उहाँको बुझाईमा तर यो परिवर्तनको मूल्य अत्यन्तै महँगो रह्यो – हजारौं ज्यान, अरबौं धनराशी, र असंख्य सपनाहरूको बलीमा प्राप्त लोकतन्त्र सिमित मानिसहरुको निम्ति मात्र आएको उहाँको बुझाई छ । उहाँको दाजुभाई र पर परसम्मको नातागोता पनि लाहुरे सँस्कृति र कृषिमा आधारित रहेको तर उहाँ तुम्खेवा परिवारबाट पहिलो स्थायी शिक्षक हुनुहुन्छ । उहाँको जीवनको महत्त्वपूर्ण समय चक र डस्टरसग बितेको त्यो विद्यालय श्री शारदा आवि छथर ६ सुदाप तेह्रथुममा अवस्थीत छ । अहिले पनि उहाँलाई स्कुलकै सक्झनाले सताउछ । अर्को मन पर्ने बिधा राजनिति पनि हो । स्थानीय तहमा उहाँको राम्रो सम्भावना पनि छ ।

२०४६ सालमा तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका सुङ्ग्नाम बस्ने तौल मान लिम्बुको छोरी पुष्पामाया लिम्बू सँग विवाह भई एक छोरी र दुई छोरा छ । २०७५ सालमा शिक्षक पदबाट अवकास भएपछि उहाँको अधिकाश समय समाजसेवा र नेपाली काँग्रेस राजनितिमा बित्ने गरेको छ । त्यसो त उहाँको परिचय विभिन्न आयमहरुमा बिभाजित छ । छथर गाउँपालिका वडा नं ६ सुँदापको श्री मच्छिन्द्र खेलकुद विकास समितिको २ कार्यकाल सम्म अध्यक्ष पदको जिम्मेवारी सादगीपुर्ण रुपमन बन गरेको , छथर गाउँपालिका ६ सुँदापको डुडेपाखा सामुदायिक वन उपभोक्ता समितिको २ कार्यकाल सचिब पद को जिम्मेवारी गरेको , तेह्रथुम जिल्लाको शिक्षक संघको एक कार्यकाल जिम्मेवारी बहन गरेको , छथर ६ सुँदापमा बहुउद्देश्य कृषक समूह नामक संस्था गठन गरी संस्था समेत दर्ता गरी २ कार्यकाल पद ग्रहण गरी जिम्मेवारी बहन गरेको , छथर ६ सुँदापको नेपाली कांग्रेस वडा एकाई समितिको एक कार्यकाल कोष अध्यक्ष पद ग्रहण गरी जिम्मेवारी बहन गरेको , छथर ६ नं वडा को २०७९ साल देखि हाल सम्म नेपाली कांग्रेस कार्यवाहक सभापति भई हाल सम्म जिम्मेवारी बहन गर्दै आएको अनुभव छ । यी सबै अनुभवहरुको निछोडले उहाँ भन्नुहुन्छ दिर्धकालिन बिकासको निम्ति जनता र सरकार दुवैले साझा दायित्व बोध गर्नु जरुरी छ । ,

उपत्यकामा पनि उहाँलाई समाजसेवा को जिम्मेवारीले छोडेको छैन । २०७६साल देखि चाँगुनारायण नगरपालिका ७ भक्तपुर मा बाँसबारी इच्छा टोल समाजसेवा संस्था दर्ता गरी उक्त संस्थाको उपाध्यक्ष पद ग्रहण गरी हाल सम्म जिम्मेवारी बहन गर्दै आउनुको साथै २०७६ साल देखि हाल सम्म छथर ताकलुङ तुम्खेवा समाज काठमाण्डुको अध्यक्षको रुपमा सक्रिय रहदै आउनु भएको छ । छथर गाउँपालिका वडा नं ६ सुँदापको श्री मच्छिन्द्र खेलकुद विकास समितिको २ कार्यकाल सम्म अध्यक्ष पदको जिम्मेवारी सादगीपुर्ण रुपमा सम्पन्न गरेको , छथर गाउँपालिका ६ सुँदापको डुडेपाखा सामुदायिक वन उपभोक्ता समितिको २ कार्यकाल सचिब पद को जिम्मेवारी गरेको , तेह्रथुम जिल्लाको शिक्षक संघको एक कार्यकाल जिम्मेवारी बहन गरेको , छथर ६ सुँदापमा बहुउद्देश्य कृषक समूह नामक संस्था गठन गरी संस्था समेत दर्ता गरी २ कार्यकाल अध्यक्ष पद सफलतापुर्वक सम्पन्न गरेको , छथर ६ सुँदापको नेपाली कांग्रेस वडा एकाई समितिको एक कार्यकाल कोषअध्यक्ष पद ग्रहण गरी जिम्मेवारी बहन गरेको , छथर ६ नं वडा को २०७९ साल देखि हाल सम्म नेपाली कांग्रेस कार्यवाहक सभापति भई हाल सम्म जिम्मेवारी बहन गर्दै आएको अनुभव छ । यी सबै अनुभवहरुको निछोडले उहाँ भन्नुहुन्छ दिर्धकालिन बिकासको निम्ति जनता र सरकार दुवैमा साझा दायित्व बोध हुन जरुरी छ । २०७६साल देखि चाँगुनारायण नगरपालिका ७ भक्तपुरमा बाँसबारी इच्छा टोलमा बसोबास गर्दै आउनु भएको उहाँ। हाल छथर ताकलुङ तुम्खेवा समाज काठमाण्डुको अध्यक्षको रुपमा सक्रिय रहदै आउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया