व्यक्तित्व –
पल्लो किराँत भनेर चिनिने पुर्वमा मेची नदी, पश्चिममा अरुण नदी, उत्तर तिब्बत र दक्षिण भाारत सिमाना भित्र नेपालको कोशी प्रदेशमा लिम्बुवान क्षेत्र छ । ईतिहास अनुसार सातौं शताब्दीदेखि नै मुलबासी वा आदिवासीको रुपमा यस क्षेत्रमा पाँच लाख जनसंख्या पुगनपुग उनिहरुको छ । र उनिहरुको बसोबास निरन्तर रूपमा यही छ। लिम्बू किराँत समुदायभित्र पर्ने जात हुन् । यही क्षेत्र अन्तर्गत तेह्रथुम जिल्लाको पश्चिमी भेगमा छथर गाँउपालिका छ। यो पालिकाभित्र आङ्दिम, हमर्जोङ, पञ्चकन्या,फाक्चामारा, ओख्रे , सुदाप गाउँ छन् । यी मध्ये छथर वार्ड नम्बर पाच ओख्रेमा नन्दप्रसाद तुम्बाखेवा लिम्बू जन्मनु भएको हो । कुलमान शिंहका नाति नरध्वाजको पुत्र रत्नका रुपमा सम्पन्न परिवारमा बिक्रम सम्बस १९७२ मा जन्मनु भएका नन्दप्रसाद तुम्बाखेवा अहिले यस धर्तीलाई छाडेर गैसक्नु भएको छ । बिक्रम सम्बत २०४६ सालमा उहाँको देवहसन भएको हो । तर आज पनि उहाँले स्थानिय बासिन्दाहरुको जीवन परिवर्तनको निम्ति सामाजिक सेवामार्फत पुर्याउनु भएको योगदान जिवित छ । त्यसो त नन्दप्रदाद लिम्बुवान क्षेत्रमा मात्र नभएर तेह्रथुम जिल्ला र तत्कालीन समयमा देशभर परिचित नाम थियो उबेला । राजनिति र समाज सुधारको क्षेत्रमा गर्विलो व्यक्तित्व उहाँ आगे सुब्बा जिम्मावाल तिरो उठाउने र तिरो बुझ्ने भएको ले सुब्बा नन्दप्रसाद तुम्बाखेवा भनेर सबैले चिन्दथे । सबैले आदरभाव राख्दथे सबैको सद्वय थिए ।
त्यस ओख्रे क्षेत्रमा बस्ने लिम्बुहरुमा मादेन खेवा , लिगेला खेवा चोम्वाङ्गखेवा आङ्लावाङ खेवा माङ्याक खेवा र तुम्बाखेवा मध्येका सर्वमान्य व्यक्ति भनी चिनिएका थिए । निक्कै साहासिलो र तीक्ष्ण सोचका व्यक्ति उहाँले उबेलाको समाजमा राणा शासन अन्त्यको निम्ति पनि ठूलो भुमिका खेल्नु भएको छ । क्रान्ति,राजनिति, शान्ति र समाज बिकासको बाटोमा धेरै मानिस देखा पर्ने र हराउने गर्दछन् तर नन्दप्रासद तुम्बाखेवा उल्लेखीत कार्यबाट कहिल्यै हराउनु भएन । शिक्षा स्वास्थ्य धर्म क्रान्ति र राजनीतिका राम्रा पक्षमा सधै आफुलाई अग्रपंक्तिमा उभ्याउनु भयो । छथरका लिम्बुवानहरुमा मुसाङखेलका भक्तशेर मावुहाङ सुदापका गोद्रीलाल आङ्लावाङ खेवा फाक्चामाराका भरतशिंह लेक्वा तत्कालिन समयमा उहाँको समकालीन र उनीहरु पनि उहाँसगै बिकासका क्रियाकलापहरुमा हातेमालो गर्दै सँगै हिड्ने व्यक्तिहरु थिए ।
२००७ सालमा नेपालमा प्रजान्नत्र आएपछि राणाहरुले आफ्नो पक्षमा काम गर्न गराउन रणधिर सुब्बाको अध्यक्ष तामा गोरखा दल भएको पार्टी भरत शरशेरलाई खोल्न लगाई देशभरि आंतक मच्चाएका थिए । यो दललाई खुकुरी दल पनि भनिन्छ । यसको प्रभाव हाम्रो जिल्लाको छथर फेदाप आठराई सबै ठाँउमा परेको थियो । जसले आंतक गर्दा घरघरमा काग्रेस पस्यो भन्थे यही आंतकको कारण बस्न नसकी उल्लेखीत ठाउँहरुबाट धेरै मानिस झापा मोरङमा बसाई का थिए । यो आतंकको बिरोध नन्दप्रसादले गर्नु भएको थियो । जनसाधारणलाई भरोसा दिनु भएको थियो यो कुरा हाम्रो अग्रजहरु अहिले पनि भन्नुहुन्छ । वास्तवमा त्यो समयमा काग्रेस पसेको थिएन राणाहरुले उस्काएको खुकुरी दलको आतंक थियो । जसको अघि उहाँ आफ्नो ज्यानको प्रवाह नगरी बिरोधमा उभिनु भएको थियो । राजनीतिक रुपमा नन्दप्रसाद काँग्रेस पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।१ सय ४ बर्षे राणा शासनको हुकुमी शासन विरुद्वको ७ सालको जनक्रान्तिमा २०१५ सालको प्रथम संसदीय आम निर्वाचनमा २०३६ सालको जनमत सग्रहमा सक्रिय भई भाग लिनु भएको थियो । यसैबाट पनि अनुमान लगाउन सकिन्छ राजनितीक रुपमा उहाँ कति सचेत हुनुहुन्थ्यो भन्ने ।
यस अतिरिक्त २००९ सालमा काँग्रेस पुर्वाअञ्चल महाधिवेशन धनकुटामा भएको थियो त्यस अधिवेशनको अध्यक्षता नन्दप्रसादले गर्नु भएक थियो । तत्कालिन अधिवेशनमा शुवर्ण शमशेर राणा सुर्यप्रसाद उपाध्यय , विपि कोईराला उपस्थित थिए । त्यसकारण पनि यो अधिवेशन नेपाली काँग्रेस र समग्र नेपाली राजनितीको क्षेत्रमा महत्त्वपूर्ण छ । लिम्बू समुदायभित्र यो सन्दर्भ प्रख्यात र सम्मानित पनि छ ।
त्यस्तै २०१३ सालमा राजा महेन्द्र सवारी हुदा स्वागतार्थ धेरै जनमानसलाई सहभागी गरााउनमा पनि उहाँको ठूलो योगदान रहेको छ जसले गर्दा उहाँको व्यक्तित्वलाई वृहतरुपमा बुझ्न सक्छौ । तत्कालीन समयमा राजा महेन्द्रलाई स्वागत गर्नु पछाडी राजा महेन्द्र स्वायम राजा भएपनि प्रजातन्त्रवादी हुनुहुन्थ्यो ।
२०१७ सालपछि नेपालमा पञ्चायती व्यवस्था लागू भएपछि अधिकाश गाउँका मानिसहरुले पञ्चायत व्यवस्थाको बिरोध गर्ने हिम्मत र आट गरेनन् अधिकाशं काँग्रेस कम्युनिष्ट बिचारमा आवद्व व्यक्तिहरु पञ्चायतको कुनै न कुनै पदमा रहेेर काम गरे । सायद यसैको प्रभाव नन्दप्रसाद पनि २०३७ सादमा जिल्ला पञ्चायतका सदस्य भएर सामाजिक कार्यमा सकृय हुनुभयो । त्यस समयका तेह्रथुम जिल्लामा गनिएका काग्रेसका नेता तेजमान तुम्वाहाम्फे समशेर बाहादुर तुम्वाहाम्फे थिए उहाँहरुझै नन्दप्रसाद पनि नेपाली काँग्रेस पार्टीमा आवद्व भई विभिन्न पदमा रहेर छथर सहित तेह्रथुम धनकुटा ताप्लेजुङ सङ्खासभा समेत पार्टी संगठनमा क्रियाशील हुनुभयो । लोकतान्त्रिक बिचारमा अन्तरआत्मादेखि नै बिस्वास राख्नुहुने उहाँलाई समाज बिकास बिना देश बिकास हुदैन भन्ने राम्रो ज्ञान थियो ।
जसको कारण उहाँको समाजिक र शैक्षिक बिकासमा पनि महत्त्वपूर्ण योगदनन छ । फाक्चामाराका दाहाल निरौला पञ्चकन्याका थापा भट्टराई हमरजुङका बस्नेत र कार्की सुदापका ओख्रेका कटुवाल ढकाल लगायत समग्र स्थानीय बासिन्दाहरुमा उहाँको प्रभावकारिता कुनै राजा भन्दा कम थिएन ।
यसै क्रममा नन्द प्रसाद तुम्वाखेवाले २००९ सालमा सामाजिक सेवातर्फ गरेकाे समाज सुधार कार्यहरु पनि तत्कालीन समयको विषम परिस्थिति प्ररेणादायीक छ जस्तै धुरपुजे मिडिल स्कुल हाल निशान प्राथमिक बिध्यालय त्यस्तै भारती प्राईमेरी स्कुल हाल ओख्रे निशान स्कुल, भगवती प्राईमेरी स्कुल हाल भगवती उच्च मावि भनेर प्रख्यात छ । यो स्थानमा स्कुल खोलीएपछि आएको सामाजिक शैक्षिक र राजनीतिक परिवर्तन व्यापक छ । २००९ सालमा सरस्वती प्राईमरी स्कुल बिखे हाल सरस्वती उच्च मावि शुक्रबारेमा सञ्चालनमा रही रहनु उहाँले तत्कालीन समयमा आफ्नो ठाउँमा बिकासको निम्ति गरेको पहलको उच्च नमुनाको रुपमा लिन सकिन्छ ।
उहाँको छोरा भुवनजीत तुम्बाखेवा ( लिम्बू ) यस बिध्यालयको सञ्चालक समितिको अध्यक्ष तथा बुहारी स्वार्गीय सोना कन्दङ्वा शिक्षिका भई कार्य गरेका थिए । यस हिसाबले उहाँको परिवार नै सामाजिक बिकासको क्षेत्रमा सक्रिय रहदै आएको छ । सबै धर्म , सस्कृतिमा समान भाव राख्नुहुने उहाँले निशान पुजाको व्यवस्था र चलन सञ्चालन गर्नुभएको आज पनि त्यो पराम्परालाई छोरा भुवनजीतले निरन्तरता दिईरहनु भएको छ । सबैले उहाँलाई शिवभक्त भन्थे , दशै भव्यताका मनाउनुहुन्थ्यो , उहाँको घरमा अवस्थित निशान मन्दीरमा पुजा गर्न गाउँ भरिका मानिसहरु उपस्थित हुन्थे । दशैंमा जमरा टीका लगाउने , निसान पुजा गर्ने मौलाे काट्ने गर्नुहुन्थ्यो । मौलो काटेको हेर्न छथरका अधिकांश
गाउका मानिस आउथे । म पनि रमिता हर्न गएको याद आउँछ । उहाँको धार्मिक आस्थाको कुरा गर्दा उहाँ आफ्नो जातिगत धर्म साथै हिन्दु धर्ममा समान विस्वास गर्नुहुन्थ्यो रहेक जातजातिको जन्मदेखि मृत्युपर्यान्त गरिने सांस्कृतिक सँस्कारहरु फरक फरक हुन्छ लिम्बू जातिको पनि आफ्नै धर्म सस्कृति र सँस्कारहरु छन् त्यसलाई लिम्बुहरु मुन्धुम भन्दछन् । कसै कसैले सत्यहाङ्मा धर्म पनि मान्ने गर्दछन् । लिम्बू जातिको धर्ममा फेदाङ्गमाको ठूलो मान्यता हुन्छ । साम्बा भन्ने गरिन्छ पुजारीलाई । आफ्नो यस किसिमको धर्मलाई अवलम्बन गर्दै हिन्दु धर्म समेतमा नन्द प्रसाद आस्था राख्नुहुन्थ्यो । सधै रुद्राक्ष दानाकाे माला लगाउनु हुन्थ्यो । बाटो बनाउने कुलो बनाउने र स्थानिय बासिन्दाहरु बीच समाज सुधारको जागरण फैलाउने काम उहाँले गर्नु भएको थियो जो त्यतिबेलाको समाजमा ठूलो परिवर्तन परसम्म सोच्न र बुझ्न सक्ने मानिसले मात्र गर्ने सक्थ्यो जुन उहाँले गर्नु भयो ।
आफ्नो गाउँका प्राकृतिक स्राेत साधनको सुरक्षामा पनि उहाँ साह्रै सक्रिय हुनुहुन्थ्यो । यो सम्वन्धमा उहाँसग जोडिएको पानिको स्रोस सम्बन्धि घटना सम्झन योग्य छ । प्रसङ्ग बिक्रम सम्बत १०१८ , १९ तिरको हो । पिउने पानिको अभाव भई छथर पञ्चकन्याका थापा भट्टराई लगायत त्यहाँका स्थानिय बासिन्दाहरुले छथर ओख्रेकै अधेरी खोला झोसेनी मुलबाट पाईप बिछ्याई खानेपानी लान तयारी गर्दै थिए यसरी आफ्नो गाउँमा खानेपानीको अभाव हुदाहुदै बिना मञ्जुर पानी लैजान पाईन्दैन भनेर बिरोध गरेको कारण नन्दप्रसाद निलकण्ड ढकाल गोरख बाहादुर खुलाल जेल पर्नु भएको थियो । सो पानिको बिषयमा मुद्वा गर्नुपर्यो । पछि सहमति भै पिउने पानी पञ्चकन्या गएकाे थियो । त्यो पानी फाक्चामारा पञ्चकन्यामा आज पनि सञ्चालनमा छ । यहाँ यो भन्नुको तात्पर्य स्थानीय साधन र स्राेत उपभोग गरि कसरी स्थानिय नागरिकको जीवन स्तरमा परिवर्तन त्याउन सकिन्छ भन्नेतर्फ उहाँको ज्ञान थियो जुन तत्कालीन समयमा धेरै नेताहरुमा थिएन ।
नन्दप्रसाद तुम्वाखेवा सम्बन्धमा यी सबै कुरा लेखीरहदा कतिपय कुरा सुनेका कतिपय अग्रजहरुले र कतिपय आफैले देखेका आधारमा लेखिएका हुन् २०१८ सालअघि उनको बारेमा मैले थोरै कुरा मात्र जानेको थिए त्यसपछिको समयमा उनिसग मेरो बेला बेला भेट र सामान्य अभिवादन मात्र हुन्थ्यो नजिकको सम्पर्क कम भए पनि साथीभाइ छरछिमेकहरुबाट धेरै कुराहरु उहाँको बारेका थाहा पाए उहाँ एक प्रकृतिपुजक , स्वाभिमानी ईमानदार मिलनसार बिकासप्रेमी व्यक्ति भन्ने कुरा म आफैले बुझे उहाँ अहिले हामी बिच हुनुहुन्न तर समग्र नेपालको राजनितिक परिवर्तनमा उहाँको उल्लेखनीय योगदान छ । साथै क्षेत्रमा उहाँले शिक्षा , यातायात र खानेपानी बिकासको निम्ति गरेको योगदान अतुलनीय छ ।





