क्रान्ति सुब्बा

ब्रह्माण्डको कुल उर्जाको ६९% उर्जा डार्क एनर्जी अर्थात कालो उर्जाले ओगटेको छ। यो डार्क एनर्जीको हुलियालाई खिच्न बैज्ञानिकले डार्क एनर्जी क्यामेरा आविष्कार गरेका थिए । सन २०१३ देखि २०१९ सम्ममा यस क्यामेरामार्फत डार्क एनर्जीको सर्भेक्षण भैसकेपछि यो क्यामेरा थन्किएर बसेको थियो । तर यो क्यामरालाई खगोलविदले फेरि प्रयोग गरे र खिचे मेसियर ८३ अर्थात साउदर्न पिनह्विल नामक स्पाइरल ग्यालेक्सीको तस्वीर । र त्यो तस्वीर भर्खरै सार्वजनिक गरिएकोछ।


मेसियर ८३ भन्ने यो तारापुन्ज हाइद्रा तारा मंडलको दक्षिणी भेगमा बसेकोछ। यसको चक्कर सर्पिल संरचनालाई पृथ्वीबाट पनि  देख्न सकिन्छ । यो आकाशगंगा पृथ्वीबाट करिब १५ लाख प्रकाश वर्ष टाढा छ। यसको व्यास अर्थात मोटाइ करिब ५०,००० प्रकाश वर्ष रहेको छ ।

हामी बसेको मिल्की वे आकाशगंगा भन्दा यो सानो छ। हामी बसेको मिल्की वे ग्यालेक्सीको व्यास १००,०००- २००,००० प्रकाश वर्ष हो। यसो भनौं  दुरस्थ रहेको कुनै अजनबी सभ्यताबाट हेर्दा यो  दक्षिणी पिनह्विल ग्यालेक्सीलाई हाम्रो मिल्की वे ग्यालेक्सी जस्तै देखिन्छ ।

डार्क एनर्जी क्यामेरा (DECam) लाई  मेसियर ८३ (Messier 83) को यो सुन्दर पोट्रेट तस्वीर उतार्न ११.३ घन्टा लागेको थियोे ।

युएस डिपार्टमेन्ट अफ एनर्जीद्वारा निर्मित यो क्यामेरा भिक्टर एम.ब्लाङ्को नामक चार मिटर लामो टेलिस्कोपमा जडान गरिएको छ जुन चिलिको एन्डेस पहाडको बेधशालामा अवस्थित छ।

तपाईको प्रतिक्रिया