क्रान्ति सुब्बा

ब्रह्माण्ड वैज्ञानिकहरु अहिले  महाविष्फोट अर्थात बिग बेङद्वारा रचित यस ब्रह्माण्ड रचना हुदाको प्रथम पल कस्तो थियो भन्ने दृश्यको अवलोकन बिराट कम्प्युटर अनुरुपण ( सिमुलेसन)ले उत्पादन गरेको ४,००० थान नमुना संस्करण मार्फत अध्ययन गरिरहेका छ्न।

बिग बेङ घटे लगत्तैको तस्वीर कस्तो थियोे भन्ने कुरा पत्ता लगाउने उदेश्य स्वरूप यो कार्य थालिएको हो।  जब १३ अरब ८० करोड वर्ष अगाडि हाम्रो ब्रह्माण्ड अस्तित्वमा आयो त्यसबेला एक सेकेन्डको खरबौँ खरब गुना छोटो समय अवधिमा ब्रह्माण्डको साइज ह्वात्तै खरबौं खरब गुना बढेर गयो।तर यस्तो कसरी र किन भयो अहिले सम्म कसैलाई थाहा छैन । आधुनिक ब्रह्माण्ड विज्ञानको सबैभन्दा महत्त्वपूर्ण रहस्य मध्ये एक यसलाई पनि मानिन्छ ।

एउटा माइक्रोसेकेन्डको अति सुक्ष्मतम  समय अवधिभित्र  यो ब्रह्माण्डको साइज हठात खरबौं खरब गुना बढेको थियोे ।

अहिलेको वास्तविक ब्रह्माण्ड  उत्पत्ति हुँदाको पहिलो घडी अर्थात स्फिती काल( inflationary period) को रुपरेखा  कस्तो थियो  भन्ने तथ्यलाई सठिक बुझ्न यो कम्प्युटर सिमुलेसन बिधिले  सहयोग गर्ने कुरामा अन्वेषकहरु आशावादी छ्न।

” अहिलेको ताजा फोटोबाट हाम्रो ब्रह्माण्ड शिशु अवस्थामा कस्तो थियो  भन्ने अनुमान लाउन सजिलो भएको छ।” भन्छन्  यस अध्ययनका लिडर मासाटो सिरासाकी जो नेशनल एस्ट्रोनोमिकल  जापानमा कार्यरत छ्न।

आजको ब्रह्माण्डको अन्तरिक्षलाई हेर्दा  कुनै स्थान खाली र कुनै स्थान  ग्यालेक्सीले भरिएको देख्दछौ । आकाशमा यस्तो  पदार्थको असमान  वितरण  कसरी हुन गयो ?

वास्तवमा बिग बेङ घटना भएको बेला जब हाम्रो प्राचीनतम ब्रह्माण्ड एकदम सुक्ष्म थियो, हो त्यस बखत नै क्वान्टम फ्लक्चुएसन अर्थात उर्जाको जताभावी परिवर्तन र उछ्लकुद भएको थियो ।

जब ब्रह्माण्डको बिस्तार भयो त्यसबेला क्वान्टम उतारचढाव (quantum fluctuation )को पनि बिस्तार भयो । त्यसबेला सघनरूपमा रहेका उर्जा केन्द्रहरु  तन्किदा  पछिल्लो अवस्थामा पनि तिनको घनत्व उच्च नै रहयो अन्य पातलो उर्जा केन्द्र भएका स्थानका तुलनामा । ब्रह्माण्डको आकार विस्तार हुँदा तन्किएका अदृश्य रेशामा गुरुत्वाकर्शणको प्रभाव परेपछि ग्यालेक्सीहरु पनि त्यसै रेशामा झुन्डिएर बसे।

तर गुरुत्वाकर्षण शक्तिसंगको अंतरकृयालाई यस अध्ययनमा समेट्दा परिणाम निकाल्न ज्यादै जटिल हुने भएकोले ब्रह्माण्डविदहरुले गुरुत्वाकर्षणको सबै प्रभावलाई यो समीकरणबाट हटाएर अध्ययनलाई जारी राखेका थिए ।

गुरुत्वाकर्षण शक्तिलाई हटाएर अन्बेषकहरुले शोधलाइ अघि बढाउन एउटा फरक विधि अबलम्बन गरे जसलाई पुनर्निर्माण विधि भनियो।

यो पुनर्निर्माण पद्धति कतिको ठिक छ जाँच्नको लागि नै ब्रह्माण्डको ४,००० वटा भर्सन सुपर कम्प्युटरबाट उत्पादन गरियो।
ब्रह्माण्डका प्रत्येक संस्करणमा फरक फरक आधारभूत घनत्व उतारचढाव ( initial density fluctuation ) लाई जडान गरिएको थियो ।

फरक फरक घनत्व उतारचढावधारी  फ्रीक्वेन्सी बोकेका प्रत्येक भर्चुअल युनिभर्सलाई अब आफ्नै खाले भर्चुअल इन्फ्लेसन वा स्फिती प्रक्रियामा जान बैज्ञानिकले अनुमति दिए।

त्यसपछि तिनीहरुमा पुनर्निर्माण विधि लागू गरियो जुन बिधिले तिनीहरुलाई इन्फ्लेसन पुर्बको प्रारम्भिक बिन्दुमा लान्छ कि लादैन भनेर जाँच्नको निम्ति ।

यो परिक्षणको नतिजा गत जनवरी  ४ तारीख प्रकाशित गरियो फिजिकल रिभिउ भन्ने जर्नलमा।

निकै आश लाग्दो यो नतिजा बारे शिरासाकी भन्छ्न -” यो रिकन्स्ट्रक्सन मेथोडबाट ग्यालेक्सीको फैलावटमा गुरुत्वाकर्षणको प्रभाव कम परेको देखियो। जसले गर्दा हामीलाई हाम्रो युनिभर्सको  आरम्भिक स्वरुप सम्बन्धि सूचना लिन बहुत सहज भयो।”

त्यसो त यो रिकन्स्ट्रक्सन बिधि यस भन्दा अघि रियल वर्ल्ड ग्यालेक्सी डाटा संकलन गर्दा गरिसकेको कुरा पनि  उनले दर्साए।
तर अहिलेको नयाँ अध्ययनले ब्रह्माण्डको इन्फ्लेसन कालमा पनि  यसको प्रयोग गर्न सकिने भैयो उनले भने।

अब अर्को चोटि चाहिँ ब्रम्हाण्डिय संजाल ( cosmic web)को सजिव अवलोकनमा यो बिधिलाई प्रयोग गर्ने योजना भएको कुरा शिरासाकीले भने।

न्यु मेक्सिकोमा स्लोन स्काइ सर्भे अन्तर्गतको प्रोजेक्ट सम्पन्न भएको बेला टेलिस्कोपको माध्यमबाट भने यस्ता अवलोकनहरु भैसकेकाछ्न।

     स्रोत : लाइभसाइन्स

तपाईको प्रतिक्रिया