८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

चीन निर्मित साइनोभ्याक कोभिड भ्याक्सिन लगाएको चार  दिन पछि एक ५५ वर्षीया महिलाको स्ट्रोकद्वारा मृत्यु भएको थियो मार्च ६ तारीख शनिबार । धेरै वटा दीर्घ रोगबाट पीडित यी महिलाले मार्च २ तारीख मंगलबार उनले जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा परिचालित कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट कोरोना खोप लगाएकी थिइन।


स्वास्थ स्थिति ठिक नभए पछि उपचारको लागि शुरुमा क्यारिटास मेडिकल सेन्टरमा उनको भर्ना भएको थियो ।पछि  क्वङ वाह अस्पतालमा  भर्ना उनलाई सारियो ।
केही समय पछि उनलाई कार्डियाक एरेस्ट ( मुटु वरिपरिको नशा बन्द हुने रोग ) भयो । त्यसपछि  शनिबार  उनको निधन भएको थियो ।

आज  मार्च  ८ तारीख  सोमबार उनको मृत्युबारे अध्ययन  कोभिड -१९ भ्याक्सिन क्लिनिकल इभेन्ट इभ्यालुएसन एकस्पर्ट कमिटीले समाप्त गरि परिणाम सार्वजनिक गरेकोछ।
विशेषज्ञको प्यानलले सर्वसम्मत सहित उक्त ५५ वर्षीया महिलाको मृत्यु हुनुमा साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकाछ्न।

प्यानलका सह संयोजक प्रोफेसर इभान हुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा  प्रारम्भिक अटोप्सी नतिजा विवरण बारे खुलासा गरे अनुसार मृतकमा उच्च रक्तचाप साथै उच्च कोलेस्ट्रोल रहेको पाइयो। उनको एओर्टा धमनी च्यात्तिएको र स्ट्रोक भएको लक्षण स्पष्ट थियो ।

” हामीलाई थाहा छ कोरोनरी आर्टरी सम्बन्धि अर्थात स्केमिक हृदय रोग अनियंत्रित अवस्थामा रहेको मानिस जहिले पनि उच्च जोखिममा हुन्छन् । वास्तवमा सुइ हाने पनि  नहाने पनि उनिहरुको अचानक मृत्यु हुने संभावना बढी नै हुन्छ।” हुङले भने।

तथ्यांकले बताए अनुसार आजभोलि प्रत्येक दिन मृत्यु हुनेमा कोरोनरी हृदय रोगीहरु पनि पर्दछ्न उनले भने।

यो केस बारे अन्तिम निष्कर्षमा पुग्न अटोप्सी रिपोर्टको विस्तृत अध्ययन प्यानले गर्नु पर्ने हुन्छ हुङ्ले भने।

कोभिड- १९ भ्याक्सिनको संभावित साइड इफेक्ट अध्ययन गर्न गठित यो प्यानलले भ्याक्सिन लिएपछि गम्भीर बिमार भएका दुई जना भ्याक्सिनको कारणले त्यस्तो गम्भीर बिमार भएको होईन भन्ने निष्कर्ष निकालेको छ।

ती दुई मध्ये एकजना ८० वर्षीय पुरुष डाएबिटिज लगायतका क्रोनिक रोगबाट पीडित थिए । र अर्का ७२ वर्षीया महिलाले आफुले लिनु पर्ने नियमित इन्सुलिनको इन्जेक्सन नलिएकोले त्यो अवस्थामा पुगेको कुरा प्यानलले बतायो।

गत बुधबार प्राइभेट क्लिनिकबाट साइनोभ्याक भ्याक्सिन लिएपछि सोमबार बिहानै मृत्यु वरण गरेका ७१ वर्षीय पुरुषको मृत्युको पछाडि कोरोना भाइरस भ्याक्सिनको हात छ कि छैन भन्ने तथ्यको लागि   विस्तृत अटोप्सी रिपोर्टको प्रतीक्षामा बसेको कुरा प्यानलले बतायो।

अहिलेसम्मको जति पनि केसमा साइनोभ्याक भ्याक्सिनको प्रतिकुल असर परेको देखाउने यथेष्ट  प्रमाण भेटिएको छैन तथापि यो भ्याक्सिन परियोजनालाई नजिकबाट नियाल्ने काम हामिबाट जारी रहन्छ भन्ने निष्कर्ष प्यानलले अन्तिममा निकालेको थियोे ।

तपाईको प्रतिक्रिया