काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले ‘मेरो माया मफलर भए टाँगी दिन्थेँ गलामा’ शीर्षकको कविता वाचन गरेर उदघाटन गरेका थिए ।
प्रमुख अतिथि काइँलाले भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सबै जातजातिका भाषा र संस्कृतिलाई विश्व कविता दिवसले सम्मान व्यक्त गरेको उल्लेख गरे । उनले भाषाहरूको शक्ति र सामर्थ्यले कवितालाई जीवन्त बनाइराख्ने बताए । पूर्व कुलपति काइँलाले नेपाल र नेपालबाहिर बस्ने सबै कविहरूका लागि विश्व कविता दिवसले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
कुलपति गङ्गाप्रसाद उप्रेतीले कवितामा विलक्षण शक्ति हुने उल्लेख गर्दै यसले सबै खाले आग्रह पूर्वाग्रह र फाटेका मनलाई जोड्ने बताए । उनले भने– “कविताले मानव जीवनलाई ऊर्जा दिन्छ । जीवनको जङ्गलमा बाटो बिराएकालाई बाटो देखाउने र उज्यालो प्रदान गर्ने काम गर्छ । कविताको यही शक्तिलाई बुझेर युनेस्कोले मार्च २१ लाई विश्व कविता दिवसको रूपमा मनाउने निर्णय गरेको हो भन्ने मलाई लाग्छ ।” कार्यक्रममा कुलपति उप्रेतीले ‘जीवन’ शीर्षकको कविता सुनाएका थिए ।
सदस्य सचिव प्रा।जगत् प्रसाद उपाध्यायले कविताले मानव जीवनलाई सारथक बनाउने धारणा राखे । उनले सन् १९९९ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको बैठकले मार्च २१ का दिनलाई विश्व कविता दिवसका रुपमा मनाउने युगान्तकारी निर्णय गरेको बताउँदै मानवता र मानवीयतालाई जोड्न र भातृत्व सम्बन्धलाई प्रगाढ बनाउन कविता दिवसले मद्दत पु¥याउने बताए । कविता मानवको भित्री आँखा भएको उनको विचार थियो । उनले सो अवसरमा आफ्नो कविता पनि सुनाएका थिए ।
काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कविता सुनाउने कुराले मात्र होइन, सुन्ने र मनन गर्ने कुराले पनि कविताप्रतिको सम्मान प्रकट हुने बताए । उनले विश्व कविता दिवस कवि र कविताको सृजनात्मक महिमालाई सम्मान गर्नका लागि युनेस्कोको निर्णयअनुसार मनाइन थालेको उल्लेख गरे । उनले यसपालिको कविता गोष्ठी साँच्चिकै विश्व कविता दिवसका रूपमा सार्थक भएको बताउनुहुँदै देश र देशबाहिर रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेकोमा धन्यवादसमेत दिए ।
कविगोष्ठीमा नेपालबाट कविहरू प्राज्ञ सुभद्रा भट्टराई (झापा), सविता बराल (ताप्लेजुङ), प्राज्ञ धीरेन्द्र पे्रमर्षि (सप्तरी), सुशीला पौडेल (सर्लाही), उषा शेरचन (काठमाडौँ), बाबा बस्नेत (काठमाडौँ), प्राज्ञ डा. गीता त्रिपाठी (काठमाडौँ), बलराम दाहाल (दोलखा), थापा, रणेन्द्र बराली (चितवन), प्राज्ञ सूर्यबहादुर खड्का विखर्ची (पोखरा), सुदेश सत्याल (तनहुँ), रुद्र ज्ञवाली (भैरहवा), बलभद्र भारती (सुर्खेत), प्राज्ञ आरडी प्रभास चटौत (काठमाडौँ), प्रल्हाद पोखरेल (काठमाडौँ), स्नेह सायमी (काठमाडौँ), रसज्ञ छहरा (नवलपरासी), डा. शेषराज आचार्य (काठमाडौँ), कविराज पौडेल (बुटवल), दिव्यलक्ष्मी पोखरेल (काठमाडौँ), रश्मि रिमाल (काठमाडौँ), डा. बमबहादुर थापा जिताली (काठमाडौँ), चित्रा कोइराला (झापा), तुलसी पण्डित (बैतडी), नाज सिंह (सिरहा) र अमृता स्मृति (धादिङ)ले आ–आफ्ना कविता सुनाएका थिए ।
यसै गरी भारतबाट नारायण होमगाईं, क्यानडाबाट सुरेन उप्रेती, जापानबाट विन्दा पराजुली बराल, अष्ट्रेलियाबाट गणेश घिमिरे, अमेरिकाबाट गोवद्र्धन पूजा, मोहन सिटौला, नम्रता गुरागाईं, डा. मधु माधुर्य, पदम विश्वकर्मा, विमला निरौला, खेम खनाल, दीपक मुडवरी, प्रभा पोखरेल, रसियाबाट गोविन्द गौतम, बेलायतबाट दुष्यन्त भट्टराईका साथै म्यानमारबाट टेकनारायण रिमाल ‘कौशिक’ले कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञसभाका सदस्यहरूका साथै काव्य विभागका पूर्व प्रमुख डा। अमर गिरी, प्राज्ञपरिषद् पूर्व सदस्य नर्मदेश्वरी सत्याल, अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला लगायतका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीरकण प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए। कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, योजना तथा कार्यक्रम महाशाखाका रञ्जन घिमिरेकोे प्राविधिक संयोजन रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्चको २१ का दिनदेखि विश्व कविता दिवस मनाउन थालिएको हो ।