३१ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

३० मार्च मंगलबारका दिन चीनको नेशनल पिपुल्स कंग्रेस स्ट्यान्डिङ कमिटीले हङकङको निर्वाचन प्रणालीको पुनर्संरचना संबंधी विधेयकलाई अन्ततः  अनुमोदन गरयो। जसलाई राष्ट्रपति सि जिङ्पिङले हस्ताक्षर गरि अंगिकरण प्रक्रियालाई पनि पूरा गरेको थियोे ।

संशोधित हङकङको मिनि संविधानको  अनुसूची १ हङकङको कार्यकारी प्रमुख चुन्ने प्रक्रियासंग संबंधित छ भने अनुसूची २ लेजिस्लेटिव काउन्सिलको गठन र यसको चुनावी कार्यविधिसंग संबंधित छ।

लीजिस्लेटिव काउन्सिलमा प्रत्यक्ष निर्वाचनबाट आउने सिट संख्या पहिला ३५ थियो भने अहिले घटाएर २० बनाइएको छ।

यो चुनावी पुनर्संरचना विधेयकको पक्षमा नेशनल पिपुल्स कंग्रेस स्ट्यान्डिङ कमिटीका १६७ सदस्यले मत हालेका थिए भने विपक्षमा शुन्य मत खसेको थियो ।

स्ट्यान्डिङ कमिटीका हङकङ प्रतिनिधि टाम यिउ-चुङले हङकङको मिनि संविधान अर्थात बेसिक लको अनुसूची १ र अनुसूची २  को संशोधन अनुमोदित भएको कुरा बताए । यो संशोधनले इलेक्सन कमिटीलाई लेजिस्लेटिव काउन्सिलमा थप ४० जना सदस्य चुन्ने अधिकार दिएकोछ।

प्रत्यक्ष निर्वाचन क्षेत्रलाई ३५ बाट  घटाएर २० बनाइएको छ भने वृतिमुलक क्षेत्रबाट चुनिएर आउनेको सिट संख्या ३० मा सिमित गरिएको छ। लेजिस्लेटिव काउन्सिलको कुल सदस्य संख्या ७० बाट बढाएर ९० पुर्याइएकोछ।

जिल्ला परिषदका सदस्यहरु इलेक्सन कमिटीमा समेटिने छैनन्  टामले भने।

अब उप्रान्त भविस्यमा हङकङको चुनावमा सहभागी हुन चाहने उमेदवारले  पृष्ठभुमि जाँचमा उत्तीर्ण हुनु पर्नेछ । प्रहरीको मातहतमा रहेको राष्ट्रिय सुरक्षा बिभाग र राष्ट्रिय सुरक्षा ऐन संरक्षक समितिले संबंधित उमेदवारको पृष्ठभुमि जाँच गर्दछ।

कार्यकारी प्रमुखको अध्यक्षतामा रहेको उक्त सुरक्षा बिभाग र संरक्षक  समितिले उमेदवारहरु “राष्ट्रियबादी” को परिभाषाभित्र परे नपरेको कुरालाई सुक्ष्म ढंगले अध्ययन गर्दछ टामले भने।
” तत उमेदवारहरुले हङकङको संबिधानलाई समर्थन गर्छन् कि गर्दैनन् र हङकङ सारप्रति  निष्ठावान  छन कि छैनन्  भन्ने कुरा उक्त समितिले  खुट्याउदछ्न।” उनले भने।

उक्त प्रथम चरणको  जाचमा उत्तीर्ण भएका  उमेदवारले चुनावमा लड्न पाउछन् कि पाउदैनन् भन्ने कुराको अन्तिम  छिनोफानो त्यसपछि योग्यता निरुपण समितिले गर्दछ।

राष्ट्रिय सुरक्षा बिभाग र योग्यता निरुपण समितिले उनीहरुको उमेदवारिलाई सदर गरेपछि इलेक्सन कमिटीले समेत मनोनयन गर्नु पर्दछ।

हङकङलाई ध्वस्त पार्न चाहने मानिसलाई यो भुमिको राजनीतिक व्यवस्थाबाट टाढा राख्नको लागि यो नयाँ प्रणालीको सख्त खाचो थियोे टामले जोड दिदै भने।

तपाईको प्रतिक्रिया