रमेश के.सी.


दलाई लामा अहिले भारतको अरुणान्चल प्रदेशदेखि कश्मीर सम्म मुख्यरुपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात महाखेलका मुख्य खेलाडी हुन । आुधनिक कालखण्डमा तिब्बत विशेष गरेर सन १९५९ मा दलाईलामाले छोडेपछि यस खेलको केन्द्रमा रहे ।

विशेष गरेर चीन , भारत र अमेरिका बीच चलिरहेको यस खेलमा अध्याधिक रुपमा तिब्बती मूलका मानिसहरु रहेको भुटान, सिक्किम, नेपाल र स्वयं तिब्बत पर्दछ । १३ वर्षको उमेरमा तिब्बतका राजा तथा गेलुक्पा समुदायका धार्मिक नेताका रुपमा अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा भारतको असम राज्यको तेजपुरमा शरणार्थीको रुपमा उनि आएका थिए ।

भारतका तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले उनलाई शरण दिए, जसबाट चीन रीसायो । यस अघि दलाई लामाले सन १९५१ मा बेइजीङमा तिब्बतको शान्तिपुर्ण भुमिका लागि चिनीया सरकारसँग सम्झौता गरेका थिए जसबाट तिब्बतमाथि चिनको संप्रभुता कायम छ भन्ने देखिन्छ ।

तत्कालिन भारतका लागि अमेरिकी राजदुतले सो सम्झौता दवावमा भएको भन्ने बक्तव्य दिए । अमेरिकाको सिआइएले दलाई लामालाई भाग्न सहयोग गरेको कुरा भारतिय विदेश मामलाका जानकार तथा कुटनीतिज्ञ फुन्चोक स्टोबडानले बताएका छन । उनको हालै प्रकाशित पुस्तक “दि ग्रेट गेम इन द बुद्धिष्ट हिमालय” मा विशेष गरेर तीब्बत मामलामा भारत, चीन, अमेरिकाको रणनीतिक प्रभूत्वका लागि हुने प्रतिस्पर्धाको चित्रण गरेका छन ।

दलाई लामालाई भारतले शरण दिए पनि नेहरुले एक चीनको नीति अंगालेका कारण अमेरिकाले पनि औपचारिक रुपमा एक चीनको नीति अंगालेको छ ।

आखिरमा तिब्बत प्रश्न के हो ? जो यति पेचीलो छ कि जसका बारे चीन अत्यन्त संवेदनशील छ । भारतमा दलाई लामालाई धार्मिक गतिविधि मात्र गर्न दिने शर्तमा राखिएको छ । तर दलाई लामाले निर्वासीत सरकार चलाई राखेका छन ।

अमेरिकाले तिब्बत मामला विशेष गरेर धार्मिक स्वतन्त्रता र मानव अधिकारको प्रश्न उठाउने गरेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो सपथ ग्रहण समारोहमा निर्वासीत सरकारका प्रधानमन्त्री लोभसाङ्ग साङ्गेलाई बोलाइ चीनसँग सीमा विवाद रहेको अरुणान्चल प्रदेशको थवाङमा दलाई लामालाई भ्रमण गराए ।

दलाई लामा मात्र होइन १७औ कर्मापा उर्गेन थीन्ले दोर्जीले पनि थवाङ भ्रमण गरे । छैटौं दलाई लामा जन्मिएको अरुणान्चल प्रदेश सम्पुर्णलाई चीनले दक्षिण तिब्बत भनी आफ्नो दावी गर्दै आएको छ । तर भारतले ब्रिटीश इन्डियाले कोरेको सीमा म्याकमोहन लाइन लाई दावि गर्दै आएको छ ।

यसरी हिमालयको महाखेल भारत चीन सीमा विवाद सम्म तानिन्छ । अरुणान्चल प्रदेशमा भारतले केहि छुट दिए भारत चीनको सीमा विवादमा चीनले सोच्ने कुरा प्रकाशमा आईसकेको छ । तर दुई वर्ष अघि चीनको उहानमा नरेन्द्र मोदी र सी जीङपीङ बिचको वार्तापछि भारतले तिब्बत कार्ड खेल्नबाट पछि हटेको छ ।

यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई आफ्नो अफिसमा बोलाएर सम्झाएको थिए जसबाट दलाई लामा गम्भीर र बिचलित भएको उनका भाई नेग्री रीम्पोचेले बताएको कुरा लेखक स्टोबडाने पुस्तकमा उल्लेख गरेका छन।

वास्तवमा हिमालयमा महाखेल ब्रीटिश इन्डियाले तात्कालिन रुसको खेल विरुद्ध खेलेको थिए । ब्रिटीस इन्डिया हिमालय बारेमा पनि खेल खेल्न सकिन्छ भन्ने विश्वास गर्दथ्यो । जसका लागि सन १९०१ मा उसले ब्रिटिस अधिकारी योङ हस्व्याण्डको नेतृत्वमा तिब्बत मीसन पठाएको थियो । जहाँ युद्ध भयो ।

यहि ब्रीटीश इन्डियाको खेललाई सन १९४७ पछि भारतले उत्तराधिकारीको रुपमा लिएको हो । जुन अहिले वर्तमान दलाई लामाको निधनपछि हुने १५औ दलाई लामाको चयनमा केन्द्रित दखिन्छ ।

वर्तमान दलाई लामा आफ्नो पुनर्जन्म वर्तमान चीनको भूभाग भन्दा बाहिर हुने बताएकाछन । यसर्थ हिमालय क्षेत्रमा उनको पुनर्जन्म हुनेछ । अमेरिका, तिब्बत प्रश्नलाई जिवितै राख्न चाहन्छ । हुन त डोनाल्ड ट्रम्प राष्ट्रपति बनेदेखि दलाई लामाले भेटने कार्यक्रम रोकिएको छ । उनि अमेरिकी विदेशनीतिको प्रजातन्त्र र मानव अधिकारको प्रश्नबारे रुचि त्यति नराख्ने भएकोले तिब्बत मामलामा ट्रम्प प्रसाशनले केहि गर्न सकेको छैन ।

तिब्बतको स्वतन्त्रताको प्रश्नलाई लिएर ७० को दशकमा अमेरिकाले तिब्बती गुरील्लाहरुलाई प्रशिक्षण र हातहतियार उपलब्ध गराएको थियो । नेपालको मुस्ताङ पनि यो गुरील्ला द्वन्दको चपेटामा परयो तर १९७२ मा अमेरिकी राष्ट्रपती रिचर्ड निक्शनले चीनसँग सम्बन्ध सुधारे पछि यो क्रम रोकियो । तर अमेरिका अझ पनि तिब्बत र ताइवान जस्ता समस्याहरुबाट चीनलाई सताउन सकिन्छ भन्ने विश्वास लिन्छ । र उ यस मामलामा अप्रत्यक्ष रुपमा संलग्न हुने गर्छ।

तिब्बत प्रश्न हिमालयमा कसको रणनीतिक प्रभुत्व हुने हो भन्ने विषय हो । चीन दलाई लामाको निधनपछि आफ्नो दलाई लामालाई अविस्कार गर्न चाहन्छ । वर्तमान दलाई लामा बेलाबेला आफ्नो साथीको छोरा भेटन जान्छ भनेर दग्यांउछन । वर्तमान चीनका राष्ट्रपति सी जीङपीङका पीता जो कम्यूनिष्ट नेता थिए उनिसँग दलाई लामाको चिनजान थियो । दलाई लामाले तिब्बतको स्वतन्त्रता भन्दा स्वायत्तताको कुरा उठाई रहेछन ।

तर चीन भने दलाई लामासँग वार्ता भन्दा उनको मृत्युलाई कुरेर बसीरहेको छ । वर्तमान ८३ वर्षीय दलाई लामाको निधन पश्चात तिब्बत प्रश्नमा अरु दलाई लामाहरु प्रभावकारी हुन सक्दैनन । वर्तमान दलाई लामा इतिहाँसका साक्षी हुन । बाहिरी संसारमा आएर नोबेल शान्ति पुरस्कार सम्म पाए ।

एक अमेरिकी लेखकका अनुसार वर्तमान दलाई लामाले संसारलाई जिते तर चीनसँग हारिरहेका छन भनेर टिप्पणी गरेका छन । हिमालयमा दलाई लामा गेलुक्पा सम्प्रदायका नेता हुन । तर यहाँ प्रभावशाली ङिङमापा, कग्र्युपा र साक्यपा सम्प्रदायहरु पनि छन । यहि क्रममा १६औ कर्मपाको दुईवटा पुनर्जन्म भए पछि १७औ दुई कर्मापा थाए दोर्जी र उर्गेन दोर्जीको धार्मिक राजनीति पनि हिमालय महाखेलसँग जोडिन्छ ।

दुवै कर्मापाले फ्रान्समा भेटी आ–आफ्नो प्रतिस्पर्धा भन्दा पनि सम्प्रदायको बारेमा सोच्नु पर्ने बताएँदै आएका छन । तिब्बतबाट भागेर आएका उर्गेन दोर्जीलाई चिनिया सरकार र दलाई लामाको समर्थन छ । दलाई लामाले आफ्नो निधनपछि कर्मापाको भुमीका महत्वपूर्ण हुने बताउदै आएका छन ।

हिमालय क्षेत्रमा अत्यन्त धेरै प्रभाव रहेको कग्रयूपा सम्प्रदायका यी दुई नेताको कदमले पनि महाखेलमा प्रभाव पार्नेछ । यो हिमालय क्षेत्रमा रहेको तिब्बती बौद्धहरुका आन्तरिक समुदाय द्वन्द पनि हो । भुटान कग्र्यूपा सम्प्रदायलाई मान्ने राज्य हो । लेखकले हिमालयको महाखेलमा सन १९९० मा भुटानबाट खेदीएका १ लाख नेपाली मूलका मानिसहरुको बारेमा केहि उल्लेख गरेका छैनन । जुन हिमालय भित्रकै राजनीति थियो ।

दलाई लामालाई चिनीया सम्राटहरुको स्विकृती र संरक्षणमा तिब्बतमा शासनको प्राधिकार दिएको कुरा उल्लेख गर्दै लेखकले तिब्बत प्रश्नमा दलाई लामा संस्था मात्र पुर्ण नहुने बताउँछन । भारतको समकालिन तिब्बत निती अमेरिकाहरुले “हाइज्याक” गरेको बताउँछन ऊनी । वर्तमानमा तिब्बत प्रश्नमा अमेरिकी संलग्नता बढदै गएको तर भारतसँग ब्रिटीश इन्डिया जत्तिको पनि हिमालय रणनीति नभएको टिप्पणी गर्दछन ।

सन ९० मा सोभीयत संघको विघटनबाट त्यस्तै परिवर्तन चीनमा आउने आसा राखेका थिए दलाई लामाले । जुन तिब्बत प्रश्नमा आफ्नो अनुकुल हुनसक्ने अनुमान थियो । पछिका अमेरिकी प्रशासनले मानव अधिकार र प्रजतन्त्रमा जोड दिएकोले पनि उनि उत्साहित थिए । तर त्यस्तो भएन ।

तिब्बत प्रश्न ऐतिहासीक सम्बन्ध दलाई लामा संस्थाको चीनसँगको अन्योन्यासश्रीत सम्बन्ध र भूरणनीतिक हिसाबले मंगोलीयाको बौद्ध धर्मसँग दलाई लामाको सम्बन्धसँग पनि जोडिएको छ । यसर्थ आज हिमालयमा व्यापक परिवर्तन आएको छ । विशेष गरेर चिन र भारत बिचको सिमा विवाद, व्यापार सम्बन्ध र सुरक्षाको प्रश्नसँग यो जोडिएको छ ।

आज भन्दा ७० वर्ष अघि हिमालयमा चार राजतन्त्रहरु थिए । तिब्बत, नेपाल, सिक्किम र भुटान । यी चार राष्ट्रहरुमा धर्मलाई पहिचान बनाउने राजाहरु थिए । तिब्बत १९५९ मा चीनमा समाहित भयो । सिक्किम जनमत संग्रह मार्फत सन १९७५ मा भारतमा गाभीयो । नेपाल हिन्दु राजाको शासन अन्त्य गरेर गणतन्त्रमा प्रवेश गरयो । आज भुटानमा मात्र हिमाली तिब्बती बौद्ध धर्ममा आधारित राजतन्त्र छ । यसर्थ यी चार राजतन्त्रहरु भध्ये एक दलाई लामाको शासन तिब्बतमा फर्कने कुनै संभावना अहिले देखापर्दैन ।

शक्तिशाली हुदै गएको चीन यो प्रश्नलाई आफ्नै ढंङ्गले व्यवहार गर्न चाहन्छ । आज चीन र भारत मिलेर बौद्ध धर्मको संरक्षण विस्तारको योजना ल्याई रहदा हिमालयमा महाखेल अझै सकिएको छैन । ब्रिटीस इन्डिया सम्पुर्ण हिमालयलाई बफर भूमी सम्झन्थ्यो । तर सन् १९६२ को भारत चीन युद्ध पछि हिमालय क्षेत्र तनावग्रस्त बन्यो । अहिले भारत र चीन सम्बन्ध सुधारको क्रममा रहे पनि हिमालय क्षेत्र दुवै राष्ट्रको राष्ट्रिय सुरक्षा र भू–राजनीतिमा प्रमुख रुपले खेल मैदान भने बनेकै छ ।

तपाईको प्रतिक्रिया