स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरे पनि कार्यान्वयन भइसकेको छैन । कोरोनाको जोखिमलाई ध्यानमा राखी काठमाडौँ विश्वविद्यालयले हिजोदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । १५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडौं विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ बैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने प्रवक्ता इकुमाया पुनले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयले भने यस विषयमा कुनै निर्णय गरिनसकेको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । भौतिक उपस्थितिमै विभिन्न कार्यक्रम अन्तर्गतको अन्तिम परीक्षा र पढाई पनि भइरहेको बताउँदै उहाँले पढाई र परीक्षा स्थगित गर्ने वा अनलाईनमार्फत सञ्चालन गर्ने भन्ने विषयमा छलफल नै नभएको बताउनुभयो । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले बैशाखको ५ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु गर्ने तयारी गरे पनि कोरोना सङ्क्रमण बढेसँगै अन्योलता बढेको जनाएको छ । ३० हजारभन्दा बढी विद्यार्थी भर्ना लिएको विश्वविद्यालय स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कक्षा सञ्चालन गर्ने योजनामा रहेको उपकुलपति डा. अम्बराज जोशीले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले कुनै पनि निर्देशन दिइनसकेको बताउँदे उहाँले परिस्थिति अनुसार निर्णय गरेर अघि बढ्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि शैक्षिक संस्था बन्द गर्ने विषयमा निर्णय भइनसकेको जनाएको छ । सीसीएमसीको बैठकले गरेको निर्णयलाई मन्त्रालयले कार्यान्वयन गर्ने सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग...
विपिसँगको त्यो भेट र कविता वाचन सधैँ स्मरणमा रहने छ – भुवन ढुङ्गाना
व्यक्तीत्व – विमला तुम्खेवा तीसको दशकको शक्तीशाली लेखक कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गानाको जन्म बि...
साताको तीन कविता – कवि प्रकाश दिप्साली राई
२०४० सालमा बराहक्षेत्र ३ मा जन्मनु भएको कवि प्रकाश दिप्साली राई विमल स्मृति राष्ट्रिय कविता महोत्सव २०७० र राष्ट्रिय कवि...
युवा पलायनको पीडामा गोविन्द गौतमको ‘भिसा हातैमा ’ ( भिडियो )
काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोश...
गुरुङ (तमु) सोसाइटी अमेरिकाले मनायो ल्होछार
न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु जातिको महान पर्व ल्होछार २०८१ विभिन्न सांस्कृतिक कार्यक्रम गरी ...
समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक
काठमाण्डौं । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द र...