१० जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले केहि समय अगाडि खोप अभियानलाई  कम भन्दा कम उमेरका मानिस सम्म पुरयाउने घोषणा गरेको थियो । यस्को निमित्त चीन र जर्मनीको सहकार्यमा उत्पादित बायोएन्टेक कोमिनार्टी खोपलाई प्रयोग गर्ने तयारी भइरहेको थियो । यो खोप १२ वर्ष पुगेका बालबालिकाले लगाउन मिल्ने बनाएर स्कुलका बच्चा सम्म पुरयाउने योजनामाथि गृहकार्य भैरहेको थियो ।

जुन १० तारीखका दिन उपलब्ध स्रोतअनुसार जुन ११ तारीखबाट स्कुलका विद्यार्थीहरुले खोप बुकिङ गर्न सक्ने कुरा सरकारले बताएकोछ। र जुन १४ तारीखका  दिनदेखि  खोप दिन शुरु गरिनेछ।

जनकल्याण मन्त्री पेट्रीक निप जुन १० तारीख दिउसो ३ बजेको पत्रकार संमेलनमा तीन तरिकाबाट स्कुल चिल्ड्रेनलाइ खोप दिन सकिने कुरा खुलाएकाछ्न।

एक – खोप परियोजनासँग संबंधित वेबसाईटमा गएर अन्लाईन बुकिङ गर्न सकिनेछ। (www.covidvaccine.gov.hk) । जुन ११  तारीख बिहान ९ बजेबाट अन्लाईन बुकिङ खोलिनेछ।

दोस्रो – सामुदायिक खोप केन्द्रमा विद्यार्थीलाई ल्याउने र लाने सुबिधासहितको विशेष व्यवस्था अन्तर्गत कोटा बुकिङ गरेर विद्यार्थीहरुलाइ सोझै खोप केन्द्रमा लान सकिन्छ ।

तेस्रो – विस्तारित स्वरुपको  खोप सेवा व्यवस्थापन अन्तर्गत सरकारले स्कुलमा स्टाफहरु पठाएर विद्यार्थीलाई खोप दिन सक्नेछ। यो सेवा संभवत जुन २८ तारीख बाट सुरु हुनेछ।

निपले खोप लगाउन जाने विद्यार्थीले अभिभावकको मन्जुरी फारम नबिर्सी आफुसंग लानु पर्ने कुरा  स्मरण गराए र उक्त फारम सरकारको वेबसाईटबाट डाउनलोड गर्न सकिने जानकारी दिए।

सरकारले शिक्षक, विद्यार्थी र अभिभावकलाई खोप सेन्टर सम्म जान स्कुल बसको प्रबन्ध गर्ने भएकोछ। यो यातायात सेवा संभवत जुन २१ तारीखबाट सुरु हुनेछ।

निपले जानकारी दिए अनुसार १२ देखि १५ वर्षका बालबालिकाले जुन ११ तारीखबाट भ्याक्सिन बुक गर्न सक्नेछ्न र हङकङमा संचालित २४ वटा भ्याक्सिन सेन्टर मध्ये कुनैमा पनि आउने सोमबार अर्थात १४ तारीख उप्रान्त जान सक्नेछ्न।

हङकङ १२ देखि १५ वर्ष भित्रको जनसंख्या २,४०,००० जति छ्न। यो संख्या समेत थप्दा हङकङमा भ्याक्सिन लाउन योग्य मानिसको जनसंख्या ६८ लाख २० हजार जति पुग्दछ उनले भने।

तपाईको प्रतिक्रिया