- क्रान्ति सुब्बा

हङकङ । आगलागीबाट प्रभावित वाङ फुक कोर्ट साफसफाइको दोस्रो चरण समाप्त भएको जानकारी प्रहरी आयुक्त जो चउले डिसेम्बर ९ तारीख मंगलबारको प्रेस मिटिङमा दिएका थिए । आवास विभागसंगको समन्वयमा प्रभावित भवनहरू वरिपरिका सबै आगो लागेको बेला भत्किएका मचान(बेम्बो स्काफोल्डिङ)हरु सोही हप्ता सफा गरिएको थियो । सफाईको क्रममा एक शंकास्पद मानव हड्डी फेला परेको थियो। उक्त हड्डी मानव अवशेष,जनावरको हड्डी वा पहिले कै पीडितहरूको अंश हो भन्ने कुरा जाच्नको लागि फोरेन्सिक ल्याब पठाइएको थियो ।
अग्नि सेवा विभागले प्रभावित सात भवनहरूको लिफ्ट शाफ्टबाट पानी पम्प गरेका थिए र यस क्रममा थप शवहरू फेला नपरेको रिपोर्ट पनि गरेका थिए ।

प्रहरीले अवशेषहरूको फोरेन्सिक टेस्ट जारी राख्ने क्रममा पहिले संकलन गरिएको एक सेट डिएनएलाई पुन परिक्षण गर्दा त्यहाँ दुई जना व्यक्तिको डिएनए भएको पुष्टि भएको थियो । त्यो डिएनए एक वृद्ध महिला र उनको घरेलु कामदारको रहेकोे थियो । शरीरका विभिन्न अंगहरूबाट लिइएका नमूनाहरूको परिक्षण पछि एक जनाको भनेर मानिएको डिएनए दुई जनाको रहेको थाहा भयो । वृद्ध महिलाको आफन्त र डोमेस्टिक हेल्परको हङकङमा रहेका परिवारले दिएको नमुनाको परिक्षण पश्चात् डिएनएको पहिचान पुष्टि भएको हो। यस मानेमा आगलागीबाट ज्यान गुमाउनेको आधिकारिक मृत्यु संख्या १६० पुगेको छ।

जुम्ल्याहा दिदीबहिनी जो अन्तिम पटक वाङ ताइ हाउसको रुफमा देखिएका थिए

यसअघि ३१ जनाको अवस्था अझै बेपत्ता रहेको रिपोर्ट गरिएको थियो। तर क्याजुअल्टी इन्क्वायरी सेन्टरले थप जाँच गरेपछि २४ जनाको अवस्था पुष्टि भएको छ। जसमध्ये १२ जनाको अवस्था सुरक्षित रहेकोे छ। दुई जना हङकङ बाहिर बस्छन् । दुई जना कहिल्यै वाङ फुक कोर्टका बासिन्दा थिएनन्। एक जना पहिले नै केयर होममा सरेका थिए। एक जना सुधार सेवा हिरासतमा छन् । चार जनाको आगलागी हुनुभन्दा अगाडि नै मृत्यु भएको थियो। आगो लाग्नु भन्दा तीन महिनादेखि ११ वर्ष पहिलेको अवधिमा उनीहरुको मृत्यु भैसकेको कुरा उनीहरुको आफन्तहरूलाई समेत थाहा थिएन। उनीहरूको बारेमा बुझ्न उनीहरुको आफन्तले हटलाइनमा सम्पर्क गरेका थिए । र आठ जना चाहिँ आगलागीबाट मृत्यु भएका कुल १६० जना भित्र नै परेको पुष्टि भएको छ। यस हिसाबले हेर्दा डिएनए टेस्टबाट पत्ता लागेको नयाँ शब घटाउदा अब बेपत्ता हुने सुचीमा केवल छ जना रहेको अवस्था छ।

प्रहरी आयुक्त जो चउले बेपत्ता अवस्थामा रहेका छ जनाको परिवारलाई आफुसँग भएको जानकारी दिन अधिकारीहरु प्रयासरत भएको बताए । तेस्रो चरणको अपरेसन अन्तर्गत प्रभावित सात ब्लकहरूको बाहिरी मचान र जालीमा केन्द्रित हुने उनले जानकारी दिए । अवशेषहरू खोज्न ड्रोनहरू पहिले देखि नै प्रयोग गरिएदै आइएकोछ। अब उसो आवास विभागसँग मिलेर अधिकारीहरूले थप शव वा कंकालको खोजी गर्न बिल्डिङमा लगाइएका बाकी जाली र मचानहरू हटाउनेछन्।

१६० जना मृतकहरूको पहिचान खुट्याउन फोरेन्सिक टोली लागी परेका छन । डीएनए तथा औंठाछाप विश्लेषण मार्फत १२० जनाको पहिचान पुष्टि भैसकेको छ भने ४० जनाको पहिचान हुन बाँकी छ। घटनास्थलमा भेटिएका जति पनि शंकास्पद मानव अवशेषहरू छन् तीनको डीएनए तसल्ली गर्ने काम जारी रहनेछ।
विगत पन्ध्र दिनमा प्रहरी र एसपीसीए( The Society for the Prevention of Cruelty to Animals) ले जिवित रहेका घरपालुवा जनावर र तिनको अवशेषहरूको खोजी पनि जारी राखेका थिए । जसबाट छ वटा बिराला, छ वटा कछुवा, एउटा सरीसृप र केही माछा फेला पारिएका छन्। यथासंभब एसपीसीएसँगको समन्वयमा खोजी जारी रहनेछ।

ज्याकी ली ,वर्ष ४३, फायर फाइटरले बचाइदिएको १५ वर्षको कुकुरसंग

गत हप्ता हटलाइन खोलिएदेखि यता ७९ जना सर्वसाधारणले अनुसन्धानमा सहयोग गर्न ५२० तस्बिर र ४१२ भिडियोहरू बुझाएका छन्। आगलागीसँग सम्बन्धित थप एउटा स्क्याम केस दर्ता भएको छ। आगलागीको नाममा ठगी गर्ने २२ जना मध्ये हालसम्म दुई जना पक्राउ परेका छन्। प्रहरीले बाँकी संदिग्धहरूलाई पत्ता लगाउन प्रयास तीव्र पार्नेछ।

चउले अगाडि भने – आगलागीबाट अछुतो रहेको एक मात्र ब्लक हो वाङ ची हाउस। धेरैजसो बासिन्दाहरूले यस ब्लकमा आएर आफ्ना सामानहरू संकलन गरिसकेका छन्। आवास विभागसँग परामर्श गरेर अर्को चरणहरूमा बाहिरी मचान, जाली र पोलिस्टीरिन प्यानलहरू हटाउने कार्यक्रम समावेश गरिएको छ।
वरपरका क्षेत्रहरू पहुँचको लागि सुरक्षित भएको सुनिश्चित भएमा काम चाँडै सुरु हुने अपेक्षा गरिएको छ ।
अन्य सात टावरहरूको सन्दर्भमा संरचनात्मक मूल्याङ्कन भइरहेको छ। हालमा प्रहरीले बाहिरी मचान र जालीहरू हटाउदै छ्न। र आवास बिभागले निरीक्षण गरेपछि कामको गतिलाई अझ तिव्र तुल्याइने छ।

डीएनए मिलानको सन्दर्भमा हालैका दिनहरूमा १६२ जना आफन्तहरूबाट नमूनाहरू लिइएको छ। नमुना सङ्कलनलाई गति दिन एपोइन्टमेन्ट लिने सामुदायिक हल र अन्य स्थानहरूको संख्या बढाइएको छ। सरकारी प्रयोगशाला र फोरेन्सिक रोग विशेषज्ञहरू अहिले यथाशीघ्र डिएनएको रिजल्ट ल्याउन प्राथमिकताका साथ लागेका छन्। फलस्वरूप सामान्यतया दुई देखि तीन हप्ता लाग्ने कामलाई एकै हप्तामा फत्ते गरेका छ्न। एक हप्ता भित्र लगभग १४० वटा पहिचान पुष्टि गर्न सफल भएका छ्न । अधिकारीहरूले परिवारको हितमा प्रक्रियालाई छिटो बनाउन र सकेसम्म चाँडो नतिजा प्रदान गर्न सबैभन्दा सुविधाजनक विधिहरू अपनाउन लागि पर्नेछन् ।

तपाईको प्रतिक्रिया