मुना राज शेर्मा
यात्रा संस्मरण

पुलामी डाँडाको अस्तित्व सन १९७० मा दामोदर पाण्डेको नेतृत्वमा गोर्खा सैनिक सिक्किम हानेर फिरे पछि टिस्टामा तरवार खुकुरी खुँडा पखालेर नेपाल छिर्यो तेहि समूहको एक पुलामी मगर सेना सिद्ध सिंह पुलामी मगरको पुर्खा पूर्वमै रोकियो सुरुमा इङ्ला जमुना माबुमा बसे अरु सेना पनि कतै छरिए वा राजधानी फिरे होलान् । उनै सिद्ध सिंह १९५० मा पुलामी डाँडा आएर ढालफाँण गरि बसोबास गरि बसे ।
सिद्ध सिंहकै पुस्ताहरु रघुबिर ,चन्द्र र लोक बहादुरको सन्तानको रुपमा मदन र दल बहादुर लगायत पाँच घर पुलामी मगर अहिले पुलामी डाँडामा बस्छन् । लिम्बू संस्कृतिकर्मी यासेली योङ्हाङ्कको धारणामा गोर्खा सेना लिम्बुवान काटेर पर गएकै छैन त्यता गएर लड्ने लिम्बुवान खम्बुवान सेना मात्रै हो । जे भए पनि यो खोज होला आशा गरौं तथ्य बाहिर आउला । गोर्खेमा गोर्खाली सेना सिक्किम हान्न जादा बसेकोले गोर्खे भयो । टिष्टामा खुडा पखाला ठाउँ नै छ । यी र यस्ता प्रसङ्ग र किस्साहरु पनि एक प्रमाण नै हो ? पुलामी डाँडा ९१८ मिटर अग्लो डाँडा हो । यहाँ पुलामी होम्स्टे घरवासबाट पाँच मिनटको हिडाइमा पुग्न सकिन्छ । अमृसो र सखुवाको बाक्लो जङ्गलले ढाकेको यो डाँडालाई हाँगा छिमलेर अमृसो मासेर सानो एकतले फलामको मन्च निर्माण गरेर सूर्योदय र सूर्यास्त अवलोकनको लागि सहज बनाउन सकिन्छ । पुलामी डाँडा छेउछाउ बहुमुल्य पत्थरको खानी रहेको कुरा प्रसिद्ध सन्चारकर्मी चन्द्र भण्डारीको धारणा छ । कुनै समयमा अवैध उत्खनन गर्न लागेको समयमा उत्खनन गर्नबाट रोकेको कुरा बाहिर आएको छ । पुलामी डाँडामा सखुवाको बोटलाई आधार मानेर मन्च बनाउन सके अनौठो अवलोकन घर बनाउन सकिन्छ । सूर्योदय देवानछाप डाँडाबाट पनि उत्तिकै मनमोहक देखिन्छ भन्ने बुझाई छ तर सडकको अवस्था दयनीय छ ।

प्रथम होमस्टे घरवास पाहुना
हामी दल बहादुर पुलामीको घरमा होमस्टे घरवास प्रथम पाहुना बस्न २०७७ मङ्सिर ७ गते तयार भयौं । रोङको इतिहासमा हाम्रो नाम दरियो ।आन्तरिक पर्यटन प्रवर्धन होमस्टे कार्यसमितिसँग हाम्रो सहकार्य पछि हामीले यो मिति तयार गरेका हौं । अध्यक्ष मदन पुलामीसँग सम्वाद भएको हो घरवास पाहुनाको लागि तर दल बहादुरको घर काठको पुरानो सांस्कृतिक घर भएकोले हाम्रो लागि आयोजकले त्यो घर चयन गर्यो । सुरुमा घरवास पाहुनाको रुपमा करिब एक दर्जन नाम छनोट गरिए पनि कारणवस हामी पाँच मनुवा मात्र दाखिला भयौं । घरवासे पाहुना एक म स्वयम् थिएँ । अरु मनुख्खे कविहरु अभागी थेगुवा बिवस बलिभद्र कोईराला थिए । अकवी अरु दुई मनुख्खेहरु टिभी पत्रकार उमानाथ भण्डारी र व्यवसायी लक्ष्मी ओझा थिए ।
साँझमा सनसेट हेर्ने गरि हामी पुगे पनि बाक्लो कुहिरोले सम्भव भएन । हामीलाई पुराउन आयोजक आएका थिए।प्रमोद खतिवडा उत्सव निरौला र शिवराज पौडेल।मेरो हातले राम्रो काम नगरेकोले मलाई आयोजकले घरवास सम्मै पुर्याएको थियो । साँझमा कोदोको लोकल रक्सी तात्तातो र छिप्पेको लोकल भालेको भुटुवा खुल्ला आकासको छत मुनि आगोको रापसँगै गफिदै लिनु अचम्मै गजब हुन्छ नै । चोइली भात गुन्द्रुकको अचार मासको दाल स्टिलको थाल गिलास सिलाभरे जग अनि दाउरामा पकाको लोकल भालेको झोल अर्गयानिक गाउँको आत्मालाई जिवित बनाउनु हो । हामीबाट कुनै कसर बाँकी भएन । गाई गोठ बाख्राको खोर, बाख्राको टाट्ना, घाँस खाई सकेको हाँगाबिगाको थुप्रो त्यसको अगेट, सागबारी नजिकै लालुपाते फुलेर बैँस फक्रीरहेको खुला आँगन, तोरिबारी,काठको पुरानो खुट्टे खाट, लामो अग्लो पुरानो कम सिपले बनेको रफटप टेबल,कुखुराको खोर, बारीमा घुमिरहेको कुखुराहरु, दम्भबिहिन अबोध घर मालिक, निश्चल अनुहार एउटा गाउँ हुनलाई काफी छ प्रमाणहरु ।

सङ्घीय साम्सद रामकार्कीको धारणामा होमस्टेको घरबेटी धेरै शान्त , कम बोल्ने आगन्तुक आफैले सम्वेदनाले महसुस गरोस् भन्ने चैतन्यको भए त्यो असली घरबास होमस्टे हो । धेरै जिब्रो फड्कार्ने त पुजीवादी व्यापारी हुन् । पर्यटकलाई हामीले हाम्रो उत्पादन बेच्ने अन्तर सिद्धान्त निर्माण गर्नुपर्छ । हाम्रो क्षेत्रमा फोहोर गरेर फिर्ने पर्यटक भन्दा हाम्रो प्राकृतिक सौदर्य नै ठिक छ । यसलाई भत्काईरहनु जरुरी छैन । पर्यटनको अर्थ ग्रामीण जनजीवनको आर्थिक सामाजिक र वैचारिक परिवर्तनको साथै पर्यावरणीय संरक्षण हो । स्थानीय निकाय र सरोकारवालाले यो तथ्यलाई आत्मसाथ गर्नु पर्छ । पर्यटनको नाममा हाम्रो पानीको मुहान फोहोर गर्ने प्रकृति माथि दोहोन गर्ने पर्यटनको उद्देश्य हुनु हुँदैन । यदि तेस्तो नियत भएमा त्यो साम्राज्यवादी नीति भन्दा खराव नीति हो ।

देवान राजाको गढी ः यो १८औं सदीको मुकुन्द सेनको मकवानपुरको राज्य अन्तर्गत रहेको कुनै संरक्षित राज्य हुन सक्छ । बहुवनको तरी, र त्यहाँको टुढिखेल , पहरा पोष्ट, ढकाल गौडा बुद्ध शान्ति पाँच आनन्द कोइरालाको घर छेउको देवान सैनिक चौकीबाट सुरु भएको देवान राजाको गढीको सिमाना देवानछाप चिसापानी हुँदै हाँसपोखरी डाँडा गिद्धे पहराको टुप्पो देउरालीमा टुङ्गिन्छ । बहुवनको टुडिखेल राजाको हात्ती सार हो भन्छन बृहस्पति खतिवडा । बहुवनको माथिल्लो भागमा पुरातात्तीक क्षेत्र रहेको तर हाल सडक खन्ने बहानामा स्काभेटर चलाएर भत्काउने काम भएको र संरचना बनाएको कुरा प्रती इतिहास मेट्ने र कृतिम पर्यटन भित्र्याउने काम असोभनीय अदुरदर्शी काम भएको चन्द्र भण्डारीको वैचारिकि छ । यो एरिया करिब १५ किलो मिटरको पदयात्रा मार्ग हो । देवान राजा नभएर कुनै सामन्त काजी पदवी हो । यो राय वा याक्थुङ लिम्बू लेप्चा कुनै स्थानीय साशकको गढी हुन सक्ने अनुमान भए पनि देवानछाप निवासी समाजसेवी स्वर्गीय भक्तमान सुनुवारका अनुसार देवान राजाको दरबार हाल देवानछापको कुमार साहिला सुनुवार बसोवास गरेको सम्म ठाउँ भतेरे भतेर खाने क्षेत्रमा थियो । देवान राजाले भोज भतेर लाउँने ठाउँ पछि गाउँलेले तत्कालीन रैतिले पनि भोज लाउँने ठाँउ नै हो भनिन्छ ।
हाल बसोवास गरिरहेको कुमार सुनुवारको घर नजिक रहेको थियो भन्ने किम्वदन्ती छ । देवान राजाको छाप त्यही वरिपरि रहेको ढुङ्गामा खोपिएको हुनाले देवानछाप नाम राखिएको जानिफकारहरु बताउछन् । स्थानीयले यो तथ्य बताए पछि र्बुजुक बौद्धिकहरुले चारैतिर ढुङ्गाको खोजी गरे तर पत्ता लागेन । माधव खतिवडा र दिपक गौतमको भनाई छ सायद कसैले उहिल्यै फोडि सकेको हुन सक्छ या दबिएको । उनको सात रानीहरुको चिहान ठुटेवर मुनि सति गौडामा र माथी देउरालीमा रहेको भन्ने छ । सति गौंडाले शान्तिनगरमा पनि सति प्रथा थियो भन्ने प्रमाणित हुन्छ । सति ढुङ्गा भनेर निकै अघि सम्म मानिन्थ्यो । सति जाँदा सतिले विलाप गरेर बसेको ढुङ्गा हुनसक्छ त्यो हाल पुरिएको वा फुटाईएको कारणले त्यो ढुङ्गा छैन । चिसापानीको डाँडा उनको घोडा परेड खेल्ने सैनिक निरीक्षण गर्ने स्थल हो भनिन्छ । देवान राजाको शरीर हेमान अग्लो भएको हुनसक्ने उनको लामो चिहानले बताउने स्थानीय वासिन्दाको धारणा छ । गडिगाउँ नाम नै यिनै देवान राजाको गढी भएकोले स्थापित भएको प्रमाण छ । चिसापानीको डाँडामा रातमा घुङगुरुको आवाज सहित घोडा हिड्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । हाल चिसापानीको थुम्कीको प्राकृतिक रुपमा रहेको देवान राजाको परेड स्थल अति आकर्षक मनमोहक र सुरम्य छ । प्रथम पटक पुग्ने जो कोहि यसको सौदर्यले मोहित हुन्छ । हाम्रो समुह त्यहाँ पुग्दा सुनसान मनोरम डाँडा स्वर्गको एक टुक्रा लाग्यो । पुरातात्त्विक प्राचीन ढुङ्गाहरुले भरिएको हात्तीको ढाड जस्तो दक्षिण तिर उठेको दुबै तिर चिसापानीको राई लेप्चाको गाउँ अलैची बगान सिरान देउरालीमा हाँसपोखरी जङ्गल देवान राजाको गढी, हल्लने ढुङ्गा जस्तो पुरातात्त्विक तथा प्राकृतिक स्थान छ । टिमाई खोलाको सिरको छाँगा गिद्दे पहरा जस्तो मिथकीय स्थान यस क्षेत्रको अर्को आकर्षक पक्ष हो । सोमनाथ पौडेलको अनुसार उनको पिताजीलाई स्थानीय राई महिलाले धेरै पहिले ठुलो अण्डा बोकेर ल्याएको उक्त अण्डा अजिङ्गरको भएको बताएको कहानी सुनाएका थिए रे ।

गिद्दे पहरा के हो त ?ः एउटा जिज्ञासा छ त्यहाँ देखिएको बिशाल पहरालाई नै गिद्दे पहरा भनिन्छ । त्यो पहरामा उहिल्यै गिद्द बस्थ्यो । हाल कुनै गिद्द छैन । किम्वदन्ती अनुसार पहिले धेरै वर्ष अघि त्यो पहरामा झर्ने छाँगामा ठूलो खड्कुडा झुण्डाइएको थियो । खड्कुडामा अजिङ्गर बेरिएर कुडुली मारेर बस्थ्यो । खड्कुडाको पानी पिउन चील गिद्द उडिरहन्थे । यो दृश्य पत्याउन गारो भए पनि गाउँमा व्याप्त कहानी हो एउटा जिवित मिथक । पैसठी बर्षे बूढो छिप्पट अग्लो झ्याम्म परेको लिचिको बोटहरु अहिले पनि उस्तै गरि उभिरहेछ शान्तिनगरमा । यो आन्तरिक पर्यटनको बिम्व हुन सक्छ । जुन खड्गबहादुर कार्कीले २०१० सालतिर रोपेका थिए । यति अग्लो पुरानो लिचीको रुख अरुतिर सायदै होला र ?
छावा झरना ः टिमाई खोलाको सिरमा गौंडाबाट हर्कटे निस्कने बाटोको छेउमा छावा झरना छ । टिमाई झर्ने हो भने जोर साँघु दुई वटा झोलुङे पुल टिमाई र ठोट्ने खोला दोभानमा छ । छावा झरनाको दुई तह छ हामी माथिल्लो झर्ना समेत हेर्न उक्लियौ । म दल बहादुर पुलामीको बाईकमा आएको थिएँ । त्यस ठाउँमा पुग्दा काका खसेको खबर आयो उनी फिरे । म कवि सरोजको राँगा गाडी २२० पल्सरमा फर्केँ । हामी गौडाबाट उकालो कच्ची सडकको बाटोबाट आएका थियौं । निकै साहासिक यात्रा थियो । झर्नामा पानी कम थियो । यो देवानछाप खानेपानीको मुहान पनि रहेछ । सुरजले भिडियो सुट गरे निकै रमाईलो भयो । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनु भन्दा अघि पर्यावरणलाई जोगाउनु आवश्यक छ हामीले गम्भीर भएर बहस ग¥यौं ।

राई जाति ः
चिसापानी एरिया बसोबास रहेको पुरानो बस्ती हो । थुलुङ ,सोङ्मेन, याक्खा, वान्तावा, वालिङ, चाम्लिङ ,साम्पाङ, कुलुङ, खाप्तुवा राईहरुको बसोवास छ । अलैची सागसब्जी अमृसो अदुवा उत्पादन गर्ने सांस्कृतिक थलो हो । मुख्य रुपमा सोङ्मेन वान्तावा खाप्तुवा अगुवा राईहरुको बसोबास छ । भोगटेको रक्सी बनाउने तरिका यहाँको पुर्खेउली पेसा हो । लोकल रक्सी ब्राण्डिङ्कको बहसको ग्राफ उच्च छ । वास्तवमा यो राज्यको आर्थीक उन्नतिको आधार हो हामीले बुझ्नु पर्छ । स्थानीय सरकारले यो तर्फ कदम चाले हुन्छ । मुस्ताङमा मार्फा अति लोकपृय छ त !
लेप्चा जाती ः लेप्चा जातिको उद्गम स्थल रोङ लेप्चा क्षेत्र सांस्कृतिक पुरातात्त्विक सामरिक क्षेत्र हुनुको साथै यो उनिहरुको किपटिया पुर्खेउली स्थल हो त्यस कारणले बिदेशी स्वदेशी अनुसन्धानकर्ताहरुको लागि पनि यो स्थल महत्वपूर्ण छ । यस बाहेक यो क्षेत्रमा मगर लिम्बू बाहुन क्षेत्री सुनुवार दलित आदि जातिय मिश्रित बसोबास छ ।

देवनछापमा एउटा जिवित आहान ः
धेरै पहिले सुनुवारहरुले राईको सामन्तलाई युद्धमा हराई लखेटेर चिसापानी देवान राजाको सैनिक परेड स्थलमा हत्या गरेकोले देवानछापमा राईहरुको बसोवास छैन भन्ने रहेछ । यो क्षेत्रमा मगरमा पुलामी बलम्पाकी क्याप्छाकी थापा सारु राना लिमेल आदि मगरहरुको बसोवास छ तथापी लस्पाली राईको बसोबास त्यसै क्षेत्रमा अद्यावधीक छ । फौदारी बहुला पिठाकोटे भाषाशाष्त्री महानन्द साप्कोटाको जन्म स्थान हो देवानछाप । नौमने कामी अजिब नाम हो । नौमने कामीको नाम बहुला पिठाकोटेसँग जोडिन्छ जस्तै नौमने कामी, नौ मानाको खाना खाने हुनाले उपनाम नौमने कामी भयो । अहिलेको बाह्रघरे नजिकको चौरीमा कोलको नल एक्लै बोकेर गाडेको कथा गाउँमा जिवितै छ । यो करिब पाँच कुइन्टल ज्यादा थियो होला । अहिले हो भने उनी विश्वको सर्वाधिक बलियो मानिस हुन सक्थे ।बहुला पिठाकोटेले घोडा जोडसँग कुदाएर ल्याउने नौमनेले अगाडीबाट काँध थापेर रोक्ने अजिब शक्ति प्रदर्सन गर्थे रे सुने अनुसार कुनैबेला फौदारी बहुला पिठाकोटे र पिउरेको पुलामीहरुको ठुटेवर मेलामा लडाइँ हुने भो पुलामीले छ महिना अघिदेखी तिघ्रामा तेल दलेर तयारी गरेछ । मेलामा पुलामीको ग्याङ पर्खेर बस्दा पिठाकोटे नआए पछि डरायो भनेछन् । तेतिनै खेर पिठाकोटे घोडामा आएछ । नओर्ली घोडाबाटै घुमेर तिनवटा वरको हाँगा मिलिक्कै कत्तिले काटेर झारेछ । पुलामीको ग्याङ सास न बास भएर भागेछ । शत्रु काटेर भाग्दा उकालोमा घोडा कुदेन भने ओर्लेर घोडा काट्ने र जिन खोलेर चरिरहेको अर्को घोडामा हालेर भाग्ने उग्ररूप बहुला पिठाकोटेमा थियो रे ।नक्सल जाँदा गाई काटेको देखेर मियालाई तीन टुक्रा पारेर फर्केको कथा पनि छ । सामन्तको खेत घर खलानबाट अन्न सामान लुटेर गरिबहरुलाई बाँड्ने अनौठो दुस्साहस थियो पिठाकोटेमा । मुखीया काजीमा अन्यायलाई पिटिकै नसहने प्रतिकार गरिहाल्ने अदम्य सहास थियो । त्यसकारण उनलाई डाका पनि भनिन्थ्यो सामन्तहरुबाट । गरिबहरुले औधी प्रेम गर्थे उनलाई नक्सल बजारमा मगर राईहरुले सुगुर किन्न पैसा डोमलाई बुझाए तर सुगुरको पाठा नदिई खेदाए यो कुरा पिठाकोटेलाई उजुर गर्दा अर्को हाट सँगै गए पाठा लिएर अरु फर्के। मेची खोला तरे भन्ने खबर भएपछी पैसाको जिम्मा लिएको पिठाकोटे घोडामा चढेर फाल्तोड हान्यो । हाढी र डुमहरुले खेदे तर भेटेनन लामो भगाई थकान र तनावले उनी घरमा पुगे तर खुन छादेर मरे तर डोमहरुले भेदेर मारेको हो भन्ने पछिसम्म हल्ला थियो ।
लित समुदायमा नौमने कामी पछि त्यो समयमा टेक बहादुर परियार नामुद सहनाई बादक थिए । उसको प्रसिद्वि र माग नेपालमा त थियो नै दार्जीलिङ्ग र खर्साङसम्म पनि थियो । चद्र भण्डारीका अनुसार पिउरेको पाखामुनि शङ्खरे पाखामा तामाको धाउ शङ्खर कामीले नै निकालेर तामाको भाँडाकुडा उत्पादन शान्तिनगरमा गर्थे । उनका सन्तान अहिले पनि छन् । चन्द्र भण्डारी गोठाला जाँदा आफुले त्यो धाउ टेक्दै हिडेको प्रमाण दिन्छन् उनि भन्छन् “लुतुतु निक्लिन्थ्यो” पछि चिनियाँ कम्पनीले अध्ययन गर्दा तामाको खानी चुरे पर्वतमा निकै परसम्म रहेको तथ्य बाहिर आएको हो तथापि उत्खनन भएको छैन ।

चुरे क्षेत्रको संरक्षण ः

पहाडको फेद चुरेको भौगोलिक अवस्थिती रहेकोले र तेस्रो प्रकारको छोटो नदीको मुहान पनि रहेको हुँदा पर्यावरणीय जोखीमको क्षेत्र पनि हो । दस किलोमिटर तल मधेश छ जहाँबाट गिटी बालुवा ढुङ्गा झिक्ने दोहोन गर्ने र पहाडलाई भत्काई रहने अवस्था छ । रोङको भुमी पनि जोखिममा छ । त्यसकारण स्काभेटर चलाएर सडक भवन बनाउने कार्य छिटो सजिलो भए पनि हाम्रो भूगोलको अनुकुल होइन । साम्सद कार्कीले यसो भनी रहदा पाँच वटा स्काभेटरले मुर्चुङ्गेमा पहाड फोडेर सडक बिस्तार गरिरहेको थियो । हल्लाले केही सुनिएन र मेसीन बन्द गरेर गोष्ठी सुचारु गरियो । नेपाली भाषा विकासको लागि भानुभक्तको रामायणले भन्दा दार्जीलिङ्गको कमानको नाइके सुपर भाइजर शिक्षक आरावाल मजदुरले बढी योगदान गरेको सत्यापन कार्कीले गरे । यो विश्लेषण नेपाली खस भाषाको उत्थानमा श्रमजिवीको के योगदान छ भन्ने प्रश्नको कमसेकम माक्सवादीय दृष्टिकोणले छिल्लो एक गरुङ्गो उत्तर होला ।
आदि मानिसहरु कविलाहरु नौका चलाउदा निस्कने एक प्रकारको छ्याप ( छ्याप एकीकृत ध्वनी )नै प्रारम्भिक सङ्गीत थियो । त्यो सामुहिक कोदालो कचिया चलाउदा पनि निर्माण हुन्छ । त्यही सङ्गित टिपेर गीत बन्यो । वेद गीतकै सङग्रह हो । त्यहा कुनै जात वर्णको कुरा छैन यी सब पछि बनाइएका कुरा हुन । साम्सद कार्की निकै भावुक र दार्शनिक भए ।


पर्यटन विकासको सम्भावित क्षेत्र एकिकृत बिकासको रोडम्याप ः

एकिकृत बिकास आजको आवश्यकता हो भन्ने स्थानीय प्रतिनिधीहरुको पनि उत्कट चाहना देखियो । धाराखोला जरेवर भिउटावर, पुलामी डाँडा सूर्योदय अवलोकन स्थल,देवान राजाको गढीको शृङ्खला, जोरसाँघु ,छावा झर्ना, राई मगर लेप्चा जातिय सांस्कृतिक अध्ययन केन्द्र,देवानछाप,भाषाशाष्त्री महानन्द सापकोटाको जन्मस्थल आदि विविध क्षेत्रको एकीकृत विकास र प्रवोधन गर्न सकिन्छ । सङ्घीय साम्सद राम कार्कीको अभिमत माथिको धेरै पक्षमा सहमती देखियो । पर्यावरण जिवित हुनु मुक्तिको उत्तम मार्ग हो उनको आसय थियो । यदि आफुलाई राज्यको नीति निर्माण गर्ने जिम्मेवारी दिए चुरेमा कुनै तेर्सो राजमार्ग नबनाई उत्तर दक्षिण सडक खन्ने र चुरेको फेदमा जलाशय निर्माण गर्ने सोच व्यक्त गरे जुन पहाडी जल चकृय सन्तुलनको लागि नितान्त आवश्यक रहेको कुरा सर्वबिदित छ । यो हुनु हो भने ग्रामीण पर्यटन पर्यावरणको स्थिति अदभूत र अकल्पनीय हुन्थ्यो।

काव्य गोष्ठीमा कविताको उत्तर ः
कविहरु अभागी थेगुवा बिवस बलिभद्र कोइराला सोमदत्त सोङ्मेनबाट वान्तावा भाषामा काव्य वाचन भयो । जन आन्दोलनले देखेको सपना किन पूरा भएन ? कविताले गरेको प्रश्नमा साम्सद कार्कीले क्रान्ति खुकुरीको धार हो जसले राजा फाले पछि राम्रो नछिनी खुकुरी बिसाइयो र हामी राजा झैं गजक्क पर्यौ राजाझैं अभिनय गर्यौ तर हामीले हाम्रो गणतान्त्रीक लोकतान्त्रिक शिक्षा ,अर्थ नीति,व्यवहार आचरण कानुन निर्माण गर्न सकेनौ र हाम्रो सपना पूरा भएन भन्ने बिचार व्यतm गरे । उल्लेखीत प्राकृतिक तथा मानव निर्मीत ऐतिहासिक सामरिक जैविक सांस्कृतिक पर्यावरणीय अस्तित्वले बुद्धशान्ति र रोङ गाउपालिका दुबैको पर्यटन भविष्यको सुनौलो घाम उदाउने निश्चित छ । यो सपनालाई वास्तविकतामा रुपान्तरण गर्न हरेक नागरिकको अहम र अनिवार्य कर्तव्य हुन जान्छ । सोच्नुहोस हामी असल पर्यटनको मार्गमा गेट सेट गो को अवस्थामा छौं अवस्य हाम्रो सपनाको घाम उदाउने छ ।

तपाईको प्रतिक्रिया