हङकङबासी थुलुङ राईहरूको संस्था थुलुङ (राई) सामाले संस्थापक तथा निवर्तमान अध्यक्ष रामली थुलुङ राई, विशिष्ट सदस्यद्वय माया (चन्द्रका) थुलुङ राई र केशर कुमार थुलुङ राईलाई विशेष सम्मान गरेको छ।
उक्त संस्थाको अध्यक्ष दिनेश कुमार थुलुङ राईको अध्यक्षता र थुलुङ राईहरूको जेष्ठ अभिभावक अम्बर बहादुर राईको विशेष आतिथ्यतामा भएको निवर्तमान कार्यसमिति भेटघाट तथा सम्मान कार्यक्रम जोर्डनस्थित हंग्री आई रेस्टुरेन्ट एण्ड बारको सभाकक्षमा सम्पन्न गरिएको थियो ।
सो सामाका सचिव किरण थुलुङ राईको सञ्चालन र उपाध्यक्ष दिनक थुलुङ राईको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा विशेष सम्मानित व्यक्तित्वहरूको शिरमा फेटा र मजेत्रो गुथाएर ताम्रापत्र पनि गरिएको थियो। त्यसैगरी, संस्थाको स्थापनाकालदेखिका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। यहाँ रहेका थुलुङ राईहरूको समुन्नतिका निमित्त वैधानिक रूपमा संस्था स्थापना भएको एकदशकपछि यस्तो सम्मान कार्यक्रम आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया