साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरण विरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने बताए।

मेटाइएका मौलिक स्थान नाम र तिनको पुनःस्थापना विषयक भर्चुअल कार्यक्रममा बोल्दै डा तारामणि राईले अपभ्रंशित नामहरूको सूची बनाएर कानूनी र संवैधानिक उपचार खोज्नुपर्ने बताए र यसको निम्ति समुदाय आफैँ सचेत हुनुपर्ने र मातृभाषाको संरुक्षणको निम्ति समुदायको आफ्नै नीति र कार्यक्रम हुनुपर्ने आदिवासी जनजातीहरुको थातथलोमा अपभ्रंस परिवर्तन या रुपान्तरण गरिएका नामहरूको खोज अनुसन्धान गरेर सूची बनाउनुपर्ने बताए ।

राईले पूर्वी लिम्बुवान क्षेत्रको पान्थर जिल्लामा भाषाविद् दिलेन्द्र कुरुम्वाङले स्थलगत अध्ययन गरेर संकलन गरेका प्रिवर्तित अपभ्रंश र अर्थ पत्तो नलागेका करिब १५१ स्थान नामहरूको सूची समेत प्रस्तुत गरेका थिए । उनले औपनिवेशीकरणबाट मुक्त हुन पनि साँस्कृतिक जागरण महत्वपूर्ण हुने धारणा राखे । उनका अनुसार सबैभन्दा पहिले सन् १९२३ मा स्थान नामको व्यवस्थित र संस्थागत रुपमै अध्ययन गर्न इङ्लिस प्लेस नेम सोसाइटी(इपीएनएस) स्थापना भएको बताए ।

संस्थाका अध्यक्ष दिलेन्द्र कुरुम्वाङले साँस्कृतिक प्रतिरोधका लागि पुनःजागरण अभियान सुरुवात भएको प्रष्टाउँदै लिम्बुवानका नौ जिल्लामा नै एक साथ प्रतिरोधी कार्यक्रम हुनुपर्ने औँल्याए । २०७६ मा ताप्लेजुङ र पान्थरको सीमामा रहेको तिम्बुङ वरकलाई विष्णु पोखरी बनाउने प्रयासको प्रतिरोध गरेको उल्लेख गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनका आन्दोलनकारीहरुले पान्थरको हिलिहाङ गाउँपालिकामा रहेको मिलुङ वा मिलुङ वाधाम(झरना) तेह्रथुम, इलाम लगायतका स्थानमा समाधिस्थलदेखि लिएर अन्य अतिक्रमणका विरुद्ध अभियानहरू बिषयमा बताएका थिए । कार्यक्रम अयिभानका संयोजक मधुराज केरुङ ‘केसाम्’ को अध्यक्षता र सदस्य कमलराज नेम्वाङले कार्यक्रम सञ्चालन गरेका थिए

तपाईको प्रतिक्रिया