क्रान्ति सुब्बा

पेट सपमा काम गर्ने महिलाका कारण एबरडिनमा लकडाउन

१६ तारीख आइतबार २१:०० बजे

घरपालुवा जनावर पसल (पेट सप) का एक जना कामदार कोभिड पोजेटिभ भएपछि  एबरडीनको एउटा भवनलाई लकडाउन गरिएको थियो ।

लकडाउन  २–४ तुङ सिङ रोड, एबरडीनमा भएको थियो तर दोकान भएको जग्गा  २–८ तुङ सिङ रोडको भुइँ तल्लामा भने लकडाउन भएन। सोमबार बिहान ६ः३० बजे लकडाउन हटाउने लक्ष्य सरकारको थियो ।

हङकङमा जनवरी १६ तारीख आइतवार ११ पुष्टि भएका कोभिड-१९ र १० भन्दा कम प्रारम्भिक पोजिटिभ  केसहरू रिपोर्ट गरिएको थियो ।

प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएका मध्ये एक २३ वर्षीया महिला पनि थिइन जो कजवे बे, जार्डिन बजारमा रहेको लिटिल बोस नामक खरायो र चिनचिला बेच्ने घरपालुवा जनावरको पसलमा काम गर्छिन।

उनले L452R म्युटेन्ट स्ट्रेन बोकेकी थिइन। यो स्ट्रेन हुनु भनेको  डेल्टा केसको संकेत हो।

एबरडिन लकडाउनमा शुन्य केस

जनवरी १७ तारिख सोमबार १०:०० बजे

एबरडीनको २-४ तुङ सिंग रोड स्थित भवनका एक निवासीमा प्रारम्भिक पोजिटिभ देखिएपछि सम्पन्न लकडाउनमा एक जना पनि पोजिटिभ केस भेटिएन।

सोमबार बिहान करिब ६:३० बजे लकडाउन हटाइएको हो ।  हिजो राति १० बजेसम्म त्यहाँका ५५ जना बासिन्दाहरू मध्ये कसैमा पनि कोभिड पोजेटिभ देखिएको थिएन ।

अधिकारीहरूले करिब ४५ घरपरिवारलाई साक्षात्कर गर्ने गरि  कर्मचारी खटाएका थिए जसमध्ये १० घरपरिवारले ढोका उघारेनन। स्वास्थ्य अधिकारीहरूले उनीहरूलाई फलोअप गर्ने उपायहरू निकाल्ने  बताएका थिए ।

डिसेम्बर 27, 2021 देखि आइतवार (16 जनवरी) बीचको अवधिमा  दुई घण्टा भन्दा बढी समयसम्म यस ठाउँमा बिताएका  मानिसहरूले  भोलि (जनवरी 18) सम्ममा अनिवार्य परीक्षण गराइसक्नु पर्ने आदेश जारी गरिएको थियो ।

ती प्रारम्भिक पोजेटिभ केस वाहक  एक 23 वर्षीया महिला जो कोजवे बेको लिटिल बोस पेट पसलमा काम गर्छिन र उनले याउ मा तेईमा साथीहरूसँग हटपट पनि खाएकी थिइन।

भेन्टिलेशनको अभाव हुँदा होटेलमा संक्रमित

१७ जनवरी सोमबार १८:०० बजे

एक महिलाको परिवारका नौ सदस्य र साथीहरूमा कोभिड पोजेटिभ पुष्टि भएको थियो । ती महिलालाई क्वारेन्टाइन होटलमा बसेको बेला कोरोनाभाइरस पोजिटिभ भएको आशंका गरिएको थियो ।

हङकङका अधिकारीहरूले जनवरी १७ तारिख सोमबार सातवटा नयाँ पुष्टि भएका कोभिड-१९ केसहरू घोषणा गरे, जसमा तीन आयातित  र चार स्थानीय केसहरू थिए ।

२० भन्दा कम प्रारम्भिक पोजिटिभ केस थिए। तिनीहरू मध्ये एक ४३ वर्षीया पाकिस्तानी गृहिणीको परिवार र साथीहरू थिए । ती पाकिस्तानी गृहिणीलाई १६ जनवरी आइतबार पोजिटिभ भएको थियो जो  याउ मा तेइ स्थित सिल्का सीभ्यू होटलको १२औं तल्लामा क्वारेन्टाइन बसेकी थिइन।

उनलाई क्वारेन्टाइनमा रहेको अर्को कोठामा बस्ने ७१ वर्षीय पुरुषबाट  संक्रमित भएको विश्वास गरिएको थियो ।
उनका श्रीमान र चार जना छोराछोरीको परीक्षण पोजेटिभ आएको थियो । उनको एक साथी र परिवारका तीन सदस्यहरूलाई पनि पोजिटिभ भएको थियो ।उनको ती एकजना साथी र परिवारका तीन सदस्यले उनलाई ढोकामा भेटेका थिए । उनका ती साथीले आफ्नो बच्चालाई तिनको साथमा  हेरचाहमा गर्न छोडेकी थिइन  तर बच्चा संक्रमित भएनन।

सिल्का सिभ्यु होटल

सरकारी सल्लाहकार युन क्वोक-युङले आइतवार होटलको निरीक्षण गरेका थिए । भेन्टिलेसनको अभाव भएकाले क्रस ट्रान्समिशनद्वारा  चार वटा कोठाहरू प्रभावित भएको निष्कर्ष उनले निकालेका थिए । ती कोठा हुन १२ औं तलाको दुईटा कोठा  र चौथो तलाको दुइटा कोठा ।

संक्रमित बिरामीहरूले ढोका खोल्दा भाइरस कोरिडोरहरूमा फैलिएको थियो र भाइरसले त्यसपछि अरू मानिसहरूको कोठामा प्रवेश गर्ने मौका पाएको थियो , युनले भने।

संक्रमितको छेउको कोठामा बस्नेहरूले थप १४ दिनसम्म क्वारेन्टाइन लम्ब्याउनु पर्नेछ भनिएको थियो ।

ताइ पो र चेङ शा वानमा लकडाउन

१७ जनवरी सोमबार २०:०० बजे

दुईवटा ब्लकहरूमा प्रारम्भिक  सकारात्मक केसहरू फेला परेपछि ताइ पो र चेङ शा वानमा सोमबार लकडाउन  गरिएको थियो ।

ताई पोको ताई वो एस्टेटमा रहेको कुइ वो हाउस र चेङ शा वानको पो वाह कोर्ट यस लकडाउनमा समावेश  भवनहरू थिए। पो वाह कोर्टको ग्राउन्ड फ्लोर (G/F) मा अवस्थित पसलहरू लकडाउन अन्तर्गत राखिएको थिएन । भोलि बिहान ७ बजे लकडाउन  सकिने बताइएको थियो  ।

सोमबार दुई वटा प्रारम्भिक पोजिटिभ केस देखा परेका थिए जस अन्तर्गतको पो वाह कोर्टमा बस्ने  बिरामीमा भने म्युटेन्ट स्ट्रेन देखिएको थियो ।

ठाडो प्रशारणका कारण संक्रमित भवनबाट डर्जनौ विस्थापित

१८ जनवरी मंगलबार १९:३० बजे

शाम शुई पो एस्टेटमा रहेको ताइ हाङ तुङ इस्टेटका दर्जनौं बासिन्दाहरू कोभिड-१९ को ठाडो प्रसारणका कारण मंगलबार साँझ विस्थापित हुनुपरेको थियो ।

यो भन्दा अगाडि मेई फू, एबरडीन र तुङ चुङमा रहेका  तीन वटा भवन निवासी तीन जना म्युटेन्ट स्ट्रेनबाट प्रारम्भिक पोजिटिभ भएपछि सरकारले ती भवनलाई  लकडाउन गरेका थिए ।

यसअघि ताइ हाङ तुङ इस्टेटको तुङ मुन हाउसमा बस्ने एक महिलाले क्वारेन्टाइन होटलबाट रिहा भएपछि परिवारका नौ सदस्य र साथीभाइलाई संक्रमण गरेकी थिइन । अधिकारीहरुले आज मंगलबार जानकारी दिए अनुसार ती महिला बसेको घरको माथिल्लो तला निवासी एक ४२ वर्षीया गृहिणी र तीन वर्षीया बालिका पनि सोमबार प्रारम्भिक पोजिटिभ भएका थिए ।

ती बालिका शेक किप मेईको सेन्ट थोमस चर्च किन्डरगार्टनमा K1 कक्षाकि विद्यार्थी हुन । उनको  आमाले सेन्ट थोमस चर्चको छेउमा रहेको वेट मार्केट  भ्रमण गरेकी थिइन।

निरीक्षणपछि सरकारी सल्लाहकार युन क्वक-युङले उक्त ब्लकमा ठाडो प्रसारण भएको विश्वास गरेका थिए । त्यसपछि उक्त युनिट १४ भवनको पहिलो तल्ला (1/F) देखि एघार तल्ला (11/F) सम्मका सबै वासिन्दाले घर खाली गर्नु पर्छ भनेका थिए ।

ठाडो प्रसारण भनेको एउटा संक्रमित बिरामीले माथिल्लो तल्लाहरूमा एउटै दिशातिर फर्केर बसेका फ्ल्याट निवासीलाई भाइरस सार्नुलाई भनिन्छ।

कोरोनाभाइरस ढलको पाइपहरू मार्फत फैलिएको  हुन सक्छ। त्यस माथि अझ  विगतमा युनिट ६१४ बाट दुर्गन्ध फैलिएको  रिपोर्ट  आएको  थियो युनले भने।
  सम्भावनाको अर्को स्रोत  भेन्टिलेसन फ्यानहरू हुन। किनकि युनिट ५१४ को भान्सा र शौचालयमा बलियो पंखाहरू जडान गरिएको थियो। कोरोनाभाइरस भएको हावा खुला झ्यालहरूबाट माथिल्लो तलाको फ्ल्याटमा प्रवेश गरेको हुन सक्छ, युनले शंका गरेका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले करिब २० देखि ३० जना बासिन्दालाई बाहिर निकाल्नुपर्ने बताएको थियो ।

यसैबीच तीनवटा भवनहरूमा लकडाउन घोषणा गरिएको थियो ती हुन

– का सिंग हाउस (ब्लक ए), का लुङ कोर्ट, एबरडीन;

– मोन्टेरे कोभ टावर १, क्यारेबियन कोस्ट फेज १, तुङ चुङ;

– ७२-७४ ब्रडवे, मेई फू सुन चुन फेज ३, मेई फू।

लकडाउन बुधबार बिहान समाप्त हुने अपेक्षा गरिएको थियो।

हङकङमा संक्रमित भएको कारण देखाइ २,००० पशुको हत्या हुने

१८ जनवरी मंगलबार २१:०० बजे

हङकङ सरकारले पेट सप (घरपालुवा जनावर बेच्ने पसल) मा बेच्न राखिएका  सबै हम्स्टर (मुसा जस्तो जीव ) हरूलाई मार्ने घोषणा गरेको केही घन्टापछि चालीस भन्दा बढी हम्स्टर मालिकहरूले आफुले पालेको जिवलाइ कसरी त्याग्नेबारे  सोधपुछ गरेका थिए । यो रोडेन्ट अर्थात लोखर्के प्रजाती भित्र पर्ने जिवमा कोभिड पोजेटिभ देखिएपछी सरकारले यस्तो निर्णय गरेको थियो ।


सरकारले जनवरी १८ तारीख मंगलबार दिउँसो अनुमानित २,०००  वटा हम्स्टरहरु संकलन गरेर मार्ने घोषणा गरेको थियो । र विश्वमा यस्तो किसिमको घटना पहिलो चोटि देखिएको हो। जसमा ३४ वटा  स्थानीय पेट पसलहरूमा बेच्न राखिएका हम्स्टर पनि  परेका थिए ।  कजवे बेको लिटिल बोस भन्ने पेट पसलबाट संकलित ११ वटा हम्स्टरको कोभिट टेस्ट नतिजा डेल्टा भेरिएन्टद्वारा पोजिटिभ आएपछि यो जिवलाइ संहार गर्न लागिएको थियो । अधिकारीहरूले नागरिकहरूलाई गत वर्ष डिसेम्बर २२ देखि खरिद गरिएका तमाम ह्याम्स्टरहरू आत्मसमर्पण गर्न आह्वान गरेको थियो । यी हम्स्टरलाई पनि जम्मा गरेर संहार नै गर्ने लक्ष्य थियो ।
लाइफ अन पाम नामक हङकङ ह्याम्स्टर कन्सर्न ग्रुपका सदस्य सोफिया चानले सरकारको यस निर्णयलाई अव्यावहारिक र अमानवीय भएको भन्दै आलोचना गरिन।

” घरपालुवा जनावर बेच्ने एउटा मात्र   पसलका केहि  ह्याम्स्टरहरू संक्रमित भएका हुन। त्यसैको आधारमा  तपाईं कसरी अनुमान गर्न सक्नुहुन्छ कि अन्य घरपालुवा जनावर पसलहरूमा रहेका ह्याम्स्टरहरू पनि संक्रमित छन भनेर ?”  चानले प्रश्न गरिन ।

यो घोषणा पछि उनले जनावर मालिकहरूबाट ३० देखि ४० कलहरू प्राप्त गरिसकेकि थिइन। कल गर्ने सबैले आफुसंग भएको ह्याम्स्टरहरू त्याग्ने बारे मै सोध्दै थिए ।

चानले सरकारको यस कदमलाई जातिहत्या (जेनोसाइड) भनेर वर्णन गरेकि थिइन जुन कदमले हङकङका त्यो जीव पाल्ने हरेकलाई त्रसित पारेको थियो।

चानले  यी ह्याम्स्टरहरूलाई पहिला क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव पेश गरिन । कहाँ वा कहिले ती जन्तु आयात गरिएका हुन सोही  अनुसार क्वारेन्टाइनमा राख्नुपर्छ भनिन। उनले घरमा राखिएका जति पनि हम्स्टर छ्न ती  सुरक्षित हुनुपर्दछ भनेर पेट मालिकलाई  आश्वासन पनि दिइन। कुनै पनि संक्रमण सम्भवतः बाहिर गएका मानिसहरु मार्फत हुने गर्दछ।

२,००० पशुको बधले पशु अधिकारकर्मी स्तब्ध

१८ जनवरी २२: ००बजे

हङकङ सरकारले मार्ने २,००० हम्स्टरसंगै कजवे बे स्थित पेट पसल र ताई पो स्थित सोही पेट  पसलको स्टोर घरमा राखिएको खरायो र चिन्चिलाहरू सहित  सबै जनावरहरू कोभिड टेस्ट नतिजा पोजिटिभ आए पनि नआए पनि  मारिनेछन भनिएको थियो ।

हम्स्टर

यस जिवले मानिसलाई संक्रमित गर्न सक्छन कि सक्दैनन भन्ने कुरा  वैज्ञानिक रूपमा पुष्ठि नभइ  अधिकारीहरूले यसलाई सफाया गर्ने अभियानमा जुटेका थिए ।

लिटिल बोस पेट सपमा काम गर्ने एक जना कर्मचारी र एक जना ६७ वर्षीया महिला ग्राहकलाई सर्वप्रथम कोभिड भएको पत्ता लागेपछि त्यस दोकानको हेम्स्टरलाई पनि कोभिड परिक्षण गरियो र ती जिवहरुलाइ पनि पोजिटिभ भएको पाइयो।  ग्राहकका श्रीमानमा पनि आज जनवरी १८ तारिख भाइरसको प्रारम्भिक पोजेटिभ देखिएको थियो ।

नियमित पत्रकार सम्मेलनमा सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआंग सुक-क्वानले एक ग्राहककी छोरीले जनवरी ४ मा लिटिल बोस पसलबाट एउटा  ह्यामस्टर किनेको कुरा बताइन । उनी ८ जनवरीमा खोर साटन र घरपालुवा जनावरको खाना किन्न पसलमा गएकी थिइन। संक्रमित कर्मचारीले उनको हातबाट नगद लिएकि थिइन।

स्वास्थ्य अधिकारीहरूले पसल भित्रको ह्याम्स्टर, चिन्चिला र खरायो गरि जम्मा ७८ थान नमूनाहरू परीक्षण गरेका थिए । जस मध्ये   ह्याम्स्टरका एघार नमूनाहरू पोजिटिभ ठहरिएका थिए ।

उनीहरूले ताई पोमा रहेको स्टोर घरबाट  पनि ५११ वटा नमूना लिएका थिए।  पिंजरा लगायतका केही वातावरणीय नमूनाहरूको परिक्षण नतिजा पोजेटिभ आएको थियो । अन्य नतिजा आउन बाँकी नै थियो ।

कृषि, मत्स्यपालन तथा संरक्षण निर्देशक डा. ल्यङ  सिउ-फाईले  डिसेम्बर २२ र जनवरी ७ मा नेदरल्याण्डसबाट आयात गरिएको दुई समुहको हम्स्टरबारे अहिले प्रश्न चिन्ह खडा भएको छ भनेका थिए । कतै उतैबाट संक्रमित थिए कि भन्ने ती हम्स्टरहरु? भन्ने प्रश्न उनको आशय हो।

ल्यङले सहरका ३४ वटा ह्याम्स्टर बेच्ने पसलहरूबाट बेचिएका १,००० भन्दा बढी ह्याम्स्टरहरू र ताई पो गोदामबाट संकलन गरिएका अन्य १,००० थान साना जनावरहरूलाई  मारिनेछ भने।

ल्यङले डिसेम्बर २२ देखि हङकङमा कुनै पनि ह्याम्स्टरहरू खरिद गरेका ग्राहकहरूलाई आफ्नो ह्याम्स्टरहरू स्वास्थ्य अधिकारीहरूलाई हस्तान्तरण गर्न आग्रह गरे र घरपालुवा जनावरका मालिकहरू अनिवार्य कोभिड परीक्षणमा जानुपर्नेछ भने।

जनवरी ७ देखि लिटिल बोस भ्रमण गरेका १५० भन्दा बढी ग्राहकहरू क्वारेन्टाइनमा बस्नुपर्नेछ। ताई पो गोदाममा काम गर्ने करिब ३० जना कामदारलाई पनि क्वारेन्टाइनमा राखिनेछ।

सरकारले कतै हतारमा सबै ह्याम्स्टरहरूलाई मार्ने निर्णय गरेर जिउन पाउने अधिकारलाई नै  अनादर गरेको त छैन भन्ने प्रश्न  सोध्दा अधिकारीहरूले जनस्वास्थ्य संबंधी चिन्ताका कारण यस्तो निर्णय लिनु परेको बताए ।

यदि मारिनु पुर्व उनिहरुले पालेको जन्तुमा पोजेटिभ देखियो भने ह्याम्स्टरका ती मालिकहरूलाई पेन्नि  बे क्वारेन्टाइन केन्द्रमा पठाइनेछ । तर कृषि, मत्स्यपालन तथा संरक्षण विभागलाई घरपालुवा जनावर हस्तान्तरण गर्न नमान्नेले कानुन उल्लंघन नगर्ने उनले बताए।

कृषि, मत्स्यपालन र संरक्षणका सहायक निर्देशक थोमस सिट होन-चुङले जनावरबाट मानिसमा कुनै पनि किसिमको संक्रमण भएको रेकर्ड कतै भेटिएको छैन भने ।
“तर तपाईंले यो महसुस गर्न र बुझ्न आवश्यक छ कि अब ह्याम्स्टरहरू संक्रमित भएका छन, तिनीहरूले अन्य जनावरहरू – अन्य ह्याम्स्टरहरू र मानवहरूलाई संक्रमित गर्न सक्छन।  त्यसैले हामी सबै जनावरहरूलाई मार्न चाहँदैनौं, तर हामीले जनस्वास्थ्य र पशु स्वास्थ्यको रक्षा गर्न आवश्यक छ।  हामीसँग अरु विकल्प छैन।”

दोकानबाट ह्याम्स्टर संकलन जारी

युन क्वोक-युङ, डेभिड हुइ शु-च्यङ र गेब्रियल ल्यङ च्यक-वाई लगायतका सरकारी स्वास्थ्य विशेषज्ञ र सल्लाहकारहरूले पनि ह्याम्स्टर सफाया अभियानलाई जोडदार समर्थन गरेका छ्न उनले भने।

प्रयोगशालाको सेटिङ भन्दा  बाहिर ह्याम्स्टरहरू संक्रमित भएको कुनै रिपोर्ट नआए पनि, अघिल्लो प्रयोगहरूले उनीहरूलाई कोभिड-१९ बाट संक्रमित हुनसक्ने देखाएको छ अधिकारीले भने।

ह्याम्स्टर-बाट -मानवमा भाइरस संक्रमित हुने सम्भाव्यताका अलावा अधिकारीहरूले पेट पसलका ग्राहकलाई कर्मचारीबाट पनि संक्रमण  हुन सक्छ भने।

सरकारी सल्लाहकार युनले  युरोपेली देशहरूले जनावरमा पनि कोविड-१९ संक्रमित हुन सक्ने तथ्य पत्ता लगाएपछि हजारौं वेजल (न्यावरी मुसा जस्तो देखिने जीव)हरू मारेका थिए  भने।

पेट सपबाट संकलित नमूनाहरूमा जेनेटिक म्युटेसन अर्थात आनुवंशिक उत्परिवर्तन समेत देखिएकोले यो एकदम चिन्ताजनक अवस्था हो युनले थपे।

“वास्तवमा यो ठूलो मुद्दा हो। यदि हङकङले ह्याम्स्टरसँग सम्बन्धित कोविड-१९ को एउटा मात्र  स्ट्रेनलाई  मंथन गरेर निकाल्यो भने र त्यो बढी ट्रान्समिसिबल भयो भने साह्रै नराम्रो हुनेछ” उनले ह्याम्स्टर मार्ने सरकारी  निर्णयको समर्थन गर्दै भने।

द सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टु एनिमल्स( SPCA)ले भने सरकारको निर्णयले स्तब्ध भएको बताएको छ। सरकारले  “पशु कल्याण र मानव-पशु अनुबन्धनलाई ध्यानमा राखेन” भनेको थियो ।

केजमा बसेको एउटा बबुरो हेम्स्टरले न त सामाजिक दुरिलाइ उलंघन गर्न सक्छ न त हेम्स्टरबाट मानवमा भाइरस सरेको तथ्यांक नै छ। यस्तो अबस्थामामा खुला ठाउँमा यसलाई राखेर इन्क्युबेशन अबधि कटन दिने अनि कोभिड मुक्त हुन दिने। किन अनाहकमा कत्लेआम गर्ने प्रश्न पनि उठेको छ। र यो कदम हास्यास्पद रहेको पनि टिप्पणी गरिएको छ।

तपाईको प्रतिक्रिया