सञ्चारिका समूह नेपालकी संस्थापक सदस्य, रेडियो नेपालमा कार्यरत पत्रकार उषा लोहनी ( मिरा )नेपाली पत्रकारिताको क्षेत्रमा ३६ बर्षदेखि सकृय हुनुहुन्छ । उहाँ जुन समयमा पत्रकारितामा आउनुभयो त्यो समयमा सञ्चार माध्यममा महिलाको संख्या निकै कम थियो । विशेष गरि महिलाको सरोकार रहेको बिषयबस्तुमा केन्द्रीत रहेर पत्रकारिता गर्दै आउनु भएको छ उहाँ २०८१ सालमा सञ्चारिका अग्रणी सम्मानबाट पनि सम्मानीत हुनुभ एको छ। प्रस्तुत छ  पाँच प्रश्न ।

तपाईं पत्रकारिता क्षेत्रमा  कसरी आउनु भयो ?

म बाल्यकालदेखि नै कविता लेख्ने गर्थें। बिस्तारै कथा लेखें। त्यसपछि उमेर बढ्दै जाँदा समाजमा भएका घटना क्रमलाई नियाल्दै गएँ । बिस्तारै पत्रकारिताप्रती रुची बढ्दै गयो । विभिन्न बिषयमा लेखहरु लेख्दै गएँ । त्यसपछि  पत्रकारितामा नै रमाउन थालेँ । मेरा रहरहरु जिम्मेवारीमा परिणत भए । आफैले दिपगङ्गा मासिक र उत्सर्ग साप्ताहिक प्रकाशीत गरें।  त्यसपछिथुप्रै साप्ताहिक पत्रीकाहरुमा काम गरें । नेपाल टेलिभिजनमा चिन्तनमनन कार्यक्रम सञ्चालक भएर चलाएँ। २०४८ तिर संसदमा  समीक्षक भएर काम गरें। त्यसपछि २०५१ सालदेखि अहिलेसम्म रेडियो नेपालमा कार्यरत छु। साथै सन २००८ मा संयुक्त राष्ट्र  संघबाट  रिपोर्टिङ्ग गर्ने पहिलो नेपाली पत्रकार हुने अवसर बनाएँ ।

यो क्षेत्रमा आईसकेपछी कस्तो किसिमको चुनौती देख्नु भयो ?

लैङ्गीक भेदभाव, पुरुषको तुलनामा कम अवसर, नेतृत्व भुमिकामा कम प्रतिनिधित्व , सुरक्षाको अभाव ,पारिवारिक दवाब, समाजको दृष्टिकोणमा बोल्ने वा प्रश्न उठाउने बानीलाई अझै नकारात्मक हेर्ने सोच आदि चुनौती देख्नु पर्यो ।भोग्नु पर्यो । तर म लडीरहेछु अहिलेसम्म कलम र आवाजको माध्यमबाट ।

 पत्रकार महिलाहरू अहिले पनि निर्णायक तहमा पनि निकै कम छ्न,कारण के होला ?

लैङ्गिकता माथि हेरिने समाजको असमान  धारणा, नेतृत्वमा पुरुषलाई प्राथमिकता, पारिवारिक दवाब ,समय र भुमिकामा सिमितता, संजाल अभाव, निर्णय तहमा पुग्न सहयोगी नेटवर्कको कमी , आफैमा आत्मविश्वासको कमी, अवसर पाउदा पनि पछाडी हट्ने प्रवृत्ति र बेथितिलाई चुप लागेर सहने स्वाभाव। तर पछिल्लो समय बिस्तारै पत्रकारिता क्षेत्रमा महिलाहरु नेतृत्वमा पुगीरहेछन् । नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष हुनु परिवर्तनको सुरुवात हो ।

 पत्रकारिता पेशामा महिलालाई टिकाईरहन के गर्नुपर्ला ?

आत्मबिस्वास र निडरता बिकास गर्नुपर्छ। पेसागत सीप र निरन्तर अपडेट गर्नुपर्छ। नेटवर्किङ्ग र सहकार्यमा सकृय रहनुपर्छ । अनुशासन र समय ब्यवस्थापनमा ध्यान दिनुपर्छ । लैङ्गिक पक्षपात विरुद्ध निरन्तर र दृढ अडान लिन सक्नुपर्छ ।

हरेक पत्रकारले समाजलाई समुन्नत बाटोतर्फ अग्रसर गर्न के गर्नुपर्छ ?

हरेक पत्रकारले सत्य , निस्पक्ष र जिम्मेवार रिपोर्टिङ गर्नुपर्छ। समाजका आवाज उठाई सचेतता र न्याय प्रवाहमा योगदान दिनुपर्छ  ।

तपाईको प्रतिक्रिया