न्युयोर्कका नेपालीले लिए मानसिक स्वास्थ्यसम्बन्धि प्राथमिक उपचारको तालीम
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो। प्रशिक्षण पश्चात् सहभागी जनाउने व्यक्तिले मानसिक स्वास्थ्यमा समस्या आएको मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने योग्यता प्राप्त...









