न्यूयोर्क । अमेरिका

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ।

न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलन गरी गरेका थिए ।

अधिवेशनद्वारा चयन १७ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी र  उपाध्यक्षमा क्रमशः चर्चित नृत्य निर्देशक/ नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार तथा लोक दोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्की सर्वसम्मतबाट चयन गरिएको थियो।

यसैगरी महासचिव पदमा लोक तथा दोहोरी गायिका संगीता थापा मगर नै पुनः चयन भएकी थिइन भने सह–सचिवमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवा संयोजकमा गायक दिलिप श्रीस मगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मतबाट  निर्वाचित भएका थिए ।

त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मतबाट  चयन गरिएको थियो।
कार्यक्रमको समापनमा निर्बाचन प्रमुख आयुक्त गीरिजा प्र. कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गीता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारद्वारा  महाधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गर्ने कार्य भएको थियो । पर्यवेक्षकको रूपमा  बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्के सहित चर्चित कलाकार, गायककार, संगीतकार ,कवि तथा साहित्यकार साथै अन्य संस्थाका अतिथीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया