बिके राई (सन्तोष),न्युयोर्क ।

युनाईटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले ११, नोभेम्बर, २०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ ।

औपचारिक र देउसी-भैलो गरि दुई खण्डमा कार्यक्रम सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङको अध्यक्षतामा सम्पन्न भएको थियो भने बिशेष अतिथीमा कलेज पोईन्ट सिभिक एसोशिएसनका अध्यक्ष तथा हामी नेपाली ग्लोबल अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसी एवम एन.आर.एन.ए. अमेरिकाका नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल थिए। अतिथिहरुमा युक्रा न्युयोर्क च्याप्टरका सल्लाहकार तथा बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, जनजाति महासंघ अमेरिकाका सभामुख शुवर्ण शाक्य, वृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरिकाका अध्यक्ष टंक भण्डारी, वृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरिकाका कोषाध्यक्ष मनोज जंग कुवँर, माइनटरी ईम्पावरमेन्ट नेटवोर्कका अध्यक्ष श्याम कार्की, रोटरी क्लव न्युयोर्क, क्विन्सका अध्यक्ष हंसराज जोशी, हामी नेपाली ग्लोबल्का अमेरिका च्याप्टर अध्यक्ष लकेश श्रेष्ठ रहेका थिए ।

उक्त कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत तथा शुभकामाना मन्तव्य दिएकी थिइन। त्यसपछी बिशेष अतिथिबाट पानसमा बत्ती बालेर  कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमको उदघाटन भएपछि अतिथी, बिशेष अतिथीहरूले शुभकामना मन्तव्य दिएका थिए ।

मन्तव्यको क्रममा बिशेष अतिथी नवराज केसीले नेपालीहरु जहाँ गए पनि आफ्नो संस्कृति नभुल्ने हुन्छन् । आफ्नो  प्रत्येक  चाड पर्वलाई धुमधामका साथ मनाउछन । यसो गर्दा  नेपाली चाडपर्व र संस्कृतिलाई  विश्वले चिन्ने मौका पाउँदछ। यस मानेमा नेपाली भएकोमा आफुलाइ गर्व लागेको उनले बताए ।

यसैगरी अर्का बिशेष अतिथी एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त मल्लले पनि सम्पुर्ण नेपालीहरूलाई समृद्वि ,सुस्वास्थ्य एवम दिर्घायुको शुभकामना व्यक्त गरेका थिए। त्यसै गरी बृहत्तर सूदूरपश्चिम नेपाली समाजका अध्यक्ष टिबी भण्डारीले नेपाल मात्रै एउटा यस्तो देश हो जो सांस्कृतिक विविधताको हिसाबले धनी छ भन्दै बिशेष गरि आदिवासी जनजातीले आफ्नो संस्कार संस्कृतिलाई विश्व सामु झल्काएर नेपाललाई परिचित गराईरहेको यथार्थलाई जाहेर गरे।


  युक्रा न्युयोर्क च्याप्टरका महासिचव बिके राई (सन्तोष) द्वारा संचालित यस औपचारिक खण्डको कार्यक्रमको समापन च्याप्टरकी अध्यक्ष ममता खालिङ राइले गरेकी थिइन।

औपचारिक कार्यक्रमको समापन संगै युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाकी अध्यक्ष वसन्ती राईले नृत्य प्रस्तुत गरेकी थिइन। त्यसपछि लगातार करिब बिहान ४:०० बजे सम्म  देउसी -भैलो तथा सांस्कृतिक कार्यक्रम चलेको थियो ।

तपाईको प्रतिक्रिया