हङकङ आगलागी- मृत्यु हुनेको संख्या १६०, बेपत्ता हुनेमा ६ जना मात्र बाकी,जिवित बिरालो,कछुवा भेटिए
हङकङ । आगलागीबाट प्रभावित वाङ फुक कोर्ट साफसफाइको दोस्रो चरण समाप्त भएको जानकारी प्रहरी आयुक्त जो चउले डिसेम्बर ९ तारीख मंगलबारको प्रेस मिटिङमा दिएका थिए । आवास विभागसंगको समन्वयमा प्रभावित भवनहरू वरिपरिका सबै आगो लागेको बेला भत्किएका मचान(बेम्बो स्काफोल्डिङ)हरु सोही हप्ता सफा गरिएको थियो । सफाईको क्रममा एक शंकास्पद मानव हड्डी फेला परेको थियो। उक्त हड्डी मानव अवशेष,जनावरको हड्डी वा पहिले कै पीडितह...









