रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान
धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ " कन्सर्टले पुन तताएको छ। पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक- श्रोताहरुको मायाले खुशी देखिन्थे।
भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म युवापुस्तामा रुचाईएका लोकप्रिय गायक गायिकाहरु ...









