काठमाण्डौं ।
नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘ पनी अव छिट्टै प्रदर्शनमा आउने निमार्ण टिमले बताएको छ ।

कोशि भिजन फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्रलाई आर आर फिल्मसले वितरण गर्ने भएको छ । सामाजिक परिवेशमा आधार बनाएर निमार्ण गरिएको चलचित्रलाई लाखमान योञ्जन तामाङले निर्देशन गरेका हुन ।

सन्तोाष सरकार कथा तथा पटकथा,डा विनोद श्रेष्ठको शब्द , भुपेन्द्र रायमाझी, रामा मण्डल , नसराज घिमिरेको संगीत ,रामा मण्डल र मनिषा पोखरेलको स्वर चलचित्रको गीतमा रहेको छ ।
देवराज सिक्देल तथा यज्ञ पराजुली, सुमन तामाङको छायाँकन, हेमन तामाङको सम्पादन तथा लाखमान योञ्जनको निर्देशन चलचित्रमा रहेको छ ।

चलचित्रमा विनोद श्रेष्ठ , कल्पना भट्टराई , सारदा आयन , पुष्पा श्रेष्ठ , खेम नेपाली , गोविन्द श्रेष्ठ, बविता श्रेष्ठ, विनोद दुगड , प्रवल दिप विश्वास , डिवी बस्नेत.लगायतको अभिनय देख्न सकिन्छ । साथै बालकलाकारको भुमीकामा बेदिका श्रेष्ठ, सितल सरकार को अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया