काठमाडौँ । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतमा कृयाशिल गायिका सुष्मा राई र गायक शिव संगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । इश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ ।

मायामा डुबेका प्रेमील जोडि बीचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।

अनिल कुमार मान्धरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन छ । ‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रविण डिसीको जिवन्त अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको छ ।

‘विश्वासको घर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।https://www.hongkongkhabar.com/8989.html

तपाईको प्रतिक्रिया