हङकङको संसद आक्रमणलाई समर्थन गर्ने अमेरिकाले क्यापिटल हिलको संसद आक्रमणलाई किन समर्थन गरेन – चीनिया परराष्ट्र मन्त्री
८ जनवरी २०२१ । क्रान्ति सुब्बा ।
चाइनाको बिदेश मन्त्रालयले अमेरिकाको क्यापिटल हिलमा भएको दंगालाई हङकङको आन्दोलनकारीले हङकङको विधायिकी परिषदको भवन कब्जा गर्न सन २०१९ मा गरेको अराजक क्रियाकलाप संग तुलना गरेकोछ।
बिहिवार भएको दैनिक पत्रकार भेटमा परराष्ट्र मन्त्रालयको प्रवक्ता हुवा चुनयिङले भनिन - "उग्रवादी आन्दोलनकारिले हिंसात्मक तवरले हङकङको संसद भवनमाथी आक्रमण गर्दा हङकङ प्रहरीले पेशागत मर्...