५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा ।

विश्वको कुल कोरिना भाइरस संक्रमित केस संख्या ८६,१०२,०७१पुगेको छ। मृत्यु संख्या १,८६०,४२७ पुगेकोछ। निको हुनेको संख्या ६१,०५४,३७९ पुगेकोछ।

सक्रिय केस

वर्तमानमा संक्रमित रहेका रोगीको संख्या २३,१८७,२६५ रहेको छ।

हल्का गम्भीर अवस्थामा रहेकोे रोगीको संख्या २३,०७९,३९१(९९.५%) पुगेको छ।

गम्भीर अवस्थामा रहेका रोगीको संख्या १०७,८७४ (०.५%) पुगेको छ।

गत २४ घन्टामा मेक्सिकोमा कोभीडबाट ५४४ जनाको निधन भएकोछ भने एकैदिनमा ६,४६४ जना संक्रमित भएकाछ्न।

बोलिभियामा गत २४ घन्टामा १८ जनाको निधन भएकोछ भने १,०१० जनामा संक्रमण भएकोछ।

साउथ कोरियामा गत २४ घन्टामा २६ जनाको निधन भएकोछ भने ७१५ जना एकैदिनमा संक्रमित भएकाछ्न।

बेलायतमा पहिलो चोटि भेटिएको कोरोना भाइरसको नयाँ नस्ल (B.1.1.7) अहिले विश्वका कम्तीमा ३७ देशमा फैलिएको तथ्य सिएनएनले निकालेकोछ। ती देश हुन – बेलायत , अस्ट्रेलिया ,बेल्जियम , ब्राजिल ,क्यानाडा , चिल्ली , चाइना ,डेन्मार्क ,फिनल्यान्ड ,फ्रान्स ,जर्मनी ,आइसल्याण्ड,इन्डिया , आयरल्यान्ड,इजरायल ,इटाली , जमैका, जापान , जोर्डन,लेबनन, माल्टा,लक्सम्बर्ग, नेदरल्यान्ड , न्युजिल्यान्ड , नर्वे ,पाकिस्तान , पोर्चुगल,युएइ, सिङापुर , साउथ कोरिया , स्पेन , स्विडेन ,स्विजरल्याड, थाइल्यान्ड , टर्की ,अमेरिका, भिएतनाम ,हङकङ , ताइवान ।

केही थप जानकारी

. अक्सफोर्ड युनिभर्सिटी /अस्ट्राजेनेका भ्याक्सिनको पहिलो सट बेलायतका एक ८२ वर्षका रोगीले लिएका थिए जुन कदमलाई युकेका स्वास्थ सचिवले साच्चिकै महत्त्वपूर्ण कडिको हो भनेकाछ्न।

.युके प्रधानमन्त्रीले सोमबार इङ्ल्याण्ड्मा राष्ट्रिय व्यापी लकडाउन घोषणा गरेकाछ्न।

.अमेरिकाले ४५ लाख थान भ्याक्सिन नागरिकमा प्रयोग गरिसकेको छ।

. विश्वका धेरै देशहरुले युकेलाई प्रवेश निशेध गरेकोछ कोभिड को नयाँ प्रजातीको प्रकोपबाट बच्न ।

तपाईको प्रतिक्रिया