८ जनवरी २०२१ ( वाशिङ्टन)

फेसबुक कम्पनीका सिइओ मार्क जकर्बर्गले राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट अझै दुई हप्तासम्मको लागि ब्लक रहने कुरा खुलासा गरेकाछ्न ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई पद हस्तान्तरण यही जनवरी २० तारीख गरेपछि मात्र उनको एकाउन्ट खोलिनेछ।

ट्रम्प समर्थकहरुले बुधबार अमेरिकी संसद भवनमा अराजक बितन्डा मच्चाएपछी २४ घन्टाको लागि ट्रम्पको फेसबुक बन्द गरिएको थियोे । तर ट्रम्पले हिंसालाई बढाउने किसिमको अभिव्यक्ति दिन नछाडेपछि फेसबुकले उनलाई ब्लक गरेको हो।

युएस क्यापिटलमा ट्रम्प समर्थकले हुलदंगा मच्चाएपछी ट्रम्पको टुइटर एकाउन्ट १२ घन्टाको लागि बुधबार बन्द गरिएको थियो । अब उप्रान्त फेरि टुइटरको आचारसंहिताको खिलाफमा कुनै कार्य भएमा ट्रम्पको टुइटर एकाउन्ट सदाको लागि बन्द गरिदिने चेतावनी टुइटरको अधिकारीले जनाएकाछ्न।

तपाईको प्रतिक्रिया