क्रान्ति सुब्बा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तीन वर्षकी बालिकाको निधन

कोभिड-१९ बाट सङक्रमित तीन वर्षीया बालिकाको १५ फेब्रुअरी मंगलबार राति मृत्यु भएको थियो । स्रोतका अनुसार हङकङमा कोभिडबाट मृत्यु हुने  सबैभन्दा कान्छी व्यक्ति उनै हुन।

सर्वप्रथम चीनिया पत्रीका  मिङ पाओले दुई स्वतन्त्र स्रोतलाई उदृत  गर्दै मंगलबार  राति बालिकाको मृत्युबारे समाचार प्रकाशित गरेको थियो ।

बालिकाको अवस्था गम्भीर भएको  रिपोर्ट आइतबार  गरिएको थियो। लक्षणहरू विकसित भएपछि  शनिबार प्रिन्स अफ वेल्स अस्पताल  त्यसपछि युनियन अस्पताल लगिएको थियो ।

अवस्था खराब हुदै गएपछि उनलाई  हङकङ बाल अस्पतालको आईसीयूमा सारिएको थियो।  उनको अवस्था गम्भीर हुँदाहुँदै पनि   कृत्रिम फोक्सोको मेसिन प्रयोग गरिएको थिएन ।
आज दिउँसो अर्थात फेब्रुअरी १५ तारिख अस्पताल प्राधिकरणले उनको अवस्था अझै गम्भीर रहेको बताएको थियो ।

मिङ पाओले चर्चको स्रोतलाई उदृत  गर्दै  वालिका  “आफ्नो परिवारको रक्षा निम्ति स्वर्गदुतमा  परिणत भएकी छिन ।”  बताएको थियो । उनको माताले भर्खरै छोरो जन्माएकी थिइन । उनि नजिकको सम्पर्क सुचीमा भएकाले  होम आइसोलेसनमा थिइन।

यदि यी तीन वर्षीया बालिकाको मृत्यु पुष्टि भएमा हङकङमा एक हप्ता भित्र कोविडद्वारा ज्यान जाने  दोस्रो जवान मानिस कहलिन्छिन। यो भन्दा अघि चार वर्षीय वालकको मृत्यु  युन लङको आफ्नै  घरमा होश गुमाएपछि  पोक ओई अस्पतालमा मृत्यु भएको थियो ।

हङकङले जसरी भए पनि कोभिडलाइ नियन्त्रण गर्नु पर्छ- सि जिङपिङ

१६ फेब्रुअरी बुधबार ११:०० बजे

राष्ट्रपति सी जिनपिङले हङकङमा व्याप्त कोरोनाभाइरस  प्रकोपलाई यथाशीघ्र नियन्त्रणमा लिन  “सबै आवश्यक उपायहरू” अपनाउन आह्वान गरेका थिए । चीनले अंगिकार गरेको जिरो कोभिड पोलिसीलाई हङकङसम्म विस्तार गर्ने उदेश्यले प्रकट गरिएको  यस्तो हस्तक्षेपकारी उदगारले हङकङका अगुवाहरु माथि  जिरो पोलिसीबाट विचलन हुन नसक्ने गरि दबाब परेको छ ।

चिनियाँ नेताले कार्यकारी प्रमुख क्यारी लामको सरकारले उच्च प्राथमिकताका साथ  कोभिड-१९ लाई काबुमा ल्याउनु पर्ने बताएका थिए । चीनको सरकारी मिडिया  वेन वेई पो अखबार मार्फत  बुधबार सिले आफ्नो संदेश पठाएका थिए । क्यारी लामले तत्काल   शहरव्यापी लक डाउन गर्ने कुनै योजना नभएको अभिव्यक्ति दिएपछि भोलिपल्ट यस्तो सन्देश उत्तरबाट आएको थियो। हुन त त्यसै पनि ओमिक्रन प्रकोपले सरकारी  अधिकारीहरुलाई अक्क न बक्क बनाइदिएको अवस्था  थियो।

“हङकङ सरकारले कुनै पनि हालतमा यस महामारीलाई यथाशीघ्र  स्थिर तुल्याउने र नियंत्रित गर्ने कुरामा  प्रमुख उत्तरदायित्व वहन गर्नु पर्दछ। हङकङ नागरिकको सुरक्षा र स्वास्थ्य तथा सामाजिक स्थिरतालाई  सुनिश्चित गर्न कुनै कसर बाकी नराखी तमाम उपलब्ध शक्ति र स्रोतलाई परिचालन गर्नु पर्दछ “सीले भने। पत्रीकाले जनाए अनुसार  सीले भाइस पृमियर हान झेङलाई आफ्नो संदेश हङकङसम्म पुर्याउन आदेश दिएका थिए । झेङ हङकङ हेर्ने कम्युनिष्ट पार्टी समितिका प्रमुख हुन।

लगभग दुई वर्षसम्म हङकङले कोभिड संक्रमणको व्यापक फैलावटलाइ  सफलतापूर्वक रोक्न सकेकै थियो । तर अतिव संक्रामक ओमिक्रोनका कारण हङकङ  सम्पूर्ण महामारीकाल भरी नभोगेको दैनिक केसको भारी बोक्न अभिशप्त छ। वृद्ध जनसंख्याको खोप दर न्यून हुँदा स्थिति झन खतराजनक भइरहेको अवस्था छ। माउभूमि चीनले डेल्टा भेरिएन्ट संग लडदा अपनाएको शुन्य कोभिड नितिलाई अवलम्बन गर्नुको विकल्प  छैन हङकङसंग। तर शुन्य कोभिड सहनशीलताको कार्यविधिलाई पनि छिर्के  लगाउदै निरन्तर संक्रमणको सुइ उक्लिनु आफैमा बडेमानको चुनौती भैरहेको छ।

हङकङका अधिकारीहरूले अहोरात्र खटिएर  सावधानीपूर्वक सम्पर्क-ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइनका मापदण्डहरुलाइ तदारुकताका साथ अगाडि बढाएका कारण धेरै हदसम्म शहर सुरक्षित रहेको बुझ्न सकिन्छ । शनिबार हङकङका अधिकारीहरूको एक प्रतिनिधिमण्डल प्रकोप व्यवस्थापनमा बेइजिङ्गको सहयोग खोज्न  शेन्जेन गएका थिए ।

त्यसो त सन २०१९ मा प्रजातन्त्रका पक्षधरले गरेको विशाल सरकार बिरोधि आन्दोलनले हङकङको शान्तिलाई खलबल्याएको थियो । त्यसबेलाको अशान्तिलाई व्यवस्थापन गर्न पनि बेजिङ्ग नै अगाडि नआइ भएको थिएन । र यस पटक फेरि हङकङलाई बेजिङ्गको बिशेष सहयोग अपरिहार्य भएको छ ।

१६ फेब्रुअरी बुधबार ११:३० बजे

युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले बुधवार १०,००० भन्दा बढी कोभिड पुष्टि  बिरामीहरू अस्पताल भर्ना हुनको लागि घरमै पालो कुरेर बसेका छ्न भनेका थिए । उनले यस्तो अवस्थामा नागरिकहरू स्वयंले संक्रमित हुने सम्भावनालाई कम गर्न  सावधानी अपनाउनु पर्ने कुरामा जोड दिए।

भाइरसलाई आफ्नो घरभित्र पस्न नदिन नागरिकहरूले प्रकाश सुरुङ (अग्ला भवन बीच हावा र प्रकाश छिरोस भनेर बनाइएको ग्याप अर्थात लाइटवेल) पट्टी पर्ने  झ्यालहरू नखोल्न सुझाव दिएका थिए ।

स्वास्थ्य अधिकारीहरूले अस्पताल भर्नाको लागि घरमा पर्खिरहेका संक्रमित जनलाई भिडियो कल मार्फत स्वास्थ्य संबंधी आवश्यक जानकारी तथा औषधि पनि  पुर्‍याइ दिनु पर्छ भनेका थिए ।

१६ फेब्रुअरी १४:०० बजे

बुधवार दिउँसोदेखि मा अन शानको यीउ अन एस्टेट पर्ने मा यिउ पिंग हाउस र  तुङ चुङको मुन तुङ इस्टेटमा पर्ने मुन वो हाउसमा लकडाउन गरेका थिए । ती भवनबाट संकलित ढलको नमूना पोजिटिभ देखिएपछि यो कदम चालिएको थियो ।

भ्याक्सिन पास लागू गर्नु अन्यायपूर्ण

१६ फेब्रुअरी १५:०० बजे

“नो  भ्याक्सिन नो एन्ट्री ” अर्थात खोप नलाउनेलाई प्रवेश निशेधको नीति हङकङमा फेब्रुअरी २४ तारीखबाट लागू हुदैछ। यो निति अनुरुप सरकारले तोकेको निश्चित एरियामा भ्याक्सिन प्राप्त नगरेका नागरिकलाई प्रवेश गर्न मनाही गरिनेछ । तर हालै एक नागरिकले खोप नलाएका स्वस्थ नागरिक माथी यस्तो प्रतिबन्ध लगाउनु भेदभावपूर्ण र असंवैधानिक छ भनेका छ्न। र उनले यो नीति खारेज गरिपाउँ भनी अदालतमा उजुरी हालेका छ्न।
मानिसलाई खोप लाउन जबरजस्ती गर्नुको सट्टा अधिकारीहरूले शाकाहारी भोजन, बौद्ध धर्मग्रन्थको अध्ययन  र दयालु कर्मद्वारा रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई बढावा दिनुपर्छ भनेका छ्न  उक्त व्यक्तिले।

वङ ताई सिन निवासी चुङ सुङ-वङले फेब्रुअरी १५ तारीख मंगलबार सर्वोच्च अदालतमा यस  खोप नीति माथि न्यायिक पुनरावलोकन गरियोस भनेर मुद्दा  दायर गरेका थिए ।

रिटमा कार्यकारी प्रमुखको कार्यालयलाई प्रतिवादी बनाइएको छ।

खोप नलगाएका नागरिकको स्वतन्त्रतालाई सीमित गर्नु भनेको उनीहरुको अधिकारको हनन हो। किनकि खोप लगाउने वा नलगाउने कुराको निर्णय गर्ने अधिकार र स्वतन्त्रता जनतामा निहित हुनु पर्दछ उनले भने।

भ्याक्सिन पासले खोप लगाएका र नलगाएक बीच  भेदभाव सिर्जना गर्दछ। जसले महामारी विरुद्ध लडन र अर्थतन्त्रलाई व्युउँताउन अडचन ल्याउने तर्क उनले पेश गरे।

उनले भने- यदि नागरिकले खोप लाउनको सट्टा आफ्नै रोग प्रतिरोधात्मक शक्ति बढाउने निधो गरे भने सरकारको स्रोत र जनशक्ति नै बच्नेछ र जुन कुरा चिनियाँ  मितव्ययीताको मूल्य मान्यता अनुरूप पनि छ।

१६ फेब्रुअरी १६:०० बजे

रातभरको परीक्षणबाट ३० भन्दा बढी प्रारम्भिक कोभिडका केसहरू फेला परेपछि शेङ शुई स्थित  चिङ हो इस्टेटको चिङ लङ हाउसमा जारी लकडाउन अरु एक दिन थपिएको थियो ।

मंगलबार साँझ यहाँका एक निवासी  प्रारम्भिक पोजिटिभ र ढलको नमूना पनि पोजिटिभ भेटिएपछि यो आवासीय ब्लकलाई लकडाउन गरिएको  थियो।

हङकङमा ४,२८५  कोविड संक्रमण,७,००० प्रारम्भिक पोजिटिभ

  १६ फेब्रुअरी २०२२ १७:०० बजे

हङकङमा बुधबार ४,२८५ कोविड संक्रमण केस फेला परयो। प्रारम्भिक पोजिटिभ केस संख्या ७,००० थियो ।

बुधबार एक दैनिक प्रेस ब्रीफिङमा, अधिकारीहरूले कुनै अन्तर्निहित रोग नभएको तीन वर्षीया बालिका सहित थप नौ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यी वालिका हङकङमा कोभिडबाट मृत्यु हुने सबैभन्दा कम उमेरकी  मानिस हुन। अन्य  मृत्यु हुनेमा एक ३७ वर्षीय पुरुष र  आठ जना वृद्ध बिरामीहरू थिए ।

४५ देखि ९१ वर्ष बीचका  थप १७ जना कोभिड बिरामीको अवस्था गम्भीर थियो ।

विगत १४ दिनमा पुष्टि केसहरू मध्ये १७ प्रतिशत १८ वर्ष मुनिका बाल रोगीहरू थिए जसमा ९ प्रतिशत ६ वर्ष  वा सो भन्दा मुनिका थिए ।

अस्पताल प्राधिकरणले बुधवारदेखि अस्पताल भर्ना हुन वा आइसोलेसनको पर्खाइमा रहेका लक्षण सहितका बिरामीहरूका लागि सात वटा कोभिड क्लिनिक संचालनमा आएको बताएको थियो ।

बिरामी सुरक्षा तथा जोखिम व्यवस्थापन प्रमुख प्रबन्धक सारा हो युन-हाले क्लिनिक सञ्चालन भएको  पहिलो दिन नै लगभग ७००  अपोइन्टमेन्ट बुकिङ भएको बताइन।
कोभिड भएका आफ्ना बच्चाहरूको अवस्थालाई बिशेष  ध्यान दिनु पर्ने सल्लाह उनले अभिभावकलाई दिइन। प्रत्येक चार घण्टामा उनीहरूको तापक्रम जाँच्ने र उनीहरूको भोक र दिशापिशावको समय  रेकर्ड गर्न सुझाव दिइन।

बच्चाहरू ज्वरोबाट पीडित भए पनि सक्रिय र चंचल छन भने आमाबाबुले  धेरै चिन्ता गर्नुपर्दैन र तापक्रम कम गर्न मनतातो पानीमा  तौलिया भिजाएर शरीर पुछ्न सक्नुहुन्छ  उनले भनिन।
तर यदि औषधि सेवन पश्चात पनि ३९ डिग्री सेल्सियसभन्दा माथि लामो समयसम्म तापक्रम रहेको अवस्था भएमा आमाबाबुले एम्बुलेन्स बोलाउनुपर्छ भन्ने सुझाव दिइन।

१६ फेब्रुअरी १९:०० बजे

कोविड बिरामीहरूलाई तोकिएको क्लिनिक र बिरामीको घरसम्म आवतजावत गर्न  करिब ३०० वटा ट्याक्सीहरु यात्रु वाहक पोतको रूपमा फेब्रुअरी १८ तारीख शुक्रबारदेखि सञ्चालन हुने अधिकारीहरूले बुधबार घोषणा गरेका थिए ।

अस्पताल भर्ना हुन वाआइसोलेसनको लागि प्रतीक्षामा रहेका कोभिड बिरामीले तोकिएका क्याब (ट्याक्सी ) हरू अनलाइन वा फोनबाट बुक गर्न सक्छन र तोकिएको शहरका विभिन्न ७ वटा कोविड क्लिनिक मध्ये कुनै एकमा जान सक्छ।

बुकिङ हटलाइन नम्बर :३६९३ ४७७०


कलिङ समय : बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म
अन्लाईन बुकिङ साइट


http://www.designatedtaxihk.com/

सामान्य ट्याक्सीमा जस्तै यात्रुले पनि मिटर अनुसार भाडा तिर्नुपर्नेछ ।

क्वारेन्टाइन र आइशोलेसनको लागि एक लाख वटा कोठा उपलब्ध हुने

१६ फेब्रुअरी २०:००बजे

हङकङमा अस्पताल र अन्य इलाकामा स्थापित आइसोलेसन सेन्टरले कोभिड केसको चापलाई धान्न नसकेपछि हङकङकि कार्यकारी प्रमुख क्यारीले होटेल सेक्टरसंग वार्ता गरेर कम्तिमा १००,०००( एक लाख ) वटा होटेल कोठाहरू कोभिड बिरामीका लागि उपलब्ध गराउन सहमत गराएकी छिन। होटेलका ती कोठाहरुलाई  सामुदायिक आइसोलेसन सुविधामा परिणत गराइनेछ।

लामले बुधबार दिउँसो रियल स्टेट डेभलपर्स एसोसिएसनका सदस्यहरूसँग भिडियो कन्फरेन्स गरेकी थिइन । उनले सहरका होटल संचालकहरूलाई हल्का वा लक्षणहिन कोभिड- बिरामीलाई क्वारेन्टाइनमा राख्न कोठा उपलब्ध गराउन आह्वान गरेकी थिइन।

बैठकमा भाग लिने सदस्यहरूमा वार्फ (होल्डिंग्स), च्यङ कङ होल्डिङस र सन हुङ केई प्रोपर्टीजहरू थिए।

गर्भवतीले यथाशीघ्र खोप लाउनु पर्ने

१६ फेब्रुअरी २२:०० बजे

हङकङमा विगत दुई हप्ताको अवधिमा  ६० जना भन्दा बढी गर्भवती महिलाहरु  कोभिडद्वारा संक्रमित भएका थिए । जबकि विगत दुई वर्षको प्रकोपमा केवल कुल ५० गर्भवती महिलाहरू मात्र संक्रमित भएका थिए ।

गर्भवती महिलाहरूले जतिसक्दो चाँडो खोप लगाउनुपर्छ किनकि कोभिड सङक्रमित गर्भवतीले नियमित समय भन्दा चाँडै बच्चा जन्माउने सम्भावना दोब्बर हुन्छ। साथै  नवजात शिशुको मृत्युदर पनि ५० प्रतिशतले बढछ, एक विज्ञले भने।

अस्पताल प्राधिकरण प्रसुती तथा स्त्रीरोग समन्वय समितिका अध्यक्ष आउ यङ काम-च्युनले बुधबार सबै ६० जना  गर्भवती बिरामीको अवस्था स्थिर रहेको र १५ जना चुन मुन अस्पतालमा बसिरहेका बताए ।

आउ यङको भनाइ अनुसार  सहरको गर्भवती जनसंख्याको २० देखि ३० प्रतिशतले मात्र खोप लगाएको छन। जसमध्ये अधिकांशले उनीहरू गर्भवती हुनुअघि खोप लगाएका थिए।

“खोपबाट उत्पन्न हुने एन्टिबडीहरू नाभीको माध्यमबाट शिशुमा जान सक्दछ। नवजात शिशुहरूले पनि स्तनपानबाट एन्टिबडीहरू प्राप्त गर्न सक्छन ”उनले थपे।

तपाईको प्रतिक्रिया