२० फेब्रुअरी आइतबार २०:०० बजे । क्रान्ति सुब्बा । हङकङ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

हङकङमा फेब्रुअरी २० तारीख  आइतवार ६,०६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छ्न।  र गत २४ घन्टाभित्र १४ जना नागरिकले कोभिडबाट  ज्यान गुमाएका छ्न।

महामारी शुरु भएको दुई वर्षको  दर्वियानमा हङकङमा   दैनिक ६,००० भन्दा बढी केसहरू देखिएको  यो तेस्रो पटक हो। मात्र १२ थान केस आयातित थिए  भने शेष ६,०५५ वटा केस स्थानीय थिए। जसमा ३२ जना  डेल्टा बोक्ने बिरामी   थिए । ३,१९९ जनामा ओमिक्रोन संक्रमण भएको विश्वास गरिएको थियो। थप ११४ केसहरूको हैसियत निर्धारण हुन  बाँकी रहेको थियो ।

२४० भन्दा बढी वृद्ध आश्रमहरु संक्रमित भएका छ्न। हाल सम्म आश्रमका १९७ जना कर्मचारी र ६७२ जना वासिन्दा पोजेटिभ पुष्टि भैसकेका छ्न।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक  एडविन चुई लोक-किनका अनुसार हङकङमा अत्यन्तै गम्भीर रुपले संक्रमणको प्रकोप झाँगिरहेको छ । र केसहरू अझै बढने दिशामा प्रवृत्त छन,जसले सहरको महामारी विरोधी क्षमतालाई नै ठूलो तनावमा पारेको छ। विभिन्न अस्पताल र आइसोलेसन स्थलका ६,००० भन्दा बढी सैयाहरु ओगटिसकिएको छ।

थप नमूनाहरू प्रयोगशालाहरूमा पठाइने क्रम जारी छ। मानिसहरूले नतिजा सुन्न  धेरै दिन कुर्नु पर्ने दशा छ।

संक्रमित नागरिक जो अस्पतालमा भर्ना हुन वा सामुदायिक आइसोलेसन सुविधाहरूमा जानको लागि घरमा प्रतीक्षा गरिरहेछ्न उनीहरुले अहिलेको समयमा सरकारले गरिरहेको प्रयासलाई बुझेर धैर्य पुर्वक बसिदिन उनले  आग्रह गरे। धेरै होटलहरू आइसोलेसन सेन्टरमा परिणत भइसकेका छन। र पेन्नि बे र काई ताक क्रूज टर्मिनलमा जम्मा १०,००० आइसोलेसन फ्ल्याटहरू उपलब्ध हुने भएकाछ्न।

अस्पताल र आइसोलेसन सेन्टरहरूमा शैयाको संख्या  सीमित भएकाले त्यो जग्गा अती उच्च जोखिममा रहेका बिरामीहरूको लागि मात्र उपलब्ध गराइने उनले बताए । हल्का लक्षण भएकाहरूलाई परिवारका सदस्यहरूबाट छुट्टिएर घरमै बस्न आग्रह गरिएको छ।

संक्रमित जनले नियमित रूपमा आफ्नो शरीरको तापक्रम जाँच गर्नुपर्छ र आवश्यक परेमा तोकिएको कोभिड क्लिनिकहरूमा जान हस्पिटल अथोरिटीको  हटलाइनमा कल  गर्न सक्दछ्न । त्यस हटलाइनमा कल गरेर आवश्यक सल्लाह पनि  लिन सकिन्छ ।

संक्रमितहरूलाई जतिसक्दो चाँडो सूचना प्याकहरू वितरण गरिनेछ। अधिकारीहरूलाई सम्पर्क ट्रेसिङ गर्नमा मद्दत पुरयाउन  बिरामीहरूलाई इलेक्ट्रोनिक फारम भर्न पनि प्रोत्साहन गरिन्छ।

१४ औं दिनमा नेगेटिभ आएका बिरामी र उनका परिवारका सदस्यहरू सामान्य जीवनमा फर्कन सक्ने  सल्लाह दिए।  नियन्त्रकले नागरिकहरूलाई भेटघाट  कम गर्न, सामाजिक दूरी अवलोकन गर्न र बूस्टर खोप प्राप्त गर्न पुनः अनुरोध गरे।
गर्भको बच्चालाई बचाउन गर्भवती महिलाहरूले पनि खोप लगाउनु पर्छ उनले भने।

हालमा कुल ३,६०१ जना कोविड बिरामीहरू अस्पतालमा भर्ना छन । २,३०० जना रोगी पेन्नी बे र २०० जना रोगी डोरसेट चुन वान होटलको आइशोलेसन फेसिलिटिमा बसेका छ्न । १४ जना बिरामीको मृत्यु भएको छ भने २७७ जना डिस्चार्ज भएका छन ।

तपाईको प्रतिक्रिया