क्रान्ति सुब्बा

मार्च महिनाबाट दैनिक १० लाखको दरले कोभिड परिक्षण हुने

स्रोतले जनाए अनुसार सबै हङकङवासीहरूले मार्च महिनादेखि समूहगत रूपमा  अनिवार्य कोभिड परीक्षण गराउनुपर्नेछ। र  केही नमूनाहरू परिक्षण सम्पन्नहेतु सेन्जेन प्रयोगशालाहरूमा पठाइनेछ।

पाँचौं लहर बढदै गएपछि हङकङ  सरकारले सबै ७५ लाख बासिन्दाहरूलाई परीक्षण गराउन आदेश दिने निर्णय गरेको थियोे । परीक्षण मितिहरु हङकङ परिचय पत्र नम्बरको आधारमा तय गरिनेछ भनिएको छ।

दैनिक अधिकतम १० लाख मानिसको परीक्षण गरिने छ र प्रत्येक व्यक्तिले तीन हप्ता भित्र तीन पटक  परीक्षण गर्नुपर्नेछ।

यो पछिल्लो प्रस्तावमा जिल्लाहरूलाई एक एक गरेर लकडाउन गर्ने कुरा समावेश छैन। तर परीक्षण आदेशको पालना नगर्नेलाई हङकङ डलर १०,०००  जरिवाना गरिने कानुनी प्राबधान राखिएको छ।
यो परीक्षण योजनाको एउटा विवादास्पद पक्ष भनेको केही बासिन्दाको नमूनाहरू शेन्जेन पठाइनु रहेकोे छ। हङकङमा हुने शहरव्यापी परीक्षणको नतिजालाई प्रकाशन गर्ने ल्याकत भएको ल्याव नहुनूले शेन्जेन पठाउने स्थिति आइपर्न लागेको हो।

हुन त मा ओन शानमा रहेको बिजिआइ (BGI) को हुयान (Huoyan ) प्रयोगशाला यही  महिनाको अन्त्य तिर परिचालन हुने कुरा छ। यो ल्यावले  दैनिक ३००,००० ( तीन लाख ) नमूना परीक्षण गर्न सक्दछ।

दिनको तीन लाखको दरले टेस्ट भएमा  हङकङको ७५ लाख जनसंख्याको  परीक्षण पूरा गर्न २५ दिन लाग्नेछ। प्रकोपको रफ्तार अति स्पिड भएका कारण यो समय यो समय सिमा अस्वीकार्य हुने जनाइएको थियो ।

त्यसउसले अधिकारीहरु समक्ष झटपट परिमाण प्राप्त गर्न नमूनाहरु शेन्जेन पठाउनु नै उत्तम विकल्प हुने धारणा राखेका थिए। गम्भीर प्रकोपका कारण हङकङमा थप अस्थायी प्रयोगशालाहरू निर्माण गर्न पर्याप्त समय नहुनु पनि अर्को एउटा कारण हो।

यसअघि कार्यकारी परिषदको बैठकमा पनि यस विषयमा छलफल भएको थियो र कसैले पनि आपत्ति नजनाएको अवस्था थियो ।

नागरिकको गोपनीयता भंग हुन्छ या हुन्न भन्ने सवालमा  एक स्रोतले जनाए अनुसार तपाईंको नाम दर्ता भैसकेपछी नम्बरसहित लेबल गरिएको नमूना बोतल  तपाईलाई दिइनेछ। नम्बर  अंकित बोतल मात्र सेन्जेनमा पठाइनेछ। व्यक्तिगत विवरणहरू पठाइने छैन।

जब नमूनाको परीक्षण पोजेटिभ  हुन्छ तब बिरामी पहिचान गर्न त्यस नमूनासंग संबंधित दर्ता नम्बर संग  मिलाइनेछ।

यो परिक्षण अभियानलाई  साकार तुल्याउन प्रत्येक जिल्लालाई पालैपालो एकेक गरेर लकडाउन गर्ने योजना बारे पनि छ्लफल भएको थियो । तर त्यसको असर जनजीवनमा भयंकर पर्ने भएकोले त्यसलाई रद्द गरिएको थियो ।
यसको सट्टामा सरकारले सहरभरि थप परीक्षण केन्द्रहरू स्थापना गर्नेछ र मानिसहरूलाई हङकङ आइडी नम्बरका आधारमा तय गरिएको रोलक्रम अनुसार  परीक्षण सम्पन्न गराइने छ।

हङकङको मेडिकल सिस्टमले घुँडा टेक्यो

१७ फेब्रुअरी बिहीबार १३:०० बजे

कम्बल र थर्मल शिल्डहरू मुनि बेरिएर  दर्जनौं वृद्ध बिरामीहरू हङकङको सरकारी अस्पताल बाहिर फोल्डिङ शैयामा जाडोले काम्दै बसिरहेका देखिन्छन। हङकङमा ओमिक्रोनले ल्याएको कोरोनाभाइरसको पाँचौं लहर निकै महंगो भएकोछ। हङकङको चिकित्सा प्रणाली पहिलो चोटि महामारीको अगाडि यसरी घुडा टेक्नु परेको थियो । अस्पताल बाहिर रोगीहरुले कहिल्यै यस्तो पाराले अलपत्र हुनु परेको थिएन ।

“हामी यसलाई फिवर जोन (ज्वरो क्षेत्र) भन्छौं,” डल्लै  शरीर सुरक्षात्मक गियरले बेरिएकी  एक नर्सले नाम बताउन अस्वीकार गर्दै एएफपीलाई बताएकी थिइन।  “धेरै नजिक नजानुहोस।” बिरामीहरु छिछी र दुर दुरका पात्र भएका थिए । वास्तवमा हङकङ कोरोनाभाइरस प्रकोपको सबैभन्दा खराब  चपेटामा पिसिएको थियो ।

फेब्रुअरी १४ तारीख सोमबार शाम शुई पो जिल्लामा रहेको  कारिटास मेडिकल सेन्टरले आफ्नो परिसर  बाहिर अलग्गै पालहरू स्थापना गर्न थालेको थियो । एउटा पालमा एक जना कोविड बिरामी मात्र बस्ने व्यवस्था गरिएको थियो ।

तर बुधबार साँझसम्म आइपुग्दा स्थिति विकराल बनिएको देखिन्थ्यो । परिवारका सम्पूर्ण सदस्यहरु जाडोका कारण एउटै पालमा घुस्रीएर बसेका देखिन्थे। करिब ५० जना जस्तो बिरामीहरु फेब्रुअरीको चिसोमा अस्पताल परिसर बाहिर राखिएको सैयामा बेहाल शैलीमा लडिरहेका थिए।

“मेरा केही सहकर्मीहरू भन्छन अहिले हामी रणभूमिमा छौं” डेभिड चानले भने, क्यारिटासका आपतकालीन कोठाका नर्स जो हङकङको अस्पताल प्राधिकरण कर्मचारी गठबन्धनका कार्यवाहक अध्यक्ष पनि हुन।

“यो हप्ताको अन्त्यतिर  बिरामीहरूको अवस्था झन बिग्रन्छ कि भनेर हामी चिन्तित छौं ।” उनले एएफपीलाई भने, “अति अवांछनीय” अवस्था प्रति तिक्तता व्यक्त गर्दै ।

मुल  भूमि चीनले अपनाएको शून्य-कोविड रणनीति हङकङले अनुशरण गर्दा भाइरस संक्रमणलाई साइजमा राख्न सक्षम थियो हङकङ । जसको लागि ग्लोबल वित्तीय सेतु हङकङले एकलकाँटे बन्ने रिस्क पनि लिएकै हो।

महामारीको फैलावट डढेलो लागे झैँ सल्किनु अघि त प्रत्येक संक्रमितलाई कोभिड आइसिलेसन वार्डमा विशिष्ट तवरले उपचार गरिन्थ्यो र संक्रमित जनको नजीकको सम्पर्कमा रहेकालाई समेत क्वारेन्टाइन क्याम्पमा लगिन्थ्यो।
तर जब अतिशय उच्च संक्रमण हुति बोकेको ओमिक्रोन संस्करण रंगशालामा देखापरयो तब हङकङको मेडिकल सिस्टम गर्ल्यामगुर्लुम ढल्यो। संक्रमितले घरमै बसेर आफ्नो उपचार आफै गर्ने दिन शुरु भयो।
ओमिक्रोन सुनामी आउनु अगाडि दुई वर्षको अबधिमा हङकङले सरदर १२,००० केस रेकर्ड गरेको थियो तर हालमा एकैदिनमा चार पाँच हजार केस देख्नुपरेको छ।

हङकङले सिंगापुरबाट सिक्नु पर्छ

१७ फेब्रुअरी बिहीबार १८:०० बजे

हङकङ कन्भेन्सन एन्ड एक्जिविसन सेन्टर (कछुवा आकारको भवन) लाई  हल्का लक्षण भएका कोभिड-१९ का बिरामीहरूलाई राख्ने सामुदायिक आइसोलेसन सुविधा (कम्युनिटी आइशोलेसन फेसिलिटी) मा परिणत गर्नु पर्ने सुझाव श्वासप्रश्वास रोग विशेषज्ञ डेभिड हुइ शु-च्यङले पेश गरेका थिए ।

दैनिक संक्रमण संख्याले अस्पतालहरूको सम्पूर्ण बेड भरिएपछी भर्ना हुन आएका नयाँ  बिरामीहरु अस्पताल बाहिर टेन्टमा, कार पार्क अथवा खाली स्थानमा अलपत्र पर्न थालेपछि उनले यो सुझाव ल्याएका हुन।

बिहीबार एक रेडियो कार्यक्रममा हुइले अस्पतालमा भर्ना भएका धेरै बिरामीहरू स्थिर अवस्थामा रहेको तर डिस्चार्जको सर्तहरू पूरा गर्न बाँकी रहेको बताए। हो त्यस्ता स्टेबल बिरामीलाई सरकारले आइसोलेसनको लागि एक्जिबिसन सेन्टरमा लैजान सक्छ जसले गर्दा एक्सिडेन्ट एन्ड इमर्जेन्सी एरियामा कुरेर बसेका कोभिड संक्रमितले शैया प्राप्त गर्न सक्छ।

डेभिड हुइ (इन्सेटमा)

उनले साइकल थ्रेसहोल्ड (CT) भ्याल्लु ३० भन्दा कम भएका बिरामीहरूलाई पब्लिक हाउजिङ  ब्लक वा होटेलमा व्यवस्थापन गरिएका आइसोलेशन सेन्टरमा पठाउनु भन्दा एक्जिबिसन सेन्टरमा पठाउनु बढी प्रभावकारी हुने बताए।

हुइले  सिंगापुरबाट पनि सिक्नु पर्ने  सुझाव पेस गरेका थिए । जहाँ एसिम्प्टोमेटिक(लक्षणहिन) वा हल्का केसहरूलाई सात दिनसम्म घरमा क्वारेन्टाइन बस्न लागाइन्छ  र भाइरस शरीरबाट साफ नभैन्जेल  हरेक दिन परीक्षण गराइन्छ।

“सिङ्गापुरमा खोप लगाएका बिरामीहरू जो क्वारेन्टाइनमा बसेका छ्न सातौं दिनमा उनीहरुको रिपोर्ट  नेगेटिभ आएमा उनीहरुलाई  क्वारेन्टाइनबाट छुटकारा दिइन्छ । “

  सिंगापुरको खोप दर तुलनात्मक रूपमा उच्च छ र बस्ने घर पनि अधिक फराकिला छ्न त्यसैले हङकङले सिंगापुरको अनुकरण गर्न नसक्ने देखिन्छ ।

“ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ  भने बिरामीको घर आइसोलेसनको लागि उपयुक्त छ कि छैन हेर्नु पर्छ । यदि घरमा वृद्ध वा साना बच्चाहरू छन अवश्य उक्त घर  उपयुक्त नहुन सक्छ।”

१७ फेब्रुअरी बिहीबार

.फेब्रुअरी १७ बिहीबार  कुल संक्रमित संख्या -६,११६
.स्थानीय संक्रमण संख्या – ६,१०७
.आयातित केस संख्या – ९
. प्रारम्भिक पोजेटिभ केस संख्या : ६,३००
.मृत्यु संख्या : २४

सार्वजनिक अस्पताल बाहिर टेन्टमा कन्त बिजोक तालमा बिरामीहरु बसेको कुरूप दृश्य अन्तर्राष्ट्रिय समाचारको हेडलाइन नै बन्यो। हङकङका  स्वास्थ्य अधिकारीहरूले लोक लाज ढाक्न कै लागि भए पनि  सामुदायिक आइसोलेसन सुविधामा बिरामीहरूलाई तुरुन्तै प्रभावकारी रूपमा डिस्चार्ज गर्ने घोषणा पनि गरे।

अस्पताल प्राधिकरणको बिरामी सुरक्षा र जोखिम व्यवस्थापनका प्रमुख प्रबन्धक सारा हो युन-हाले ३६ देखि ९८ वर्ष उमेरका १४ पुरुष र १० महिलासहित २४ जनाको मृत्यु भएको बताइन।

चीनबाट महामारीवेत्ताको पहिलो टोलि आयो

१७ फेब्रुअरी १९:०० बजे

कार्यकारी प्रमुख क्यारी लाम  र हङकङ सम्पर्क कार्यालयका अधिकारीहरूले बिहीबार दिउँसो सेन्जेन बे पोर्टमा मुल भूमि चीनबाट महामारीविदहरूको टोलीलाई स्वागत गरेका थिए ।

रोग नियन्त्रण तथा  रोकथाम केन्द्र ग्वाङडोङका विज्ञहरूले  मा अन शान स्पोर्टस सेन्टरमा रहेको  हुओ-यान कोभिड टेस्टिङ प्रयोगशाला  निरीक्षण कार्यक्रम पनि रहेको थियो ।

क्यारी लाम चीनिया टोलिलाई स्वागत गर्दै

मेन ल्यान्ड चीनका विज्ञ टोलि र हङकङका  महामारी विशेषज्ञहरू बीच हुने बैठकमा सर्वप्रथम मुल भूमि चीनमा ओमिक्रोन भेरिएन्टलाई कसरी  रोकथाम र नियन्त्रण गरिएको थियो भन्ने बारेको  अनुभव बताइने छ भनिएको थियो ।

तिनीहरूले हङकङले अभ्यास गरेको कार्यविधिलाई पनि  व्यापक निरीक्षण गर्नेछन र हङकङको बिशिस्टतामा के कस्ता महामारी रोकथाम र महामारी विरोधी कार्यहरू सम्पन्न गर्न सकिन्छबारे  मार्गदर्शन दिनेछन। जसमा भाइरस पत्ता लगाउने, क्वारेन्टाइन, महामारीगत अनुसन्धान र वातावरणीय अनुसन्धानहरू समावेश थिए ।

मा ओन सानको ल्याव

वास्तवमा हङकङ आएका विज्ञ टोलिमा चीनको राष्ट्रिय महामारी अनुसन्धान विशेषज्ञ समूहका सदस्यहरू संलग्न छ्न। जो उदीयमान संक्रामक रोग र कोभिड-१९ प्रकोप विरुद्ध लडन अनुभवी मानिन्छन ।

टोलीमा चिकित्सा प्रयोगशाला प्राविधिकहरू र अन्य सम्बन्धित कर्मचारीहरू साथै मोबाइल न्यूक्लिक एसिड टेस्टिङ सवारी साधनहरू पनि समावेश थिए।

मुल भूमि  चीनको स्वास्थ्य अधिकारीको भनाइ अनुसार  अर्को कदम भनेको भाइरस नियन्त्रण गर्न हङकङ सरकारलाई चीनको स्वास्थ्य प्रणालीबाट कसरी स्रोत साधन उपलब्ध गराउन सकिन्छ त्यसको लागि  समन्वय गर्नु हो।

१७ फेब्रुअरी १९:०० बजे

रातभरको लकडाउनबाट १२२ प्रारम्भिक पोजिटिभ  केस पत्ता लागेपछि अधिकारीहरूले बिहीबार मा अन शानको यिउ ओन एस्टेट र तुङ चुङको मुन तुङ इस्टेटमा जारी लकडाउन अबधि अरु एक दिनको लागि थपेका थिए ।

ढल नमूना पोजिटिभ भएपछि यिउ अन एस्टेटमा रहेको यिउ पिङ हाउस र मुन तुङ एस्टेटको मुन वो हाउसलाई बुधवार लकडाउनमा राखिएको थियो।

लकडाउनको क्रममा यिउ पिङ हाउसबाट ५४  प्रारम्भिक पोजिटिभ  र तीन अनिश्चित केस पहिचान गरिएको थियो ।  मुन वो हाउसमा ६८ प्रारम्भिक पोजिटिभ र तीन अनिश्चित केस पत्ता लागेको थियो ।

संक्रमणलाई थप फैलिन नदिन शुक्रबार (फेब्रुअरी  १८) सम्म लकडाउन लम्ब्याइएको थियो ।

१७ फेब्रुअरी २१:०० बजे

शाम शुई पोको शेक किप मेइ एस्टेटमा रहेको मेई वुई हाउसलाई बिहीबार राति त्यहाँको ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएपछि लकडाउन गरिएको थियो।

शुक्रबार दिउँसो १ बजेतिर लकडाउन खुकुलो हुने बताइएको थियो ।

तपाईको प्रतिक्रिया