२२ फेब्रुअरी मंगलबार । हङकङ । क्रान्ति सुब्बा ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

हङकङमा आज मंगलबार थप ३२ जनाको मृत्यु कोभिड-१९ बाट  भएको छ। साथै  ६,२११ वटा नयाँ केसहरू रिपोर्ट गरिएको छ। आज मृत्युवरण गर्ने  सबैभन्दा कम उमेरका व्यक्ति वर्ष  ४५ का रहेका छ्न।

आयातित केस :३
स्थानीय केस :६,२०८
डेल्टा केस :३१
ओमिक्रोन :३,२६१
पेन्डिङ : २१३
अनिश्चित : ७६

यो महिनाको शुरूवातबाट केसको वृद्धि दर  ६४ गुणा भन्दा बढी देखिएको छ। फेब्रुअरी १ तारीख जम्मा १२६ वटा केस रिपोर्ट गरिएको थियो ।
३०० भन्दा भन्दा बढी ज्येष्ठ नागरिक आश्रमहरुमा संक्रमण फैलिएको छ। आश्रमका २३० जना कर्मचारी र ८२० जना वासिन्दा पोजेटिभ कि त पृलिमिनरी पोजेटिभ भएका छ्न।

केही समय अगाडि  हङकङ विश्वविद्यालयका अन्वेषकहरूले यदि पुर्ण लकडाउन  नगरिएमा यो पाँचौं लहरबाट कुल ६२५,००० मानिसहरू संक्रमित हुन सक्ने भविष्यवाणी गरेका थिए । र संक्रमितको संसर्गमा आएका घनिष्ठ संपर्क सुचीमा पर्नेको संख्या लगभग १९ लाख पुग्नेछ भनिएको थियो ।

मंगलबार सम्पन्न एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले जानकारी दिए अनुसार मृत्यु हुने २७ जना ६० वर्ष वा सो भन्दा माथिका थिए भने मृत्यु हुने सबैभन्दा पाको मानिस १०३ वर्षका थिए । मृत्यु हुने १७ जना पुरुष र १५ जना महिलामा धेरैजसो वृद्धले खोप लगाएका थिएनन। पाँचौ लहर शुरु भैकन जम्मा १४५ जनाको मृत्यु भएको छ जसमा ३ जना नावालक पनि परेका छ्न

मृत्यु हुने ४५ वर्षीय बिरामी पिण्ड रोगबाट पीडित थिए जो केयर होममा ओछ्यानमा थला परेका थिए ।

उमेर ५६ देखि ९५ वर्षका अन्य १९ जना बिरामी अहिले जीवन र मरणको दोसाँधमा अस्पतालमा संघर्ष गरिरहेका छन।

हङकङ विश्वविद्यालयका अन्वेषकहरूले हाल लागु अवस्थामा रहेका महामारी विरोधी उपायहरूले अपेक्षित परिणाम दिन असफल भएको बताएकाछ्न ।

स्थितिलाई आमूल रूपमा व्यवस्थापन नगरेको खण्डमा अर्को महिनाको शुरुआतबाट एकै दिनमा कुनै दिन १८३,००० वटा केस सम्म देख्न सकिन्छ र मार्चको मध्यताका एक दिनमा सय जना सम्मको  मृत्यु हुन सक्छ भनेका छ्न विदहरुले।

हालै गरिएको पछिल्लो भविष्यवाणीले मे महिनाको मध्यसम्ममा  दैनिक संक्रमण संख्या ४०० मा झर्नेछ।  मे महिनाको मध्य  सम्ममा मृत्यु हुनेको संख्या ३,२०० भन्दा बढी हुनेछ।

यदि टोटल लकडाउन नगरिएमा प्रकोपको यो पाँचौं लहरले कुल ६२५,००० मानिसहरू संक्रमित हुन सक्छन भनिएको छ । 

निर्दिष्ट स्थान बिशेषको उडान निलम्बन संयन्त्र अन्तर्गत हङकङकि कार्यकारी प्रमुख क्यारी लामले पुर्ववत समयबाट प्रतिबन्धित ९ वटा देशका उडानको निलम्बन समय अप्रील २० तारिख सम्म थपिएको घोषणा आज गरिन। उडान निलम्बनमा परेका देश हुन- अस्ट्रेलिया ,क्यानाडा ,फ्रान्स ,इन्डिया ,पाकिस्तान ,फिलिपिन्स ,नेपाल , युनाइटेड किङडम र युनाइटेड स्टेस्टस अफ अमेरिका ।

तपाईको प्रतिक्रिया