२३ फेब्रुअरी बुधबार । हङकङ । क्रान्ति सुब्बा ।

हङकङकि एकजना नेपालीले कोभिडसंग कसरी लडिन हेर्नुस् तलको भिडियो

फेब्रुअरी २३ तारीख  बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल केस संख्या: ८,६७४
.मृत्यु संख्या : २४ जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ३
.स्थानीय संक्रमण संख्या :८,६७१
.डेल्टाबाट संक्रमित संख्या : ३० जना
.ओमिक्रोन संक्रमित संख्या : ५,४२८
.अनिश्चित : ७
.अपर्याप्त भाइरल लोड केस: ९६

अधिकारीले जानकारी दिए अनुसार खोप लगाइएकाको तुलनामा  खोप नलगाइएका व्यक्तिको मृत्यु हुने संभावना १८ गुणा बढी हुने गर्दछ।

सेन्टर फर हेल्थ प्रोटेक्शनकि चुआङ सुक-क्वानले मृत्यु वरण गर्ने २४ जनामा ५२ देखि ९७ वर्षका १६ पुरुष र ८ जना महिला रहेको बताइन । तीमध्ये १५ जना वृद्धा आश्रमका थिए। जसमध्ये ६ जनाले कोभिड भ्याक्सिनको दुई डोज र एकले पहिलो डोज लगाएका थिए।

चुआङले  सहरका ३०० भन्दा बढी वृद्ध आश्रमहरु  कोभिड-१९ बाट प्रभावित भएको  र अहिलेसम्म ३०० भन्दा बढी कामदार र ९३० जना बासिन्दाहरू संक्रमित भैसकेका छ्न।

हिजोसम्ममा पाँचौं लहरको प्रकोपमा परि मृत्यु हुनेको  कुल संख्या १५३ पुगेको थियो । जसमध्ये ९० जना  वृद्ध गृहका बासिन्दा थिए। जस अन्तर्गत ५१ जना ७०  वर्ष माथिका थिए भने २९ जना ८० वर्षभन्दा माथिका थिए ।

मृत्यु हुने  अन्य ५५ जना समुदायका वृद्धवृद्धा र तीनजना  बालबालिका थिए ।

शुरूवातमा मृत्यु हुने १०२ जना मध्ये सात जनाले मात्र कोभिड खोपको दुई डोज प्राप्त गरेका भने बाँकी सबैले खोप लाएका थिएनन वा पहिलो खुराक  मात्रै लगाएका  थिए।

कोभिड–१९ पाँचौं लहरको मृत्युदर करिब ०.३ प्रतिशत रहेको छ भने पहिलो चार प्रकोपको एकमुष्ट मृत्युदर २.२ प्रतिशत रहेको छ ।

पाँचौं लहर अन्तर्गत खोप नलगाएका जनसंख्याको मृत्युदर ०.५४ प्रतिशत रहेको छ भने खोप लगाएका जनसंख्याको मृत्यु दर  ०.०३ प्रतिशतको रहेको छ ।  खोप नलगाएका र खोप लगाएका जनसंख्या बीचको मृत्यु दरमा १८ गुणा फरक देखिएको छ। ८० वर्षभन्दा माथिका बिरामीहरूले यदि खोप लगाइसकेका छ्न भने मृत्युदर चार गुणाले फरक हुन्छ। भन्नुको अर्थ खोप नलाउने तुलनामा  खोप लाउनेमा बाँच्ने सम्भावना ४ गुणा बढी हुन्छ चुवाङले भनिन।

अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का-हिनले कोभिड बिरामीको लागि थप दुई क्लिनिकहरू – याउ मा तेई र च्यङ शा वान जोकी क्लब जनरल आउट पेशेन्टमा खोलिने जानकारी दिए।
यस मानेमा बिहीबारदेखि कुल नौ वटा निर्दिष्ट कोभिड त क्लिनिक सञ्चालनमा आउनेछन । उनले  क्लिनिक जानु पुर्व अपोइन्टमेन्ट लिन पर्ने कुरा पनि  सम्झाए।

अहिले  ४,२०० भन्दा बढी कोभिड-१९ बिरामी अस्पतालमा भर्ना छन। जसमध्ये २४ जनाको अवस्था क्रीटिकल  छ भने ४३ जनाको अवस्था गम्भीर छ।

पेन्नी बेमा १,६०० बिरामी  र डोरसेट होटल चुन वानमा २४० जना बिरामी आइसोलेसनमा छन।

तपाईको प्रतिक्रिया