भर्खरै “थेम्सको लहरमा तमोरकाे स्पर्श” कविताकृति बजाारमा आएकाे छ कवि शान्ति लिम्बूको । समय चेतलाई निक्कै शक्तिशाली रुपमा प्रस्तुत गरिएका उनका कविताहरु एक कविले बाचि ल्याएको समयको गहकिलो  दस्तावेज पनि हो । प्रस्तुत छ साताको तीन कविता ।

किन उस्तै छ तिम्रो  र मेरो कहानी  ?

आफू जलेर

अरुलाई शीतलता दिने पनि नभएका होईनन्

अरुलाई जलाएर

आगो ताप्ने पनि नदेखिएका होईनन्

आफू  भोकै बसेर

आफ्नो  काखको बच्चाको पेट भरिदिने

आमाहरु नभएका पजि होईनन्

टाउकामा ऋणको भारी बोकेर

बुबाहरु पनि नभएका होईनन्

रगतको नदि बगाएर

अरुका लागि बलिदान गर्ने

सहिद नभएका पनि होईनन्

आकाशमा धेरै  चराहरु

फुलबाारीमा अनेक पुतलीहरु

उडेका  नदेखिएका होईनन्

घनघोर जङ्गलमा

शिंहहरु कयौंपटक  गर्जिएको नसुनिएको पनि होईनन्

तर ,

किन अझै उस्तै छन् घर-घरका कहानी ?

गल्ली – गल्लीको  काहानी ?

गाउँ  – गाउँका कहानी ?

अनि , तिम्रो  हाम्रो  कहानी ?

पृथ्वी  र अस्तित्व

अर्बौं बर्षदेखि यात्रामै छ पृथ्वी

पृथ्वी यात्राको छोटो साक्षी

एक मुठ्ठी  सासमा हड्किएका मान्छे हामी

यति थाहा हुदाहुदै  पनि

अनेकौं भावलाई छचल्काउँदै

गुनासाहरुको  बिस्कुन लगाउदै

वैमनस्यताको हिलोमा जोतिदिँदै

अरुका लागि हली बनिरहेका मान्छे हामी

हर परिस्थिति र चुनौतीमा

यो सुन्दर पृथ्वीमा उभिएका मान्छेहरु

हाँस्न बिर्सिरहेको बेला

कतै पृथ्वी पनि हामीबाट हैरान भएर

टाढिँदै गईरहेको त छैन ?

यहाँ  केवल जीवनको महाकाव्य पढ्दै गर्दा

कतै आफैँलाई थाम्ने यो धरातल

यस पृथ्वीलाई

बेवास्ता त गरिरहेका छैनाैँ ?

हाम्रो  आयु छोटिँदै गर्दा

के अब पृथ्वीको आयुलाई पनि छोट्याउँदै त छैनौँ ?

पृथ्वी नै नरहे त यश सृष्टिका  अनेक कालखण्डमा

रचिएका कविता , कथा र सिर्जनाहरु कहाँ  रहनेछन् ?

आशीर्वाद

तिमीलाई  आशीर्वाद छ

तिम्रो माङ्गेना उच्च रहोस्

 

यो विशाल आकाशलाई माथि राखेर

बादल, झरी वर्षा, हिउँ  सबैलाई  सहन सक्नु

आफ्नै मनको युद्वलाई जित्दै

युद्वले  भुलेका बाँकी युद्वहरुका लागि लड्न सक्नु

विश्वलाई फन्को लाउँदा लाउँदै

थकाइ लाग्दा पनि आफ्नो शिरलाई

झुक्न नदिई मातृभूमि आमाको शिरलाई उँचो पारिराख्नु

दबिएको ईतिहासभित्रको

– पहिचान

– भाषा

– लिपि

– कला

– संस्कृति

– र सम्पलालाई शिरमा राखी

अस्तित्वलाई बचाउँदै प्रेमका बस्तीहरु बसाउनु तिमीलाई आशीर्वाद छ ।

तपाईको प्रतिक्रिया