२८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा आज देखिएको ६१ वटा केसमा एउटा आयातित र बाँकी ६० स्थानीय परेका छ्न। स्थानीय ४१ केस पुरानो केसबाट संक्रमित भएर आएका हुन भने १९ केसको स्रोतहिन रहेकोछ। एक वर्ष देखि एक सय वर्ष भित्रका १७ पुरुष ४४ महिला आजको नयाँ संक्रमित भित्र परेकाछ्न। आज कम्युनिटी टेस्टिङ सेन्टरबाट १७ केस आएकाछ्न। हङकङमा कुल कोरोना संक्रमित केस ८,६७२ पुगेकोछ।

युनाइटेड क्रिश्चियन अस्पतालबाट आज ६ केस आएकाछ्न।लाम तीन टनलको कन्स्ट्रक्सन साइटबाट एउटा केस आएकोछ।

मा थाउ कोक डिटेन्सन सेन्टरमा थुनामा रहेका एक भिएतनामि  इलिगल इमिग्रेन्टलाई पनि कोरोना पोजिटिभ भएकोछ ।

सा तिनको लेक युन स्टेटमा पर्ने विङ शोइ हाउसमा एकजना प्रारम्भिक पोजिटिभ केस देखापरेकोछ।

हालमा कोरोना पुष्टि भएका जम्मा ९१६ जना रोगीको उपचार हस्पिटल अथोरिटिको मातहतमा रहेका विभिन्न २३ अस्पतालहरुमा र एसिया वर्ल्ड एक्पो स्थित कम्युनिटीमा फेसिलिटिमा भैरहेकोछ। जसमध्ये ५१ जनाको स्थिति क्रीटिकल ६५ जनाको स्थिति गम्भीर र ८०० जनाको स्थिति सामान्य रहेकोछ।

गत २४ घन्टामा जम्मा ५२ जना कोभिड रोगी डिस्चार्ज भएकाछ्न । हाल सम्म डिस्चार्ज हुनेको कुल संख्या ७,५२६ पुगेको छ।

आज एकैदिनमा जम्मा चार जना कोरोना रोगको निधन भएकोछ र मृत्यु हुनेको संख्या १४१ पुगेकोछ। एक जना ७४ वर्षीय महिलाको निधन युनाइटेड क्रीस्चियन अस्पतालमा भएकोछ। उनको भर्ना 2D वार्डमा भएको थियोे । यो अस्पताल शुरुमा बिमार हुने उनी रहेता पनि कोभिड फैल्याउने काम उनिबाट भएको थिएन । उनको मृत्यु पूर्वाह्न १.१९ बजे भएको थियोे । युनाइटेड क्रीस्चियन अस्पतालको 2D वार्ड क्लस्टरबाट मृत्यु हुने रोगी उनी नै हुन। अस्पताल अधिकारीका अनुसार उनी असाध्य रोगबाट पीडित थिइन।

क्यारिटास मेडिकल अस्पतालमा डान्स ग्रुपबाट आएका ७३ वर्षका दिर्घ रोगी पुरुष जो च्यङ सा वान हाउ लिम हाउस निवासी थिए को मृत्यु पूर्वाह्न २.३८ बजे भएको थियोे ।

चुन वानाको सेक चोए हाउस निवासी ८५ वर्षकी दीर्घ रोगी महिलाको मृत्यु आज दिउँसो यान चाइ अस्पतालमा भएको थियोे ।

युन लोङ्को म्यानह्याटन प्लाजा ब्लक A निवासी ७० वर्षका दीर्घ रोगी पुरुषको मृत्यु चुन मुन अस्पतालमा साँझ ६.४३ बजे भएको थियो ।

तपाईको प्रतिक्रिया