२९ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा ।

कोभिड- १९ महामारीले संसारको सामाजिक, आर्थिक संरचनालाई त धरायसी तुल्याएकै छ त्यसमाथि अझ मानसिक र मनोबैज्ञानिक बिचलन पनि ल्याइदिएकोछ। महामारी द्वारा १८ लाख १० हजार ५ सय २९ जना मानिसले मृत्यु वरण गरिसकेका छ्न।महामारीले सिर्जना गरेको मानसिक तनावले मर्नेको संख्या पनि अनगिन्ती छ्न।

व्यस्त शहर हङकङको विशेषत: युवा पुस्ता अहिले महामारीका कारण फरक मानसिक तनावबाट गुज्रिरहेका छ्न।स्कुलहरु बन्द बन्द भैदिनाले एक्लोपनको महसुस हुने, आत्महत्याको विचार आउने , घरायसी किचलोको सामना गर्नु पर्ने र अनिश्चित भबिस्य आदिले गर्दा युवाहरूमा निराशा छाएकोछ।

हङकङमा आत्महत्या गर्नेको संख्या दिनहु बढीरहेछ। यसै लर्कोमा एक ३१ वर्षको नेपाली पुरुषले पनि आत्महत्या गरेकाछ्न डिसेम्बर २८ तारीख रातको ९ बजे । याउ म तेइको ८१ ब्याटरी स्ट्रीट स्थित बिल्डिङ्को आफ्नै कोठामा एउटा नाइलन डोरीमा पासो लागेर झुन्डिएको अबस्थामा उनको पिताले फेला पारेपछि प्रहरीलाई खबर गरेकाथिए। पारामेडिकको टोलि आएर चेक गर्दा उनको प्राण उठिसकेको पाइयो। घटनास्थलमाइ कुनै सुसाइड नोट फेला परेन। आत्महत्याको कारण रिपोर्ट आएपछि मात्रै थाहा हुने भएकोछ।

आज २९ डिसेम्बर दिनको १२:३० बजे २१६ च्यङ शा वान रोड स्थित बिल्डिङको टुप्पोबाट एक जना महिला खसेकी छिन। बिल्डिङ पछाडिको गल्लीमा बजारिदा पानीको पाइप पनि क्षति भएकोछ। खस्ने व्यक्ति गम्भीर घाइते र बेहोस अवस्थामा थिइन् ।बचाउनको निम्ति उनलाई अस्पताल लगियो। प्रहरी पीडितको पहिचान र आत्महत्याको कारण पत्ता लाउन लागेकोछ।

आज २९ डिसेम्बर कै दिन बिहान ९:१३ बजे चुङ क्वान ओ स्थित किन मिङ स्टेटको मिङ याउ बिल्डिङमा एकजना महिला आफ्नो शयन कक्षमा लडिरहेको अवस्थामा उनको परिवारले पत्ता लगाए। उनको छेउमा एउटा प्लेटमा जलेको चारकोल पनि थियोे । परिवारजनले अत्तालिएर प्रहरीलाई कल गरेपछि पारामेडिक समूह तुरुन्त आएको थियो । उनको अवस्था जाचपड्ताल गर्दा ती महिलाको मृत्यु भैसकेको पाइयो। त्यसपछि प्रहरीले उनको परिवारलाई मृतकको पृष्ठभुमि र मर्नु पर्ने संभावित कारण खोज तलास गर्न तिर लागे।

आज डिसेम्बर २९ कै दिन बिहानै पाँच बज्न लागेको झिसमिसेमा एकजना ९३ वर्षीया महिलाले तीन तला माथिबाट हाम फालेर आत्महत्या गर्ने कोशिश गरेकी थिन। सा तिनको ताइ वाइमा पर्ने ३६ मेइ तीन रोड स्थित फाइ सिङ हाउसको तेस्रो तलाबाट खसेकी उक्त महिला पहिलो तलामा बजारिएर बेहाल भएको अवस्थामा उनको डोमेस्टिक हेल्परले फेला पारिन। छिमेकीहरुले आवाज आएको सुनेपछि प्रहरीलाई कल गरिदिएका थिए । उनलाई एम्बुलेन्समा हाली उपचारहेतु अस्पताल पठाइयो। घटनास्थलमा प्रहरीले सुसाइड नोट फेला पारेका थिए । कुरा बुझ्दा पीडित वृदा केहि समय अघिबाट प्रतिकुल स्वास्थ्यबाट गुज्रिएकि रहेछिन।

आज डिसेम्बर २९ कै दिन बिहान ७:३० बजे लाम थरकि ७० वर्षकी महिला कजवे बेको ड्र्यागन टेरेसबाट खसेर भुइमा बजारिदा ऊनी बेहोस भैसकेकी थिन। ठुलो आवाज आएपछि सेक्युरिटी गार्डले प्रहरीलाई कल गरेका थिए। उद्वारकर्मी आएर चेक गर्दा पीडितको मृत्यु घटनास्थल मै भैसकेको घोषणा गरिदिए। मृतकको सुसाइड नोट पनि प्रहरीले फेला पारेको थियोे ।

तपाईको प्रतिक्रिया