सुरेश चाम्लिङ्ग ,न्यु योर्क

नेपालमा हालै प्रधान मंत्री के पी ओलीले गरेको संसद बिघटनको बिस्वब्यापी बिरोध भै रहेको सन्दर्भमा अमेरीकाको न्यु योर्कमा पनी बिरोध प्रदर्शन भएको छ/युनाइटेड नेपालीको आयोजना भनिएको उक्त बिरोध सभा नेपाली समाज अमेरीकाको अध्यक्ष समीर महर्जनको संयोजकत्वमा भएको थियो/ यो नेपाली शीर उचाली गीतबाट ब्यानर र प्ले कार्ड बोकेर शुरु गरिएको प्रदर्शन आम सभामा परिणत भएको थियो/

उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष महर्जनले भन्नु भयो-यो संबिधान लागु हुँदा हामीले यसै ठाउबाट संबिधान विभेदकारी छ, अपुरो र अधुरो छ भनेर संबिधानको बिरोध गरेका थियौं/आज तीनै संविधान जारी गर्नेहरु र त्यस बेला बिस्वको उत्कृस्ट संबिधान भनेर नथाक्नेहरु तिनै संबिधानलाई कुल्चेर संसद बिघटन लगाएत असंबैधानिक र अलोकप्रीय निर्णय गरि रहेछन् / यो असंबैधानिक र अलोकप्रीय निर्णय नेपाली जनताको लागि सह्य हुने छैन /संसदको पुर्नास्थापा र सबिधान ससोधन हुनु नै अहिलेको एक बिकल्प हो भन्नु भयो/ कोभिड-१९ ले सताईरहेको र न्यु योर्कमा,अती ठण्डी भै रहेको बेलामा पनि आफ्नो ज्यानलाई जोखिममा राखी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले विरोध सभामा साथ दिनु भएकोमा धन्यवाद दिनु भयो/
यसैगरी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्ष टेक गुरुङले सभालाई सम्बोधन गर्नु हुदै निरङ्कुश राणा राजा त फालीए जाबो ओली त स्याल हो नेपाली जनताले यस्ता निरङ्कुशलाई तह लगाउने छ भन्नु भयो/ उहाले ओलीले प्रजातन्त्रको लागी नक्कली नाटक गरेको, १४ वर्ष जेल बसे पनी प्रजातन्त्रको लागी नभएर स्वार्थको लागी बसेको भन्ने अहिलेको व्यवहारले बुझाउँछ भन्नु हुदै गाउँ देखि शहर हुँदै संसारबाट विरोध गर्दै एक थोपा रगत रहुन्जेल सम्म नछोड्ने बताउनु भयो/

नेपाली समाज अमेरीकाको सल्लाहकार पुर्व डि आइ जी पार्वती थापाले महिलालाई सबै तीर पुजिन्छ तर अहिलेको रास्ट्रपतिले असंबैधानिक काम गरेको हुँदा सर्वत्र बिरोध गर्नु परी रहेछ भन्नु भयो/ सत्र हजारको बलिदानीबाट प्राप्त गणतन्त्र रास्ट्रपति र प्रधानमंत्री मिलेर खोस्न नसक्ने बताउनु भयो/
यसैगरी प्रवासी नेपाली एकता मंचको अन्तररास्ट्रिय संयोजक राधा कृष्णा देउजाले दुई तिहाई मत जनताबाट प्राप्त गर्नु भएको प्रधानमन्त्री के पी ओलीले संविधानलाई मृत्यु शैयामा पुराउनु खोजेको र लोकतन्त्रको घाँटी रेट्नु खोजेको हुनाले बिस्व ब्यापी बिरोध गर्नु परेको कुरा बताउनु भयो/

उक्त सभालाई जनजाती महासंघ अमेरिका (फिपना) का महासचिव नरेन्द्र थापा मगर,समाज सेवी सामाजिक अभियन्ता आदित्य महर्जन,नेपाल आदिवासी जनजाती महासंघ नेपालको पुर्व उपाध्यक्ष फिपनाका सल्लाहकार डंडु ढोक्प्या,सामाजिक अभियन्ता तथा युवा नेता यम लामा,सामाजिक अभियन्ता समाज सेवी महेन्द्र अधिकारीले समेतले प्रधान मन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरी संसद बिघटन गरेको र प्रदेश सभा पनि विघटन गर्नु खोजेको आरोप लगाउनु भयो/ संघियता, धर्म निरपेक्षता समेत खारेज गर्नु खोजेको हुदा सबै गणतन्त्र वादी हरु सचेत रहन भनी उहा हरुले बताउनु भएको थियो/ प्रवासी नेपाली एकता मञ्च अमेरिकाको महासचिव शंकर पन्तले कार्यक्रम संचालन गर्नु भएको थियो । पन्तले नेपालमा प्रधानमन्त्रीले असंवैधानिक तरिकाले संसद् विघटन गरेकोमा विरोधको लागि उपस्थित हुनु भएको सबैलाई धन्यवाद समेत दिनु भएको थियो/

तपाईको प्रतिक्रिया