क्रान्ति सुब्बा

मार्च २४ तारिख अप्डेट गरिएको

अक्टोपस हराएकाले नयाँ बनाउन तलको लिङ्क क्लिक गर्नुहोस्

https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id

हङकङ सरकारले घोषणा गरेको यो वर्षको बजेटमा महामारी व्यवस्थापन विषय पनि केन्द्र बिन्दुमा रहेको छ। जस्तै  कोभिड-१९ परीक्षणलाई सुदृढ गर्न, थप खोपहरू किन्न र महामारीसँग लडने मापदण्डहरुलाई मजबुत तुल्याउन हङकङ डलर ६७.५ बिलियन ($६७ अरब ५० करोड ) खर्च गर्ने योजना यस आर्थिक वर्षमा ल्याइएको छ। हङकङका अर्थ मन्त्री पल चान मो-पोले फेब्रुअरी २३ तारिख  अनलाइन बजेट वक्तव्य २०२२/२३ पेश गर्ने क्रममा यस्तो  घोषणा गरेका हुन।

यस बजेटको विनियोजन विभिन्न क्षेत्रमा गरिएको छ।फूड एण्ड हेल्थ ब्यूरो डिपार्टमेन्टको लागि हङकङ डलर २२ विलियन (२२ अरब हङकङ डलर) बजेट विनियोजन भएको छ। यो बजेटलाई कोभिड परीक्षण कार्य सुदृढ गर्न, रयापिड टेस्टिङ  किट तथा संबंधित सर्भिस प्याकेज   खरिद गर्न र अस्पताल प्राधिकरणलाई थप सहयोग प्रदान गर्न  प्रयोग गरिनेछ ।

स्वास्थ्य विभागलाई  कोविड-१९ खोपहरू खरिद गर्न थप हङकङ डलर ६ मिलियन (६० लाख हङकङ डलर ) प्रदान गरिनेछ । बिशेषत:  बुस्टर खोपको लागि यो अतिरिक्त रकम उपलब्ध गराइएको हो।  र अन्य विभागहरूको निम्ति महामारी विरोधी संसाधन जुटाउन  र सम्बन्धित उपायहरू कार्यान्वयन गर्न  थप हङकङ डलर ७ मिलियन ( $७० लाख हङकङ डलर)  छुट्याइएको छ।

फुड एन्ड इन्भारमेन्टल हाइजिन डिपार्टमेन्टलाई हङकङ डलर ५०० मिलियन (पचास करोड हङकङ डलर) दुई वर्षको अबधि भित्र प्रदान गरिनेछ । वातावरणीय स्वच्छतालाई कायम राख्न उक्त बजेट खर्च हुनेछ । बिशेष गरि अहिलेको महामारी माथि केन्द्रित रहेर   सडक सफा गर्ने काममा , फोहोर सङकलन सेवाहरूलाइ सुदृढ गर्नमा, मुसा नियन्त्रण गर्ने  कदममा र पब्लिक मार्केटलाइ सरसफाइ गर्नमा रकम खर्च हुनेछ। 

एन्टि-इपिडेमिक कोषलाई यस पटक बिशेष ग्राहयता दिइएको छ। जस्तै महामारी सम्बन्धि संरचना निर्माण गर्नमा अरु  हङकङ डलर १२  बिलियन (१२ अरब हङकङ डलर) छुट्याइएको छ।

चानले सम्भावित एन्टि-प्यान्डेमिक आवश्यकताहरूको लागि हङकङ  डलर २० बिलियन (हङकङ डलर २० अरब ) पनि आरक्षित गरेको बताएका थिए ।

कन्सम्सन भौचर स्किम (consumption voucher scheme  ` CVS´) अन्तर्गत प्रत्येक नागरिकले १०,००० डलर बराबरको भौचर प्राप्त गर्ने

प्रथम चरण :

`कन्सम्सन भौचर स्किम २०२१´ अन्तर्गत गत वर्ष वितरण भएको भौचरमा जसले सफल पुर्वक आफ्नो नाम दर्ता गरेका छन उनीहरुले प्रथम चरण अन्तर्गत वितरण हुने पहिलो किस्ता हङकङ डलर ५ हजार पाउने छ्न।

यस वर्षको बजेटबाट करिब ६६ लाख (६.६ मिलियन) हङकङवासीहरू प्रत्येकले हङकङ डलर दस हजार ( HK$10,000 ) बराबरको इलेक्ट्रोनिक उपभोग्य भौचर किस्ताबन्दीमा पाउने भएका छ्न। अर्थ मन्त्री  पल चान मो-पोले  फेब्रुअरी २३ तारीख बुधबार आफ्नो बजेट भाषणमा घोषणा गरे अनुसार यो भौचर छिटोमा अप्रिलको मध्यतिरबाट वितरण हुनेछ भनेका थिए ।

पाउने तरिका र टाइमटेबल

गत वर्ष पनि `कन्सम्सन भौचर स्किम २०२१´ अन्तर्गत यस्तै किनमेल गर्दा खर्च गर्न मिल्ने हङकङ डलर ५,००० बराबरको वैद्युतिय भौचर हङकङका ६८ लाख (६.८ मिलियन) नागरिकहरूलाई  ४ वटा तोकिएको इलेक्ट्रोनिक वालेट अर्थात भुक्तानी  कार्ड (प्लेटफर्म) जस्तै  अक्टोपस, ट्याप एन्ड गो, अलिपे एचके र वीच्याट पे मार्फत प्रदान गरिएको थियो ।

र यी विद्यमान चारवटा भुक्तानी कार्ड मार्फत ती ६८ लाख नागरिकले यस पटक भौचरको पहिलो किस्ता हङकङ डलर ५ हजार अप्रिल महिनाको ७ तारीख प्राप्त गर्नेछन। अथवा पहिलो वर्षमा आफ्नो नाम दर्ता गरिसकेकाले यस पटक पुनः दर्ता गर्नु पर्दैन । पहिला दर्ता गरेकै भुक्तानी कार्ड मार्फत यस पटकको इ-भौचर पनि प्राप्त  गर्नेछ्न। र यो पहिलो किस्ताको लागि कसैले पनि आफ्नो भुक्तानी एकाउन्टको प्लेटफर्म बदल्न पाउने छैनन।

अर्थ मन्त्री चानका अनुसार वितरण प्रक्रियालाई द्रुत पार्न यो बिधि अपनाइएको हो।`अहिलेको यस्तो कोभिडले थिलथिलो पारेको गम्भीर अवस्थामा हामी जनतालाई दुख दिन चाहदैनौं ´ उनले भने। `बेसिकल्ली ! यदि तपाईंको अक्टोपस कार्ड हराउनु भएको छैन भने यो कुपन पाउनको लागि केहि गर्नु पर्दैन ।´

केवल अक्टोपस कार्ड प्रयोगकर्ताले मात्र अन्लाईन मार्फत उनीहरुको रेकर्ड अप्डेट गर्न सक्छ्न। अन्य भुक्तानी सेवा प्रदायक कम्पनीमा आफ्नो एकाउन्ट भएकाहरूले आफ्नो रेकर्ड अप्डेट गर्न परेमा संबंधित फारम भरेर हुलाक मार्फत आइडीको एक कपि सहित कन्सम्सन भौचर स्किम सेक्रेटेरियट कहाँ पठाउनु पर्छ।

सरदर ६०,००० नागरिकको पहिलाको एकाउन्ट काम नलाग्ने भएकोछ। उनीहरुले यही मार्च २५ तारीख भित्र नयाँ एकाउन्ट अप्डेट गर्नुपर्ने छ।

हङकङमा कोभिड पाँचौ लहरले नागरिकको आर्थिक जीवनमा ल्याएको कठिनाइलाई केहि हदसम्म सहज पार्न यो राहतको पहिलो चरणमा हङकङ डलर ५ हजार वितरण गरिने भएको हो।

यो भौचर वितरणलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणको वितरण अप्रिल महिनामा हुने घोषणा भैसकेको छ। यो पहिलो चरणमा भौचरको पहिलो किस्ता ५ हजार प्रदान गरिनेछ। अप्रील महिनाको कुन दिनबाट वितरण शुरु हुने कुरा यथाशीघ्र घोषणा गरिने भएको छ। वितरण भएको दिन संबंधित व्यक्तिले एसएमएसबाट वा मोबाइल एपबाट सूचना प्राप्त गर्नेछन। पहिला नै नाम दर्ता गरेकाहरुले पुन नाम दर्ता गर्नु पर्दैन ।

दोस्रो चरणको भौचर वितरण यो वर्षको मध्य तिर हुनेछ। यही दोस्रो चरणको भौचर वितरण घोषणा भएको बेला जसले यो भन्दा अगाडि भौचर प्राप्त गरेका छैनन उनीहरुले आफ्नो नाम दर्ता गर्न सक्नेछन र जसले आफ्नो नाम सफल पुर्वक दर्ता गर्नेछन तिनीहरुले पनि आफ्नो भागको भौचर पाउनेछ्न। स्मरणीय छ पहिलो चोटि यो उपभोग्य भौचर वितरण हुँदा विविध कारणले   करिब तीन लाख नागरिकहरू आफ्नो नाम दर्ता गर्न असमर्थ भएका थिए । ती छुटमा परेका र अन्य नवागंतुकले यो दोस्रो चरणको वितरण योजना घोषणा हुँदा आफ्नो भौचर प्राप्त गर्नेछन।

हालसम्म अक्टोपसको टप-अप सीमा (रकम हाल्ने सिमा ) हङकङ डलर ३ हजार (HK$3,000) नै कायम छ । तर पहिलो किस्तामा पाइने भौचरको रकम त पाँच हजार छ। अब कसरी लिमिट भन्दा बढी रकम पाइएला त भन्ने प्रश्न उठन सक्छ । तर प्रयोगकर्ताले शुरुमा प्राप्त गरेको तीन हजार राशि खर्च गर्ने क्रममा आफ्नो  अक्टोपस ब्यालेन्सको अधिकतम सीमाभन्दा कम भएपछि बाँकी रहेको भौचर रकमलाई  कन्भीनियन्स स्टोर  र एमटिआर (MTR ) स्टेशनमा भएको भौचर-प्रदान  गर्ने मेसिनहरूमा ट्याप गरेर लिन  सक्छन।

यो भौचर १८ वर्ष वा सो भन्दा माथिका स्थायी बासिन्दा साथै नयाँ आप्रवासीहरूलाई माथि जनाइएको  इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्म मार्फत  वितरण गरिनेछ।

यो भौचरको लागि सरकारी ढुकुटीबाट हङकङ डलर ६ अरब साठी करोड ४० लाख (HK$६६.४ बिलियन) खर्च हुनेछ। जस अन्तर्गत लाग्ने हङकङ डलर ४० करोड (HK$ ४०० मिलियन)   प्रशासनिक शुल्क पनि यही बजेटमा समावेश  छ।

ट्याप एण्ड गो, अलिपे एचके र वीच्याट पे मार्फत अप्रिलमा प्राप्त भएको  इ-भौचरहरू सात महिना अर्थात अक्टोबर ३१ सम्म मान्य रहनेछ। अथवा अक्टोबर ३१ भित्र खर्च गरिसक्नुपर्ने छ।

अक्टोपस मार्फत इ-भौचर प्राप्त गर्नेहरूले सर्वप्रथम प्रथम किस्तामा पाउनुपर्ने कुल रकम ५ हजार मध्ये हङकङ डलर ४ हजार मुल्य बराबरको भौचर रकम प्राप्त गर्नेछन र बाँकी रहेको १ हजार भने  मे र अक्टोबर बीचमा हस्तान्तरण गरिनेछ। अथवा शुरुमा प्राप्त गरेको ४ हजार जम्मै मे महिना देखि अक्टोबर भित्र खर्च गरिसकेको स्थिति रहेमा बाकी रहेको १ हजार भौचर जुन महिनामा खर्च भैसकेको हो तेहि महिनाको १६ तारीख देखि उता संकलन गर्न सकिन्छ । जस्तै शुरुमा पाएको चार हजार खर्च गरिसक्नेले बाकी रहेको एक हजार जुन महिनाको १६ तारीख देखि नोभेम्बर महिनाको १६ तारीख भित्र संकलन गर्न सक्छन।

बाँकी रहेको १,००० डलर बराबरको दोस्रो  भौचर पाउने तरिका


.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि मे महिनाको ३१ तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले जुन महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि जून  महिनाको ३० तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले जुलाई  महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि जुलाई  महिनाको ३१ तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले अगस्ट  महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि अगस्ट महिनाको ३१ तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले सेप्टेम्बर महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि सेप्टेम्बर महिनाको ३० तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले अक्टोबर महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

.पहिलो किस्तामा वितरित हङकङ डलर ४ हजार बराबरको पहिलो भौचर यदि अक्टोबर  महिनाको ३१ तारीख २०२२ भित्र खर्च गरिसकिएको स्थिति भएमा उक्त व्यक्तिले नोभेम्बर  महिनाको १६ तारीख २०२२ बाट दोस्रो भौचर एक हजार संकलन गर्न सक्नेछ।

अक्टोपस वाहक ( मोबाइलमा भएको अक्टोपस कार्ड समेत ) ले आफुले पाउने भौचर संकलन गर्ने स्थानहरु :

. हङकङका एमटिआर स्टेशन तिर राखिएको  यातायात अनुदान संकलन केन्द्रहरु, लाइट रेल कस्टमर सर्भिस सेन्टरहरू, केही तोकिएको फेरि पियर र सार्वजनिक यातायात ईन्टरचेन्ज स्थलहरु

.7-इलेभेन, सर्कल के र वेलकम सुपरमार्केटका सबै आउटलेटहरू (मार्केट प्लेस,मार्केट प्लेस बाइ जेसन, जेसन्स इचिबा र 3hreesixty सहित)

.अक्टोपस सर्भिस पोइन्टहरु

.अक्टोपस एप (मोबाइल फोनमा कार्डहरू ट्याप गरेर फोनमा राखिएका अक्टोपस कार्ड – जसले आफ्नो भौतिक अक्टोपस कार्डहरू मोबाइलमा भएको अक्टोपस कार्डमा ट्रान्सफर  गरेका छन जस्तैः  iPhone वा Apple वाचमा सारिएको अक्टोपस, Huawei Pay Octopus वा Samsung Pay मा भएको  Smart Octopus –  उनीहरूले आफ्नो कार्ड ट्याप गर्नु पर्दैन)

.एन्ड्रोइड – NFC- चल्ने मोबाइल डिभाइसहरु

.iOS – iPhone 7 वा iOS 13 वा माथिका नयाँ मोडलहरू, वा अक्टोपस मोबाइल रिडरसँग जोडिएका आइफोनहरु

ट्याप एन्ड गो, अलिपे एचके र वीच्याट पे हुनेले एउटै भुक्तानीमा पहिलो किस्ता ५,००० पाउनेछ्न। दुबै किस्ताका भौचरहरु ३१ डिसेम्बरभित्र संकलन गरिसक्नुपर्ने छ।
जनजीवनलाई महामारीले अस्तव्यस्त पारेपछि यो भौचर अप्रिलमा निर्णय गरिएको हो नत्र यो वितरण गर्ने वास्तविक योजना चाहिँ गर्मी याममा राखिएको थियो चानले भने। यो निवेदन दर्ता गर्ने अन्तिम म्याद ३१ अक्टोबर २०२२ सम्म रहनेछ।

ज-जसको भौचर संकलन गर्ने कार्डहरुको म्याद गुज्रिसकेको छ उनिहरुले पहिले भौचर संकलन गर्दा प्रयोग गरेकै कार्डलाई यहि मार्च २५ तारीखभित्र नवीकरण गर्नु पर्दछ।

मार्च ७ तारीखको ब्रीफिङमा चानले नागरिकले उक्त भौचरबाट महामारीसंग संबंधित वस्तुहरु ,खाद्यान्न , यातायात चढदा लाग्ने भाडा र दैनिक आवश्यकताका चिजबिजहरु खरिद गर्न सक्छन। तर यस भौचरबाट पहिलाको जस्तो युटिलिटी बिल जस्तै पानी , विजुलीको बिल तिर्न मिल्दैन ।
दोस्रो चरणको भौचर बितरण हुँदा नागरिकहरुले पुन: कुन प्लेटफर्मबाट लिने त्यो चुन्ने अधिकार प्राप्त गर्नेछन। दोस्रो चरणको भौचर वितरण योजनाबारे अहिले सरकारले गृहकार्य गरिरहेको बताइएको छ।
यदि कसैको भौचर संकलन गर्ने कार्ड रद्द भएको छ वा अक्टोपस कार्ड हराएको छ वा फिर्ता दिइसकिएको छ भने संबंधित व्यक्तिले अर्को अक्टोपस यहि मार्च २५ भित्र एप्लाइ गर्नु पर्दछ।
यदि २०२१ सालमा भौचर संकलन गर्दा प्रयोग गरेको स्टोरड भ्यालु फेसिलिटी अर्थात भौचर ग्रहण गर्दा प्रयोग गरेको एकाउन्ट जस्तै अक्टोपस हराएर वा रिफन्ड गरिसकेकोले नयाँ भौचरको लागि प्रयोग गर्न नमिलेको अवस्था भएमा उनीहरुले यहि मार्च २५ भित्र आफ्नो रजिस्ट्रेसन रेकर्ड संशोधन गर्न सक्छन। तर नोट गर्नुपर्ने कुरा के छ भने २०२१ सालको भौचर संकलन कुन स्टोरड भ्यालु फेसिलिटीबाट गरिएको थियो  त्यसैबाट यसपटक पनि गर्नुपर्ने छ। अथवा अक्टोपसको माध्यमबाट गरिएको थियो भने यसपटक पनि अक्टोपस नै प्रयोग गर्नुपर्ने छ। पहिलो चरणको भौचर लिनको लागि प्लेटफर्म परिवर्तन गर्न पाइन्दैन।

आफ्नो रेकर्ड अप्डेट गर्न परेमा सम्पर्क नम्बर निम्न बमोजिम छ्न:

.अलिपेएचके AlipayHK – फोन नम्बर :२२४५३२०१ https://www.alipayhk.com/en/faq-shoppers/zh_cvs2022/


.अक्टोपस Octopus -फोन नम्बर : २९६९५५०० https://voucher.octopus.com.hk/en/faq/index.html?id=5_5001


.ट्याप एन्ड गो Tap&Go – फोन नम्बर :२८८८०००० https://www.tapngo.com.hk/eng/cvs.html


.विच्याट पे एचके WeChat Pay HK फोन नम्बर – ३९२९१६६६ https://prom.wechatpay.com.hk/mojo/prom/app_4_266/index.shtml

निम्न तरिकाबाट आफ्नो विवरणमा परिवर्तन ल्याउन सकिन्छ :

कागजी  फारम


consumptionvoucher.gov.hk वेबसाईटको न्यु राउन्ड अफ कन्सम्सन भौचर पेजमा गएर “application form for amendment of SVF account” भन्ने आवेदन फारम डाउनलोड गर्न सक्नुहुन्छ । त्यसपछि उक्त फारम भरेर  र  हस्ताक्षर गरेर वैध हङकङ परिचय पत्रको प्रतिलिपि सहित बाइ पोस्ट निम्न ठेगानामा पठाउन सक्नुहुनेछ।

. consumption voucher scheme secretariat , GPO PO Box 185000 ,Hong Kong

हङकङभित्र नै पोस्ट गरिने हो भने कुनै हुलाक टिकट आवश्यक पर्दैन (डाक खर्च  सरकारले तिर्नेछ)।

संबंधित आवेदकहरूले हुलाक, इमेल वा फ्याक्स मार्फत फारम प्राप्त गर्न  CVS हटलाइनमा कल गर्न सक्छन। हटलाइन : १८५०००

अक्टोपस कार्ड रिलिंक पोर्टल

कन्सम्सन भौचर स्किम २०२१(2021 CVS) अन्तर्गत दर्ता भएको आफ्नो अक्टोपस कार्ड हराएको छ भने वा फिर्ता गरिसकिएको छ भने  वा संबंधित  अक्टोपस कार्ड खराब भएको छ भने, उनिहरूले तोकिएको वेबसाइट  मार्फत आफ्नो दर्ता रेकर्ड संशोधन गरेर नयाँ अक्टोपस कार्ड  लिन सक्नेछन र जस मार्फत प्रथम चरणको भौचर लिन सक्नेछन । र कन्सम्सन भौचर २०२१ अन्तर्गत सङकलन नगरिएका भौचर यदि बाकी रहेको छ भने नयाँ अक्टोपस कार्ड मार्फत संकलन गर्न सक्नेछ्न। नयाँ कार्ड प्राप्त भैसकेपछी  पुरानो अक्टोपस कार्ड अमान्य हुनेछ।
नयाँ अक्टोपसको बनाउनको लागि तलको लिङ्कमा जानुहोस।


https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id

JoyYou कार्ड भएकाहरूको लागि विशेष व्यवस्था

Joy you  कार्डका लागि आवेदन दिएकाहरुले कन्सम्सन भौचर स्किम २०२१(2021 CVS) अन्तर्गत दर्ता भएको आफ्नो अक्टोपस कार्ड हराएको छ भने वा फिर्ता गरिसकिएको छ भने  वा संबंधित  अक्टोपस कार्ड अमान्य  भएको छ भने र उनिहरू नयाँ राउन्डको भौचर प्राप्त गर्न  joy you कार्ड प्रयोग गर्न चाहन्छन भने तिनीहरूले संशोधनको लागि  अक्टोपस हटलाइन २९६९५५०० मा कल गर्न सक्छन। नयाँ संशोधन भएपछि   पुरानो अक्टोपस कार्ड अमान्य हुनेछ।

कन्सम्सन भौचर स्किम अन्तर्गत केही विशिष्ट सेवा उपलब्ध गराउने हेतुले अस्थायी CVS  सेवा केन्द्रहरू खोलिएका छ्न।

(कार्यालय समय: सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १ बजेसम्म सार्वजनिक बिदा बाहेक)

विशेष आवश्यकता भएका व्यक्तिहरू (उदाहरणका लागि इन्टरनेटको ज्ञान नभएका वृद्धवृद्धाहरू) ले हटलाइन नम्बर १८५००० मा कल गरेर कोटा बुक गरि निम्न तीनवटा अस्थायी सेवा केन्द्रहरूमा जान सक्छन। त्यहा गएर आफ्नो भौचर संकलन गर्ने एकाउन्ट संशोधन गर्न सक्छ्न। यो सेवा केन्द्र २५ मार्च २०२२सम्म संचालनमा रहनेछ।


केन्द्रको ठेगाना


.युनिट 1917-1918, 19/F, पायोनियर सेन्टर, 750 नाथन रोड, मोंग कोक

. युनिट 401B, 4/F, तिन चिङ्ग एमिनिटी एन्ड  कम्युनिटी बिल्डिङ , तिन चिङ्ग एस्टेट, तिन शुई वाई।

.रुम ३०३०, ३०/फ्लोर, रेभिन्यु टावर, ५ ग्लुसेस्टर रोड, वान चाइ

चानले महामारीबाट प्रभावित जनतालाई सहयोग गर्न एउटा छुट्टै राहत प्याकेजको पनि घोषणा गरेका थिए ।

करिब २० लाख जस्तो  करदाता नागरिकले २०२१/२२ आर्थिक वर्षको बजेटबाट शतप्रतिशत स्यालरी ट्याक्समा छुट पाउने छ्न। यसको अर्थ अधिकतम  हङकङ डलर १०,००० सम्मको ट्याकस रकम मिनाहा हुनेछ। यो शिर्षकमा सरकारी ढुकुटीबाट १३.१ अर्ब हङकङ डलर खर्च हुनेछ।

प्रत्येक योग्य आवासीय बिजुलीको बिललाई हङकङ डलर १ हजार छुट वर्ष भरिमा दिइनेछ । यसको लागि सरकारले करिब २ अरब ८० करोड छुट्याएको छ। यो बजेटबाट करिब २८ लाख आवासीय घरपरिवार लाभान्वित हुनेछन ।

सामाजिक सुरक्षा भत्ता पाइरहेकाले आधा महिनाको रकम अतिरिक्त भत्ताका रूपमा पाउने छ्न। जसमा वृद्धा भत्ता, ओल्ड एज लिभिङ एलाउन्स वा डिसेबिलिटी एलाउन्स पर्दछ्न।

सामाजिक सुरक्षा भत्ताको लागि सरकारले  करिब हङकङ डलर  २ अरब ३८ करोड (२.३८ बिलियन) हङकङ डलर खर्च गर्ने भएकोछ। कार्यरत परिवार भत्ता प्रापकहरूलाई पनि समान किसिमको राहत प्रदान गरिने भएको छ। जसको लागि  करिब हङकङ डलर ११ करोड ७० लाख ( HK$ 117 मिलियन)  अतिरिक्त बजेट  समावेश गरिएको छ।

सरकारले २०२३ सालमा हुने हङकङ डिप्लोमा अफ सेकेन्डरी एजुकेशन परीक्षामा बस्ने विद्यालयका परिक्षा दिने विद्यार्थीको परीक्षा शुल्क पनि तिर्नेछ ।  जसको लागि १४ करोड ९० लाख ( HK$149 मिलियन) बजेट छुट्याइएको छ।

https://www.consumptionvoucher.gov.hk/en/newround.html

तपाईको प्रतिक्रिया