काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमु गुरुङ समुदायको महान् चाड तमु ल्सोसार–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा पुनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो भन्ने भनाईलाइ बिषेश जोड दिँदै नेपाल अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्मिश्रण एवं साझा संगमको रुपमा विश्वमा परिचित भएको र नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित रहेको बताएका छन् ।

नेपालको सबै समुदायका आ–आफ्नै मौलिक पहिचान सहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व छ अनेकौ समुदाय र सम्प्रदाय मिलेर बसेको समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व भएको भन्दै पुनले पुराना बर्षको विदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू गुरुङ समुदायले मनाउने तमू ल्होछार/ल्होसार पछिल्लो समयमा बिस्तारै फराकिलो हुँदै आम नेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको पनि बताएका छन् ।

मुसा वर्गको विदाई र गाई वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ का कारण विगत वर्षहरुजस्तो हर्षोल्लासका साथ सामूहिक रुपमा मनाउन सम्भव नभएको पुनको भनाई छ ।

‘देश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदीबहिनी तथा दाजुभाइहरुले घर घरमा ल्होछार÷ल्होसार मनाउनुहुने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएकोे छ, ‘नेपाली जनता सातदशक लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेपछि राजनीतिक स्थायित्व हासिल भएको र देश विकास, समृद्धिको मार्गमा दुर्तगतीमा अगाडि बढ्नेमा पूर्ण विश्वस्त थिए तर देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ । जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’

यसैगरि सविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको शुभकामना सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया