काठमाडौं । नेपाली महिला पत्रकारहरुको छाता संगठन संचारिका समुह नेपालको २५ औं साधारण सभा तथा ८ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा हङकङ खबरकि नेपाल संपादक  विमला तुम्खेवा विजयी हुनुभएको छ । मार्च २५ तारीख शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनु भएको हो।

विमला तुम्खेवाको पक्षमा ८५ मत खसेको थियो भने  पराजित उमेदवार कमला पन्थीको पक्षमा  ८३ मत खसेको थियो। त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात  विजयी हुनुभएको छ।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गर्नुभएको थियो  भने महासचिवमा वसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गर्नु भएको थियो  । त्यस्तै सचिवमा दुर्गा कार्कीले पवन वर्षा शाहलाई पराजित गर्नुभएको थियो  । कोषाध्यक्षमा उर्वसी बस्नेतले  कृति भट्टराईलाई पराजित गरेकी हुन ।

महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी हुनु भएकाछन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, नुनुता राई, मञ्जिमा ढकाल, लोगसरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको  छ।

हङकङखबर.कम(https://www.hongkongkhabar.com/ ) कि संपादक, संचारकर्मी तथा बहुआयामिक व्यक्तित्व विमला तुम्खेवाको कार्यकाल सफल रहोस । वहाँलाई हङकङ खबर परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

महाधिवेशनका केही झलक


पदभार ग्रहणका केहि तस्वीर

तपाईको प्रतिक्रिया