क्रान्ति सुब्बा

अप्रिल ४ तारीख सोमबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,१३८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,५८९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,५४९
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१६१,९२९

.आयातित केस संख्या : १२ जना
जसमा १ साउथ कोरियाबाट आएका क्याबिन क्रीउ मेम्बर र एकजना जर्मनीबाट आएका क्याबिन क्रीउ मेम्बर परेकाछ्न। अन्यमा २ जना साउथ कोरियाबाट र बाकी ८ जना क्रमशः जर्मनी ,सिंगापुर ,इन्डिया, थाइल्यान्ड, फिलिपिन्स , मलेसिया ,स्पेन र आइरल्याण्ड बाट  आएका थिए ।

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २६९
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १६९
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या:१,१५१
.१,२३५ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा डेल्टा केस शून्य थान  भेटियो, १,२२३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १२ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.नर्सिङ होमबाट आएको केस : १ जना वासिन्दा
.संक्रमित नर्सिङ होमको कुल संख्या : ७८४
.संक्रमित अपांग गृहको कुल संख्या: २८७

हालसम्मको मृत्यु तथ्यांक
.औसत मृत्यु दर : ०.६९
.हङकङको कुल मृत्यु संख्या : ८,०४९
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ९०
.हालै रिपोर्ट भएका मृत्यु हुनेमा ९६% ६० वर्ष माथिका थिए ।
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.खोप नलाएका मृतक विरामीको मृत्यु दर :३.२०%
.खोपको एक डोज मात्र लगाएका मृतक विरामीको मृत्यु दर: ०.९६%
.

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १०,१६९
.हाल क्रीटिकल बिरामीको संख्या : ७
.सिरियस बिरामीको संख्या : १९
.आइसियु रहेका संख्या : ७५

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ७७
.मृत्यु हुने मानिस: ४७ जना पुरुष ३० जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४१ वर्ष देखि ९९ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २६
.खोप नलाएका मृतकको संख्या : ४१
.तीन वटा खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : १३
.एक खोप लगाएका मृतक संख्या : २१
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ६५

कम उमेरका मृतक (५ जना )
.एक ४१ वर्षका मोटोपन रोग भएका मधुमेह र उच्च रक्तचाप बिरामी
.एक ५१   वर्षका दीर्घ रोगी 
.५५ वर्षका  फोक्सो क्यान्सर रोगी
.५६ वर्षका मधुमेह ,हृदय रोग, पार्किन्सन रोग र उच्च रक्तचाप  रोगी 
.५९ वर्षका दीर्घ रोगी
.८ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ४ जना पुरुष र ४ जना महिला, वर्ष ७३ देखि १०१ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : ३८२ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको थियो र १३ जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,२५४
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,१५२


कार्यकारी प्रमुखको चुनावमा क्यारी लाम नलडने

हङकङकि वर्तमान कार्यकारी प्रमुख क्यारी लामले अप्रिल ४ तारीख अर्थात नोमिनेसन शुरु भएको एक दिन पछि आयोजित दैनिक प्रेस मिट मार्फत कार्यकारी प्रमुखको छैटौं कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा उम्मेद्बारी  नदिने निर्णय गरेको घोषणा गरिन । अब आफ्नो ४२ वर्ष लामो सार्वजनिक सेवाको करियरबाट विदा लिने र पुनः निर्वाचित नहुने मनसुवा प्रकट गरिन। उनको कार्यकाल यही जुन महिनाको ३० तारीख अन्त्य हुदैछ।

२०२१ को शुरुवातमै केन्द्र सरकारसमक्ष आफू पुनः निर्वाचित नहुने धारणा व्यक्त गरेको  र सोही अनुसार केन्द्र सरकारले पनि आफ्नो आसयलाई बुझेर सम्मान गरेको लामले बताइन । उनले आजको पत्रकार सम्मेलन व्यक्तिगत भावनाको कुरा गर्ने क्षण नभएको बताउँदै अहिले महामारीविरुद्धको लडाइँ निकै चर्को अवस्थामा रहेको बताइन।

विगत पाँच वर्षको अवधीमा अनगिन्ती चुनौतीहरु जस्तै   हिंसात्मक प्रदर्शन देखि महामारी सम्म उनले  सामना गर्नु परेको  बताइन । त्यसबेला ठुलो सकसबाट आफू गुज्रिएको बताइन। संकटको अवस्थामा  केन्द्रिय सरकारले पुर्याएको अमुल्य सहयोग प्रति  कृतज्ञता प्रकट गरिन।  सहयोगीहरू, कार्यकारिणी परिषदका गैर-आधिकारीक सदस्यहरू र विधायिका परिषदका सदस्यहरूलाई पनि आफ्नो कर्तव्य पूरा गरेकोमा साथै  परिवारले पनि  आफ्नो अवस्था बुझिदिएकोमा सबैलाई  धन्यवाद ग्यापन गरिन। आगामी तीन महिना  मे ८ तारीख  हुने कार्यकारी प्रमुखको निर्वाचन सम्पन्न गराउने  तयारीमा र महामारीको अर्को लहर आउन नदिन महामारीविरुद्धको कार्यमा  निरन्तर खटने योजना रहेको उनले खुलासा गरिन। हङकङ मातृभूमि चीनमा विलय  भएको २५औँ वार्षिकोत्सव मनाउने तयारीमा लाग्नु र सरकारको सहज हस्तान्तरणलाई सुनिश्चित गर्नु पनि उनको कार्यतालिका भित्र रहेको जानकारी दिइन।

कार्यकारी प्रमुखको निर्वाचनका लागि मनोनयन अवधि सुरु भएपछिको आज पहिलो दिन भएको र आफुले गरेको  निर्णयबारे तुरुन्तै सबैलाई जानकारी दिइसकेको  उनले बताइन। परिवारलाई पनि समय दिनुपर्छ भन्ने विचारले   सेवानिवृत्ति लिएका कारण अबको पहिलो प्राथमिकता  परिवार नै  हुने विश्वास  उनले व्यक्त गरिन ।

कार्यकारी प्रमुखको चुनाव मिति मार्च २७ तारीख निर्धारण गरिएको थिए । तर कोभिड पाँचौ लहरका कारण मे ८ तारीख सारिएको हो।

चीनका राष्ट्रपति सि जिङपिङले कुनै पनि हालतमा सम्पूर्ण उर्जा खपत गरेर महामारीलाई स्थानीय सरकारले नियन्त्रणमा ल्याउन विशेष आदेश दिएपछि यो चुनाव सारिएको थियो ।

चुनाव सरेको निर्णय घोषणा गर्नु अघिल्लो दिन हङकङमा संक्रमितको संख्या ६,११६ पुगेको थियो । ओमिक्रोनले ल्याएको संक्रमणको सुनामीले हङकङको दैनिक केस संख्या मार्च ३ तारीखको दिन ७६,९९१ पुगेको थियो ।

तपाईको प्रतिक्रिया