काठमाडौं । नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधालाई समेटदै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली स्रष्टा र कलाकारहरुको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लागेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए ।

सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा रहेका नयाँ साधक तथा सिर्जनशिल स्रष्टाहरुमा उर्जा र प्रेरणा थपोस भन्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको जानकारी आयोजकले दिएका छ्न । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक संस्था साहित्य सरोवर मिडिया प्रालीका कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।

अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए । अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । आवदेन फारम बैशाख ३० गते सम्म लिइने आयोजकले बताएकाछन।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गित(तिज, दशैँ तिहार,होलि), भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पपआधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ । आवेदन फारम ९८५२०२२९१८, ९८५११३९७६६, ९८४११५१४०९ मार्फत प्राप्त गर्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया