– नुमा सुब्बा
विधार्थी
बुद्ध चौक/ देविथान टोल -१८
धरान

” जीवन कर्कलाको पातमा शीतको थोपा परे जस्तो हो कति बेला खसेर अस्तित्वहीन हुन्छ । तेसैले जीवनभित्रको जिन्दगीलाई सक्दो खुलेर जिउनु सक्नु नै जीवन हो ”
नुमा सुब्बा जीवन बारे यस्तो विचार पोख्छीन् ।
हाल १६ बर्षमा उकलेकी नुमालाई मोडलिङ संसार सुन्दर लागेता पनि यस क्षेत्रमा जाने इच्छा नभएको बताउँछीन् जसको विकल्पमा भर्खरै एस.एल.सी.परिक्षा दिएर बसेकी नुमाले भविष्यमा एयर होस्टेज बन्ने रहर राखेकी छिन् भने अर्को तर्फबाट मानविकी शिक्षालाई अगाडी बढाउने कुरा पनि बताउछिन् ।

फुर्सदको समयमा नाच्न र गीत सुन्न रुचाउने नुमालाई नाच्न भने खुबै रहर लाग्दो रहेछ । ” नारीबिना संसार शून्य छ ” भन्ने मान्यतालाई अघि सार्दै नारी नै संसारको जननी हो भनेर आफ्नो विचार पोख्छीन् ।
कालो रङ्ग उनको मनपर्ने रङ्ग हो भने शाकाहारी खाना परिकार रुचाउने नुमालाई भेज मोमो प्रीय लाग्ने बताउछिन् ।
कुरै कुरामा प्रेम के हो ? भन्ने प्रश्नमा नुमा भन्छिन् – ” विश्वास । विश्वासले नै प्रेम र जीवनलाई बाधेर राखेको हुन्छ ।”
शारीरिक बनावट ३०X२४x ३४ ले सजीएकी नुमा ५.२ इन्च अग्ली छिन् । प्राय क्याजुल ड्रेसमा आफूलाई कम्फरटेबल सम्झीने नुमाले फेसनको नाममा अंग प्रदर्शनलाई टेवा दिएकी रुचाउँदिनन।
” फेसन गर्नु पर्छ तर समाजले पचाउनु भन्दा पहिला आफ्नो आमा बाबालाई पच्ने पहिरन रोज्नु पर्छ जसले गर्दा मानिसहरुले औंला उठाउनेको मौका नपाउन।”

•••

फोटो : देवेन्द्र लिम्बु/ विशाल थेबे
मेकअप : बिरेन सुब्बा
प्रस्तुति : बिरेन सुब्बा

तपाईको प्रतिक्रिया