अप्रिल २७ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४३०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २२२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०८
.कुल संक्रमित संख्या : १,२०३,०६८ (वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १५ जना
.आयातित मध्येमा ४ जना हिजो आइपुगेका थिए । ३ जना फ्लाइट नम्बर JL029 मार्फत आएका थिए जस मध्येमा एउटा केस रिपोजिटिभ थियो । अन्य यात्रु फ्लाइट नम्बर A1316 मार्फत आएका थिए ।

.आज पुष्टि २२२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ४६
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४९
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १२७
.७९ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए।

.हिजो स्कुलसंग सम्बन्धित रिपोर्ट भएको १३ वटा केस मध्ये एउटा केस पछिल्लो समयमा नेगेटिभमा परिणत भयो। आज जम्मा ७ वटा स्कुलबाट ८ वटा केस आएका छ्न । जसमा ७ जना विद्यार्थी र १ जना शिक्षक परेका छ्न।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १,७१६
.हाल क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : १
.आइसियु रहेका संख्या : १६

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०६९ (३,७४१ महिला र ५,३२८ पुरुष )
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ८
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ८
.गत २४ घन्टामा मृत्यु हुनेमा ४९ वर्ष देखि ९५ वर्ष बीचका ५ जना पुरुष र ३ जना महिला थिए । ७ जना मृतक ६५ वर्ष माथिका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १
.खोप नलाएका मृतकको संख्या : ३
.एक खोप लगाएका मृतकको संख्या : ४
.दोस्रो  खोप लगाएका मृतक संख्या : ०
.३ खोप लगाएका मृतक संख्या : १
.सबैभन्दा कम उमेरका मृतक एक ४९ वर्षकि महिला एक डोज खोप लगाएकी फोक्सोको क्यान्सरबाट पीडित थिइन।

.डिस्चार्ज संख्या : १७५ ( गत २४ घन्टामा)
.निको भएका : २५६ जना

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,३३१
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,८०७


कोभिड संक्रमितले पाउने नगद भत्ताको शर्त यथावत रहने

हङकङका मजदुर तथा कल्याण मन्त्री लो चि- क्वोङले अस्पताल भर्ना भएका कोभिड संक्रमितले मात्र प्राप्त गर्ने हङकङ डलर ५,००० नगद भत्ता सम्बन्धि शर्तनामा यथावत रहने कुरा सम्झाएका छ्न ।


यो क्यास एलाउन्स स्किम कम्युनिटी केयर फन्ड अन्तर्गत २०२० साल नोभेम्बरको अन्त तिर कोभिड संक्रमण भै अस्पताल भर्ना हुन पुगेका नागरिकको आर्थिक भार कम गर्न लागू भएको थियो उनले भने ।
यो स्किम अन्तर्गत अप्रिल ४ सम्ममा जम्मा २,१५० थान आवेदन सोसल वेल्फेयर डिपार्टमेन्टले प्राप्त गरेको थियो । जस मध्ये १,३९५ आवेदन स्वीकृत भैसकेको छ भने २६ वटा रद्द भएको छ र १०९ वटा संबंधित आवेदकले फिर्ता लिएका छ्न

तपाईको प्रतिक्रिया