धरान / “धरान शहर ” बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ।

“धरान शहर ” बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं. १’ को सह संयोजक बासुदेब बराल , सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर , धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाई सम्मानित गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै अतिथि बासुदेब बरालले धरानको पर्यटन प्रवद्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताउनुहुदै भबिस्यमा अंग्रेजी सब- टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताउनुभयो। अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृस्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार -प्रसारको प्रमुख दस्तावेस बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरुलाई धन्यबाद दिनुभयो। कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिईन्।

तपाईको प्रतिक्रिया