३१ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा ।

६ वटा आयातित र ६२ वटा स्थानीय गरेर आज हङकङमा जम्मा ६८ वटा कोरोना संक्रमित नयाँ केस देखा परेका छ्न। स्थानीय केसको हकमा पहिलाको केसबाट संक्रमित भएकोमा ४४ जना छन भने स्रोत ठिम्याउन नसकेको कोटिमा १४ जना स्थानीय परेका छ्न। हङकङको कुल कोरोना केस ८,८४७ पुगेको छ। आजको नयाँ संक्रमितमा १ देखि ८४ वर्ष भित्रका ३७ जना नर र ३१ जना नारी परेकाछ्न। हङकङका विभिन्न परिक्षण केन्द्रबाट १२ वटा केस आएका छ्न।

आज चि वान सान , चुन वान र होमा तीन स्थित थप तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने सूचना जारी भयो ।

चोइ हुङको काइ फाइ हाउसमा बस्ने एकजनालाई क्रीसमसको दिन घाँटी दुखेपछि अस्पतालमा जाच्दाँ कोरोना पुष्ठि भयो आज। यो बिल्डिङको ढलको नमुना परिक्षण गर्दा पहिला पोजिटिभ देखिएको थियोे ।

गत २४ घन्टामा २ जना रोगीको निधन भएकोछ।

तपाईको प्रतिक्रिया