एकान्तमा हराउदै
कयौ पटक म सोच्छु
कति प्रयोग भईएछ
कतिले प्रयोग मात्र गरेछन् ।

आफ्ना सबै कहानीहरु
अरुका सपना भएछन
कोरिएका ती शब्दहरु
कसैलाई मार्गचित्रण भएछ ।।

कति घोटिएछु
कति प्रयोग भएछु
यथार्थको खोजीमा
अरुका सपना साकार पार्न ।।।

यद्यपि खुशी लाग्छ
मेरा सपना कसैलाई
आत्मसन्तुष्टिको एउटा
आयाम त बनेछ ।।।।

बिनयबिष्णु केसी।
बिराटनगर

तपाईको प्रतिक्रिया