१ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

आजको नियमित कोरोना अप्डेट ब्रीफिङमा स्वास्थ बिभाग प्रमुख च्वाङ शुक क्वानले जम्मा ४२ जना नयाँ कोभिड- १९ रोगी प्रमाणित भएको कुरा बताइन । जसमा ६ केस आयातित र ३६ केस स्थानीय रहेकाछ्न। २३ स्थानीय केस पुर्ववर्ती केससंग संबंधित रहेकाछ्न भने १३ स्थानीय केसको स्रोत अपुष्ट रहेकोछ। हङकङमा कुल केस संख्या ८,८८९ पुगेकोछ।१ देखि ८९ वर्षका २० जना पुरुष र २२ जना महिला आजको संक्रमित हुनेमा परेकाछ्न। आज ३० जना भन्दा बढीमा प्रारम्भिक पोजिटिभ देखिएकोछ।

आजको एउटा नयाँ केस युनाइटेड क्रिश्चियन अस्पतालको 2D वार्डबाट आएकाछ्न। यो अस्पतालका १२ जना रोगी र ९ जना कर्मचारीमा अहिलेसम्म पोजेटिभ देखिएकोछ।

बुद्धिस्ट अस्पतालको एक जनामा आज पोजिटिभ देखिएकोछ। गत २४ घन्टामा एकजनाको निधन कोरोनाबाट भएकोछ। अहिलेसम्ममा सरकारी अस्पतालमा निधन हुनेको संख्या १४४ पुगेकोछ।

तपाईको प्रतिक्रिया