क्रान्ति सुब्बा

मे १० तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १३५
.कुल संक्रमित संख्या : १,२०७,०९१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३५२
.आयातित केस संख्या : २७ जना
.अस्थायी नमुना संकलन केन्द्र एयरपोर्टमा न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस : ८
.आयातित अन्तर्गतका ६  जना या मे ९ तारीख   र २ जना  यात्रु  मे ८ तारीख आएका थिए । हिजो आएका आयातित केसमा ७ वटा फ्लाइट संलग्न थिए ।
.  क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : १५ जना ।

.नयाँगरि पुष्ठि भएका १३८ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २५
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : ५३
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६०
.७८ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ६८ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण १० वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.विभिन्न ३२ वटा स्कुलबाट ३४ वटा  पोजिटिभ केस आएका छ्न। जसमा ३१ जना  विद्यार्थी र ३ जना शिक्षक परेका छ्न। पोजिटिभ हुनेमा रयापिड एन्टिजेन टेस्ट मार्फत २६ जना पत्ता लागेको थियोे भने ८ जना न्युक्लिक एसिड टेस्ट मार्फत पत्ता लागेको थियो । रयापिड एन्टिजेन टेस्टद्वारा पुष्टि भएका २६ जना मध्ये १२ जना आज पुष्टि भएका हुन भने १४ जना विदाको अवधीमा पुष्टि भएका थिए । न्युक्लिक एसिट टेस्टद्वारा पुष्टि भएका ८ वटा केस मध्ये एक जना हिजो पोजेटिभ भएका थिए भने बाँकी सबै अगाडि नै पोजिटिभ पुष्टि भएका थिए । स्कुलहरुबाट आएका जम्मा ३४ वटा केस मध्ये ३ जना किन्डरगार्टनबाट, १४ जना  प्राइमरी स्कुलबाट र १७ जना हाइ स्कुलबाट आएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१३९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.२४ घन्टामा  बितेका मृतक संख्या : ५
.मृत्यु हुनेमा ६८ देखि ९५ वर्ष बीचका ३ जना पुरुष र २ जना  महिला परेका थिए । मृत्यु हुनेमा एकजना नर्सिङ होमबाट परेका छ्न। तीन जना मृतकले खोप लागाएका थिएनन। एक जनाले एक डोज र एक जनाले दुई डोज खोप लहाएका थिए ।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ९३८
.क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ४

. निको भएका बिरामीको संख्या : ७९
.डिस्चार्ज भएका बिरामीको संख्या : ३६
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा एकजना   पोजिटिभ भएका थिए भने एक जना क्लोज कन्ट्याक्ट लिस्टमा परेका थिए ।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,६३०
.निको भएर काम फर्किएका कर्मचारीको संख्या: २२,४९६

.युन लङको १० नम्बर साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा मे १ तारिखका दिन  खाजा खाने क्रममा उपस्थित भएका जम्मा ९ जना पोजिटिभ पुष्टि भएका थिए हिजोसम्म । आज अरु ८ जनामा संक्रमण पुष्टि भएको छ। हाल सम्म यो रेस्टुरेन्ट क्लस्टरबाट संक्रमित हुनेको कस्टमरको संख्या २० पुगेको छ। थपिएका ३ जना संक्रमित न्युक्लिक एसिड टेस्टबाट पुष्टि भएका हुन जसमा ७० वर्ष माथीकि एक महिला र उनका परिवारका दुई जना सदस्य परेका छ्न। बाँकी रहेका पाँच जना रयापिड एन्टिजेन टेस्ट मार्फत संक्रमण पुष्टि भएका थिए ।  १९० जना भन्दा बढी कस्टमर मध्येमा १७ जना खाजा खानेहरु पोजिटिभ भएका छ्न। १० जना कस्टमरको रिजल्ट आउन बाँकी छ भने ६ जना कस्टमरलाइ निगरानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया