क्रान्ति सुब्बा

मे १८ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२९
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२७
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०२
.कुल संक्रमित संख्या : १,२०९,३९७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६४
.आयातित केस संख्या : ३१ जना

आयातित केसमध्ये १० जना विमानस्थलमा पत्ता लागेका  थिए । १९ जना डिजाइनेटेड क्वारेन्टाइन होटलमा पत्ता लागेका थिए । आयातित केसहरु अमेरिका, क्यानाडा, जापान र युकेबाट आएका थिए ।

जीनोम अनुक्रमण प्रक्रियाबाट आयातित केस अन्तर्गतको थप एउटा केसमा ओमिक्रोन उप भेरिएन्ट बिए.४ पत्ता लगाएको थियो । ती उप संस्करणधारी २९  वर्षीया महिला युकेबाट मे ८ तारीख आएकि हुन। उनी यो भन्दा पहिलेको आयातित केस मध्ये एक जनामा परेकी र क्वारेन्टाइनको पाचौं दिनमा संक्रमित भएकी हुन। हङकङमा ओमिक्रोन बिए.४ अन्तर्गत संक्रमित हुनेको संख्या ८ पुगेको छ र यी सबै केस आयातित हुन।

अन्य दुई आयातित केसहरू आइपुगेको बाह्रौं दिन पोजेटिभ भएका थिए । र ती दुई केसलाई पुन: पोजिटिभ भएको केसको बर्गमा राखियो । जसमा बेलायतबाट मे ५ मा आएका ३६ वर्षीय पुरुष र एक ३० वर्षीया महिला रहेका थिए ।

.नयाँगरि पुष्टि  भएका १२७ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २६
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २९
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ७२
.७९ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ६७ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण १२ वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.हङकङका विभिन्न स्कुलबाट २२ वटा केस आएकाछ्न । संक्रमित केसहरुमा  ४ वटा केस किन्डरगार्टेनबाट,९ वटा केस प्राइमरी स्कुलबाट र ९ वटा केस हाइ स्कुलबाट आएका थिए । संक्रमित हुनेमा १९ जना विद्यार्थी र ३ जना स्टाफ परेका छ्न।

.  तुङ चुङको ६ , फु स्ट्रीट , फु तुङ एस्टेट, फु तुङ प्लाजा,१/ तल्ला , सोप नम्बर ११०C मा रहेको तमजाई युनान मिक्सिएन  नुडल रेस्टुरेन्टबाट  थप ३ वटा केस आएका छ्न। संबंधित निकायले उक्त रेस्टुरेन्टबाट १६ थान पर्यावरणीय नमुना संकलन गरेको थियो तर सबै नमुनाको नतिजा नेगेटिभ आएको थियो ।

.क्वुन तङको १९-२१ सिङ यीप स्ट्रीट, किङ वीन फ्याक्ट्री बिल्डिङ, पहिलो तल्लामा रहेको इम्पेरियल किचन  क्लस्टरबाट थप ६ वटा केस आएका छ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या २६ जना पुगेकोछ जसमा २५ जना ग्राहक र एक जना स्टाफ परेका छ्न। संक्रमित मध्ये ७ जनामा हल्का लक्षण देखिएको थियो । ४ जना संक्रमितको केसमाथी छानबिन हुदैछ। र अन्य बाकी सबै संक्रमित बिना लक्षणका थिए ।

इम्पेरिएल किचनमा उपस्थित केही बिरामीहरूले आफुहरु त्यहाँ छोटो समयको लागी गएको, खाना पनि नखाएको र मास्क पनि नखोलेको बताएका थिए । यद्यपि आज रिपोर्ट भएका केही  नयाँ केसहरूले भने आफुहरुले  त्यहाँ खाएको भनेका छ्न।

बयान बाझिएको आधारमा अधिकारीहरूले कसैले गलत जानकारी दिएको आशंका गरेका छ्न। र सम्बन्धित बिरामीहरूको वास्तविक गतिविधि पत्ता लगाउने कुरा अधिकारीले बताएका छ्न। स्वास्थ अधिकारीले उक्त परिसर रेस्टुरेन्ट नभई निजी परिसर भएको र थप अनुसन्धानका लागि उक्त केस फुड एन्ड इन्भारन्मेन्ट डिपार्टमेन्टमा  पठाइएको बताए ।

.स्यङ वानको स्काइ कुजिन रेस्टुरेन्टबाट थप ६ जना – पाँच जना ग्राहक र एक जना कर्मचारी –  संक्रमित भएका छ्न । यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ७० पुगेको छ।  जसमा ६० जना ग्राहक र १० जना कर्मचारी परेकाछ्न। स्वास्थ्य अधिकारीले यहाँबाट संक्रमित बिरामीको जिन अनुक्रम साइवान एस्टेटमा संक्रमित हुने केस संग मिलेको पाएका छ्न।

.हुङ हमको सन मोङ स्नुकर क्लब क्लस्टरबाट थप १ जना १७ वर्षका पुरुष संक्रमित भएका छ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या जम्मा १६ पुगेको छ। जसमा १४ जना ग्राहक र दुई जना स्टाफ परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४
.मृत्यु हुनेमा ६४ देखि ९० वर्ष बीचका ३ पुरुष र १ महिला परेका छ्न। ३ जनाको उमेर ६५ भन्दा माथी थियो र कसैले पनि सुइ लाएका थिएनन।
औसत मृत्यु दर: ०.७६५%

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ६४१
.क्रीटिकल बिरामीको संख्या : ११
.सिरियस बिरामीको संख्या : १३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : १०७
.डिस्चार्ज भएको बिरामीको संख्या : ८२
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस : २  र क्लोज कन्ट्याक्टमा परेको व्यक्तिको संख्या : २

. अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या : २२,९६०
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,८१२

तपाईको प्रतिक्रिया